राजनीति

कोरोना सङ्क्रमितलाई विवेकशील साझाले उपलब्ध गरायो तातो भात

पोखरा :   कोरोना सङ्क्रमित र कुरुवालाई विवेकशील साझाले गत तीन दिनदेखि तातो भात उपलब्ध गराउँदै आएको छ। कोरोना सङ्क्रमण दर बढेपछि प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरिरहेका कोरोना सङ्क्रमित र कुरुवाका लागि यो अभियान सुरु गरिएको विवेकशील साझा पार्टीका गण्डकी प्रदेश सदस्य तथा अभियानका विभाग प्रमुख अशोक खड्काले बताए। लकडाउनका कारण यातायात सेवा बन्द छ । अस्पताल वरपरका होटेल रेस्टुरेन्ट पनि बन्द छन्। विभिन्न जिल्लाबाट स्वास्थ्य उपचार गर्न आएका बिरामी र कुरुवालाई खानाको समस्या परेको जानकारी आएपछि कोरोना… पुरा पढौ

केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए। तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र कांग्रेस–माओवादीलगायत दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको… पुरा पढौ

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त, लिए शपथ

पाेखरा : गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त भएर शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीतादेवी पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् । गत २६ वैशाखमा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् । यसअघि प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै नेपाली कांग्रेस स‌सदीय दलका नेता कृष्णचन्द्र नेपाली पाेखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । तर आवश्यक बहुमत ३१ सदस्यकाे समर्थन नपुगेकाे… पुरा पढौ

प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं ।  विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।  सोमबार प्रतिनिधि सभाको बहुमत सदस्यको विश्वास गुमाएसँगै ओली नेतृत्वमा रहेको सरकार ढलेको हो। प्रधानमन्त्री ओलीले आज बसेको प्रतिनिधि सभाको बैठकमा आफूलाई प्रतिनिधि सभाका सदस्यहरुको विश्वास रहेको छ भन्ने प्रस्ताव राखेका थिए। प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन्… पुरा पढौ

मुख्यमन्त्री गुरुङले दिए पदबाट राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार अपराह्न ३ बजे राजीनामा बुझाएका हुन् । त्यसउपर भोलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम छ । यस अघिनै गुरुङले राजीनामा दिएका हुन् । आइतबार गुरुङले संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेललाई… पुरा पढौ

पूर्वराजा दम्पतीलाई अक्सिजन दिएर उपचार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ। नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै सोबारे जानकारी गराएको हो।   पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएपछि उपचार सुरु गरिएकाे थियाे । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गरिएकाे हाे । कोरोना भाइरसबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल… पुरा पढौ

आफ्नै सांसदमाथि अविश्वास !

पोखरा  : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका दल कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले आफ्नै सांसदमाथि अविश्वास गरी एउटै होटलमा राखेका छन् । पोखरा लेकसाइडको कुटी रिसोर्टमा सोमबार २५ सांसदलाई राखिएकाे हाे । एकै ठाउँमा बसेकाे विषयमा सरसल्लाह गर्न सजिलाे हुन्छ भनेर सबै एकै ठाउँमा बसेकाे कांग्रेस र माओवादीका सांसदले बताएका छन् । कांग्रेसका एक सांसदले फ्लोर क्रस गर्लान् भन्ने डरले सांसदलाई एकै ठाउँ राखिएको बताए । छिमेकी देश भारतमा सरकार फेरबदल हुने बेला सांसदलाई अर्कातिर जान… पुरा पढौ

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव पेस

पाेखरा : गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध साेमबार अविश्वास प्रस्ताव पेस भएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पाेखरेलले संसद्‍मा अविश्वास प्रस्ताव पेस गरेका हुन् । कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदको तर्फबाट नेपालीले अविश्वास प्रस्ताव पेस गरे । नयाँ मुख्यमन्त्रीमा नेता नेपालीलाई नै प्रस्ताव गरिएको छ । प्रस्ताव पेस भएपछि अविश्वासमाथि छलफल सुरु भएको छ । सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा पेस भएको प्रस्तावमाथि सांसदले बोल्ने क्रम सकिएपछि मतदान हुनेछ । १५ वैशाख सम्म अविश्वास… पुरा पढौ

वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल : सांसद गगनकुमार थापा

काठमाडौँ : सांसद गगनकुमार थापाले वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद थापा सहित काठमाडौँबाट निर्वाचित चार सांसदले वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दै संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन्। थापाले वायु प्रदूषणबारे संसदमा छलफल गर्न माग गर्दै सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । थापाको प्रस्तावमा सांसदहरू भीमसेनदास प्रधान, राजेन्द्र केसी र जीवनराम श्रेष्ठ समर्थक छन् । केही हप्तादेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप… पुरा पढौ

कर्णालीका ४ एमाले सांसदलाई कारवाही

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेले कारबाही गरेको छ । प्रकाश ज्वाला र नन्दसिंह बूढा तथा अम्मरबहादुर थापा र सचेतक कुर्मराज शाहीलाई एमालेले कारवाही गरेको हो । एमाले प्रमुख सचेतक गुलाबजंग शाहले उनीहरूलाई साधारण सदस्यसमेत नहरनेगरी कारबाही गर्न पार्टी प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरिएको बताए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा एमालेका चार सांसदले मत हाल्दा उनको पद जोगिएको छ । सत्ता समीकरणको नयाँ कसरतमा लागेका प्रधानमन्त्री ओलीलाई शुक्रबारको फ्लोर क्रसले झस्काइदिएको छ । पुरा पढौ