
पोखरा । हिमाली क्षेत्र आसपासका वनमा पाइने हिमाली घोरल र थार सहर पस्न थालेका छन् । वन्यजन्तु सहर पस्न थालेपछि डिभिजन वन कार्यालय कास्कीले उद्धार गरेर वनमा छाड्ने गरेकाे छ ।
पोखरा ३२ राजाको चौतारामा शनिबार स्थानीयले नयाँ प्रजातिका जनावर देखेपछि उद्धार गरेर डिभिजन वन कार्यालय कास्कीमा खवर गरेका थिए । डिभिजन वन कार्यालय कास्कीले सञ्चालनमा ल्याएको वाइल्ड एम्बुलेन्समा घोरललाई उद्धार गरेर ल्याइएको थियो । समुन्द्र सतहदेखि ३ सय मिटर उचाई देखि ३५ सय मिटर उचाई सम्म पाइने घोरल कास्की जिल्लामा भने १ हजार मिटर माथी देखि ३५ सय मिटर सम्म पाइन्छ । कास्कीको हिमाली क्षेत्र आसपासका वनमा पाइने घोरल बगालबाट छुटेर समुन्द्र सतह देखि ७ सय ५० मिटर उचाईको राजाको चौतारामा आइपुगेको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले बताए ।
उद्धार गरिएको घोरललाई माछापुच्छ्रे गाउँपालिकाको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा पर्ने नेप्राङको १५ सय मिटर उचाईको वनमा छाडिएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत गोविन्द बहादुर थापाले जानकारी दिए । स्थानीय जनप्रतिनिधि, अन्नपूर्ण संरक्षण क्षेत्रका प्रतिनिधि र स्थानीयको रोहबरमा घोरललाई वाइल्ड एम्बुलेन्समा लगेर प्राकृतिक वासस्थानमै छाडिएको सहायक वन अधिकृत थापाले बताए ।

कास्कीमा पछिल्लो समयमा हिमाली घोरल, थार लगायतका वन्यजन्तु सहरमा आउने क्रम बढेको छ । हिमपात, खडेरी, डढेलो लागेको बेलामा वन्यजन्तुलाई आहाराको कर्मी हुन्छ । यस्तो बेलामा आहाराको खोजीमा बस्ती नजिक घोरल लगायतका वन्यजन्तु झर्ने गर्दछन् । कास्कीमा यस वर्ष मात्र एउटा थार दुईवटा हिमालयन घोरल पोखराका सहरमा भेटिएपछि वनमा लगेर छाडिएको छ ।
यसै गरी २०७६ पुस र माघमा पनि घोरललाई पोखरा बजारबाट जिवितै उद्धार गरेर वनमा छाडिएको थियो । २०७७ का माघ २८ गते पोखरा बजारमा जिवितै फेला परेको अर्को थार भने उद्धारपछि उपचारको क्रममा मरेको डिभिजन वन कार्यालय कास्कीको अभिलेखमा रहेको छ ।घोरल अक्करे भीरमा पनि सहजै हिड्न र दौडन सक्छ । साना खुट्टा भएका झाडी र भीरमा रमाउने घोरल घाँस भएका भिराला पहाडी क्षेत्र मुख्य बासस्थान हो । मासुका लागि शिकारीको निसानामा पर्नुको साथै वासस्थानको अतिक्रमणकाे कारण घोरल संकटमा पर्दै गएका छन् । घोरल लगायत वन्यजन्तुको बासस्थानमै घाँसको लोभमा डढेलो लगाउँदा पनि बासस्थानमा असर परेको छ । घोरलको शिकार गर्न शिकारीहरुले भिरमा डढेलो लगाउने गरेको पाइन्छ । यसैको कारण पनि घोरल पछिल्लो समयमा संकटमा पर्दै गएको संरक्षणकर्मी बताउँछन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…