
पोखरा ः घाइते भएर राम्रो संग उड्न नसक्ने अवस्थाको एउटा कालो चीललाई पोखरामा उद्धार गरिएको छ । पोखराको बैदाम स्थित बसन्त बैठकका गणेश पहारीले उड्न नसक्ने अवस्थाको चीललाई कागहरुले ठुगेको देखेपछि संरक्षणकर्मी कृष्णमणि बराललाई खवर गरेका थिए ।

बरालले चीलको उद्धार गरि जिल्ला वन कार्यालय कास्कीलाई खवर गरेका थिए । जिल्ला वन कार्यलयका कर्मचारी वन्यजन्तु उद्धार गर्न हालसालै संचालनमा आएको वाइल्डलाईफ एम्बुलेन्स सहित आएका थिए । उद्धार गरिएको चीललाई वन्यजन्तु उपचार केन्द लेखनाथमा राखिएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले जानकारी दिए ।

चीलको दुईवटै पखेटामा चोट लागेको र पछाडी पनि घाउँ रहेकोले उड्न नसक्ने अवस्थामा रहेको पराजुलीले बताए । पचभौयाको वन्यजन्तु उपचार केन्द्रमा राखेर उपचार भइरहेको पनि उनले सुनाए । हामीले उड्न नसक्ने भइन्जेल सम्म चारा खुवाएर राख्छौ । उड्न सक्ने भएपछि उसैको घर प्रकृतिमा छाड्ने हो सूचना अधिकारी पराजुलीले भने ।
यसरी गरियो चराको उद्धार । फोटो फिचर ।





अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…