
स्याङ्जा । गुरुङ र मगर समुदायको बाहुल्यता रहेको यो क्षेत्र प्राकृतिक रूपले पनि धनी छ । धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश हिमाल लगायतका हिमशृंखला आँखैमा ठोकिएला जस्तो गर्छन् ।
रतुवा, कालिज र लुइँचेको आवाज बिहान सहजै सुन्न सकिन्छ । यो भेगमा करिब ४२ प्रजातिका स्तनधारी, १४७ प्रजातिका चराहरू, ११३ प्रजातिका पुतलीहरू अभिलेख छन् । सो क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर सहजै देख सकिन्छ ।

गाउँ आसपास घाटु, सोरठी, कृष्ण चरित्र, भजन, झोरा लगायतका संस्कृति अझै जीवित रहेको छ । करिब ८० फिट गहिरो रहस्यमय भ्वाङ (भग्गान), जार काट्ने ढुंगा, खाल्टो गुफा, कालिका भैरव, रोल बराह क्षेत्र, सिउँडी (गुफा र मन्दिर), सिद्ध बाबा मन्दिर, निल पोखरी , खाँडदेवी मन्दिर, चिरुवाको लहरी छुट्ने स्थान (चिरुवाको अलैँची) आदि यो क्षेत्रका हेर्न लायक प्राकृतिक ,धार्मिक तथा सांस्कृतिक सम्पदाहरू हुन् ।
एक दिन सहजै बित्छ यहाँ । सूर्योदय र सूर्यास्तको लागि पनि यो उत्कृष्ट गन्तव्य हो ।
राङभाङ- भैँसेगौंडा । स्याङ्जा जिल्लाको घुम्ती (सदरमुकाम नजिक) बाट १० किलोमिटरको कच्ची बाटो छिचोलेर यहाँ पुग्न सकिन्छ । पोखरा देखि घुम्तीसम्म ३५ किलोमिटर पक्की बाटोले जोडेको छ । नियमित २ वटा जिपहरू स्याङ्जा देखि चल्छन्। यिनले प्रति व्यक्ति रु १२० लिन्छन्।
राङभाङ आउन काठमाडौँ- पोखरा पृथ्वी राजमार्ग अन्तर्गत दुलेगौँडाबाट पनि सकिन्छ ।
पोखरा पृथ्वी चोकबाट पनि स्याङ्जा, ज्यामिरे हुँदै ओरेस्टे जाने सानो बसले ज्यामिरे सम्म लगिदिन्छ। ज्यामिरेबाट करिब ४५ मिनेट हिडें पछि राङभाङ पुग्न सकिन्छ। मोटरसाइकल लिएर आउनेहरूको लागि यो उत्कृष्ट गन्तव्य हो।



भिडिओका लागि




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…