काेराेना त्रासमा नयाँ वर्ष २०७८ लाई यसरी गरियाे स्वागत


     नेचर न्युज    
     वैशाख १ गते २०७८ मा प्रकाशित


पाेखरा: कोरोना भाइरसको त्रासमा नेपालीहरूले विक्रम संवत् २०७७ लाई बिदाई गर्दै नयाँ वर्ष २०७८ लाई स्वागत गरेका छन्। नयाँ वर्ष मनाउन पाेखराका विभिन्न पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । सङ्क्रमण बढ्दै गएकाले सरकारले २५ जनाभन्दा बढी सहभागी नहुन हालै निर्देशन दिए पनि पाेखराकाे तालबाराही मन्दिरमा दर्शन गर्नेकाे भिड लाग्याे । पाेखराकाे अन्य पर्यटकीय स्थलमा विश्वशान्ति स्तूपा , पाताले छाँगाे, विन्ध्यवासिनि मन्दिर लगायतमा पनि उस्तै भिड लागेकाे थियाे ।

नयाँ वर्ष २०७८ काे पहिलो दिन बुधबार पोखराको फेवातालको मध्यभागमा रहेका तालबाराही मन्दिरको दर्शन गर्न भेला भएका दर्शनार्थी । तस्बिर : इनेचर । 
नयाँ वर्ष २०७८ काे पहिलाे दिन फेवातालकाे मध्यभागमा रहेकाे तालबाराही मन्दिर दर्शन गर्न भेला भएका दर्शनार्थी ।

नेपाल आइडल सज्जाले तताइन लेकसाइड


नयाँ वर्ष २०७८ लाई स्वागत विक्रम संवत् २०७६ साललाई बिदाई गर्न पोखराको लेकसाइडका रेष्टुरेण्टहरुले चर्चित कलाकार ल्याएर सांस्कृतिक कार्यक्रम गरेका छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एन्ड ग्रिलले नयाँ वर्ष स्पेसल बनाउन नेपाल आइडल सिजन ३ कि विजेता सज्जा चौलागाईलाई स्टेजमा उतारेकाे थियाे ।


सज्जाले नयाँ वर्षलाई स्वागत गर्दै मंगलबार राति लेकसाइड तताइन् । देशका बिभिन्न शहरबाट आएका स्वदेशी र बिभिन्न देशबाट आएका केही पर्यटक पनि सज्जाको गीतमा रमाउँदै नयाँ वर्ष २०७८ लाई स्वागत गरेका थिए । सज्जाले म संसार जित्ने आँट गर्दैछु लगायतका दर्जन बढी गीत प्रस्तुत गरेकी थिइन ।

वैशाख १ गते नयाँ वर्षको साँझ भ्वाइस अफ नेपालका सुशान्त गौतमको प्रस्तुती दिएकाे प्याराडिसो स्पोर्टस बार एन्ड ग्रिलका म्यानेजर हरि पौडेलले बताए । लेकसाइडका बिजीबीमा स्थानीय ब्याण्डका कलाकारले गित प्रस्तुत गरेका थिए । यसरी लेकसाइडका बिभिन्न रेष्टुरेण्ट तथा होटलहरुमा नयाँ वर्षलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

२०७७ काे अन्तिम रात नयाँ वर्ष २०७८ लाई स्वागत गर्न पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एन्ड ग्रिलमा
प्रस्तुति दिदै नेपाल आइडल सिजन ३ कि विजेता सज्जा चौलागाई ।
नयाँ वर्ष २०७८ लाई स्वागत गर्न पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एन्ड ग्रिलमा भेला भएका युवा नेपाल आइडल सिजन ३ कि विजेता सज्जा चौलागाईकाे गीतमा रमाउँदै ।