
हिमाली जिल्ला मुस्ताङमा हिमपात र हिमपहिरोबाट हुन सक्ने जोखिम लगायत बहुप्रकोप जोखिमको न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि गर्न विपद् व्यवस्थापन प्रतिकार्य प्रदर्शन भएको छ । प्रकृतिक प्रकोपकाे समयमा हिउँपहिराेमा पुरिएका, फसेकाकाे बेलैमा उद्धार गर्ने विषयमा केन्द्रित रहेर प्रतिकार्य प्रदर्शन भएकाे हो ।
हिमाली जिल्ला मुस्ताङ, मनाङ लगायत अन्नपूर्ण संरक्षण क्षेत्रमा जाडो मौसम सुरु संगै हिमपातले जनजीवन कष्टकर बन्दछ । ठूलो हिमपातको कारण हिउँ पहिरो समेत खस्दा हिउँ पहिरोमा, हिउँ आधी जस्ता प्राकृतिक प्रकोपमा परेर बेलाबेलामा पर्यटक र स्थानीयको समेतको मृत्यु समेत हुने गरेको छ ।
यस्तो अवस्थामा बेलैमा दुर्घटना स्थल पुगेर उद्धार गर्न ज्ञान र सिप सिक्न र पुर्न ताजगीकालागि जोमसोममा नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विपद् व्यवस्थापन प्रतिकार्य प्रदर्शन गरेको बताइएको छ । हिमपहिराेमा परेर बेपत्ता भएकाकाे खोजी कार्य, आगोलागि नियन्त्रण लगायतका विषयमा केन्द्रित रहेर प्रतिकार्य प्रदर्शन गरिएको थियो । तस्बिरमा विपद् व्यवस्थापन प्रतिकार्य प्रदर्शन।








हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…