
यति बेला चराले गुँड बनाउने, अण्डा पार्ने समय हो । अलि ढिलो गुँड बनाउने प्रजातिका चराले आफ्नो सन्तान वृद्धि गर्न दाउरा, झिंजा खोजेर गुँड बनाउन मेहनत गरिरहेका छन् । कुनै प्रजातिका चराले गुँड बनाइसकेर अण्डा पारी सकेका छन् ।
कुनै प्रजातिका चरा बच्चा कोरलीसकेर चारा खुवाउन व्यस्त छन् । आफ्नो सन्तान हुर्काउनका लागि मान्छेले जस्तै चराले पनि उत्तिकै दुःख गर्दछन्। उनीहरूमा पनि आफ्ना सन्तानप्रति उत्तिकै माया, ममता हुन्छ । यस्ता दृश्य हामीले देख्दै पनि आएका छौँ । तर सिकारीले बच्चालाई चारा खोज्न गएको बेलामा पनि छाड्दैनन् । बन्दुकले, गुलेलीले हिर्काएर, पासोमा पारेर चरालाई मार्ने काम मान्छेबाट हुँदै आएको छ । यसरी माउ नै मारिदिएपछि बच्चाले चारा खान नपाएरै गुँडमै बिलौना गरेका हुन्छन् । मान्छे संवेदनशील नहुँदा चरा सिकार गर्दा चारा खाना नै नपाएर गुँडमा बचेराहरुको प्राणपखेरू उडेको हुन्छ ।
पहिले परम्परागत नेपाली घर चराचुरुङ्गी मैत्री हुन्थे । दुईपाखे घर होस् कि घुमाउने घर । घरको पछाडि दायाँबायाँ वालमा चराले गुँड लगाउन मिल्ने गरी प्वाल बनाएर छाडिन्थे । तिनै प्वालमा चराले दाउरा, झिँजा समेटेर गुँड बनाउँथे । चिरबिर चिरबिर गरेर आफ्नै भाकामा गीत गाउँथे । अहिले परम्परागत घरका ठाउँ आरसिसी घरहरूले लिएका छन् ।
अहिलेका आधुनिक घर चरा मैत्री पनि बन्न छाडेका छन् । चराका लागि न चरा मैत्री घर नै छन् । न त चराले आफै घर बनाउन सहरका रुखहरू नै प्रशस्त छन् । यसैले हिजो आज हामी सानो छँदा देख्दै आएका धेरै प्रजातिका चरा हराउँदै गएका छन् । यसरी चरा सङ्कटमा पर्दै गएका छन्।
चरा संरक्षणका क्षेत्रमा काम नै नभएका भने होइन । विश्वमै दुर्लभ पन्छी गिद्धका लागि रेस्टुरेन्ट (जटायु रेस्टुरेन्ट ) विभिन्न जिल्लामा सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र समाजशास्त्र केन्द्रीय विभागले चराका लागि घर (गुँड बनाउन मिल्ने सानो घर) बनाएर रुखमा राखिदिएको छ । यसै गरी अन्य स्थानमा चरालाई गुँड बनाउन मिल्ने घर बनाएका समाचार आएका छन् ।
प्रयोगमा नआएका पुराना काठका, प्लाष्टिकका बक्सहरु पनि चराका लागि गुँड बनाउन महत्त्वपूर्ण घर हुन सक्छन् । यस्ता बक्सहरु घरको भित्तामा , रुखको हाँगामा राखिदिंदा चरालाई गुँड बनाएर बच्चा हुर्काउन सहज हुन्छ । पुरानो प्रयोगमा नरहेको खाली रहेको बिजुलीको मिटर बक्स पनि चराका लागि घर बनेको छ। खाली रहेको मिटर बक्स पोखराको बैदाममा चराले गुँड बनाओस् भनेर छाडिएको थियो । त्यहीँ चिबे चराले गुँड बनाएर बच्चा हुर्काउँदै आएको छ ।
यति बेला देशैभरका वन जङ्गलमा चराका विभिन्न प्रजातिले गुँड बनाएर सन्तान हुर्काउन व्यस्त छन् । तर मान्छेले वनमा डढेलो लगाउँदा वनस्पति, वन्यजन्तु र चराका घर पनि उजाडिएका छन् । चराको महत्त्व मानिसको जीवनसंग पनि जोडिएको छ । बालीनालीमा लाग्ने किरा खाएर बालीनाली जोगाउन महत्त्वपूर्ण भूमिका चराले खेल्छ । मुसा, सर्प खाएर नियन्त्रण गर्छ । परागसेचनमा पनि चराको महत्त्वपूर्ण भूमिका रहन्छ । चराले वातावरण स्वच्छ राखेर मानिसलाई विभिन्न सङ्क्रामक रोग लाग्नबाट बचाउँछ । यति महत्वपूर्ण चरा संरक्षणमा जुटौं ।
हेर्नुहोस् तस्बिरमा सन्तान हुँर्काउन चराको मेहनत ।













हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…