
पोखराको ब्राण्डको रूपमा परिचित माछापुच्छ्रे हिमाल विश्वकै सबैभन्दा सुन्दर हिमाल मध्ये एक हो। पोखरा हवाईदुरीबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमाल २५ किलोमिटर भित्रै पर्छन्। यसमा पनि माछापुच्छ्रे अझै नजिकको हिमाल हो। समुन्द्री सतह देखि ६,९९३ मिटर अग्लो माछापुच्छ्रेसँग सम्बन्धित थुप्रै गीतहरु पनि बनेका छन्l
माछाको पुच्छर जस्तो आकृतिको हिमाल भएकोले यो हिमालको नाम माछापुच्छ्रे रहन गएको हो। यहि हिमालमा कसैले बसिरहेको बाघ र कसैले पृथ्वीनारायण शाहको छायाँ देखेको पनि बताउछन्।
ठ्याक्कै माछापुच्छ्रेको आकृतिको माछापुच्छ्रे हिमालको सुन्दरता तपाईँ पुम्दीकोट, पञ्चासे क्षेत्रबाट देख्न सक्नु हुन्छ। यस्तो आकृति कास्की र लम्जुंग जिल्लाका विभिन्न ठाउंबाट पनि सहजै देख्न सकिन्छ।
विश्वकै सुन्दर कुमारी माछापुच्छ्रे हिमालको सन् १९५७ मा ब्रिटिस पर्वतारोही रोबर्ट्सको नेतृत्वमा आरोहणका लागि गए पनि चुचुरोभन्दा केही तलसम्म पुगेको जानकारहरू बताउँछन्। त्यसयता माछापुच्छ्रे हिमाल आरोहण भएको छैन। आरोहणका लागि खुला पनि गरिएको छैन। तर आरोहणका लागि खुल्ला हुनुपर्ने बहस बेला बेलामा भइरहेको छ। माछापुच्छ्रे आरोहण प्रयास आजभन्दा ६४ वर्षअघि नै भइसकेपनि अझै चुचुरोमा आधिकारिक रूपमा कोही पुगेका छैनन्।
यिनै कुमारी माछापुच्छ्रे भिन्न भिन्न ठाउँबाट यसरी पस्किन्छीन आफ्नो सुन्दरता।















अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…