नीति

पोखरामा हिन्दुकुश हिमालय जोगाउने विषयमा वायोडाइनामिक सम्मेलन

एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ । नेपालमा पहिलोपटक हुने एशिया वायोडाइनामिक सम्मेलन हुन लागेको हो । यसका लागि बीस देशका सहभागीहरू पोखरा आइपुगेका छन् आयोजकले बताएका छन् । एशियाबाहिरका विज्ञहरू समेत सहभागी हुने भएकाले यो सम्मेलन साँच्चिकै अन्तर्राष्ट्रिय मञ्च बन्ने आयोजकले बताएका छन् । वायोडाइनामिक कृषि माटो, मानिस, पशु–पक्षी र वनस्पतिको स्वास्थ्यसँगै खगोलीय शक्ति सदुपयोगमा आधारित एक प्रकृतिसम्मत प्रणाली हो। यस प्रणालीका अभ्यास, अनुसन्धान र अनुभवबारे दुई… पुरा पढौ

पोखराका तालहरुको जलकुम्भी झारबाट हस्तकलाका सामग्री बनाउँदै लक्ष्मी ग्रुप

पोखरा : यहाँका तालहरूमा फैलिएका जलकुम्भी झारबाट लक्ष्मी ग्रुपले हस्तकलाका सामग्री बनाउने भएको छ । ९ तालहरूको सहर पोखराका तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणकालागि सिपमूलक तालिम, रोजगारका अवसर सृजनाकालागि पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबीच बिहीबार पोखरामा पाँच वर्षे समझदारी भएको छ ।  तालहरूमा बढ्दो जलकुम्भी झार, लेउको प्रकोप लगायतका समस्यालाई दिगो रूपमा समाधान गर्दै स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले समझदारी गरिएको बताइएको छ । समझदारीअनुसार, लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ताल सरसफाइका… पुरा पढौ

प्रवासी श्रमिक र उनको परिवारलाई मदत गर्ने वेबसाइट सार्वजनिक

पोखरा : प्रवासी श्रमिक र उनिहरुका परिवारलाई मदत गर्ने उद्देश्यले बनाइएको वेबसाइट पोखरामा सार्वजनिक गरिएको छ । प्रवासी श्रमिक र उनिहरुका परिवारलाई आप्रवासनसम्बन्धी सूचनाको एकीकृत वेबसाइट र प्रवासीका लागि प्रविधिको सुरक्षित प्रयोग सम्बन्धी तालिम सामग्री पोखरामा सोमबार साँझ एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।  वैदेशिक रोजगारीका प्रक्रिया र गन्तव्य मुलुकका विषयमा जानकारी नभई र नलीइ जाने वर्तमान अवस्थाका कारण विदेशमा नेपाली युवाहरूले दुःख पाउँदै आएका छन् । रोजगारकालागि जाने युवाले उपयुक्त सिप सिकाउने संस्थाहरूको अभाव लगायतका चुनौती छन् । वैदेशिक रोजगारसँग… पुरा पढौ

युवा वैज्ञानिकको परियोजनाहरु सफल बन्दै

वाग्मती प्रदेश सरकारले कार्यान्वनमा ल्याएको युवा वैज्ञानिक नवप्रवद्र्धन परियोजनामा युवाको आकर्षण वृद्धि भएको छ। यसका लागि सामाजिक विकास मन्त्रालयले ‘युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापना र सञ्चालन कार्यविधि, २०७५’ जारी गरेको थियो । परियोजनाअन्तर्गत फरक र पृथक शैलीका पाँच विभिन्न परियोजनाले प्रारम्भिक प्रगति हासिल गरेको जनाइएको छ ।    युवा वैज्ञानिकको समुहबाट पुराना गाडीको पेट्रोलियम इञ्जिन विस्थापित गरी विद्युतीय उपकरण जडान गर्ने , दाँतको प्रत्यारोपण गर्ने, थौरै स्थानमा धेरै माछापालनको गर्ने र उच्च पहाडी क्षेत्रमा पाइने च्याउको बीउ उत्पादन गर्ने विधिलगायतका परियोजना कार्यान्वयको चरणमा… पुरा पढौ

गण्डकी प्रदेश सरकारले जैविक विविधताको अभिलेखीकरण गर्ने

गण्डकी प्रदेश सरकारले प्रदेशको तल्लो तटीय क्षेत्र देखि हिमाली क्षेत्र सम्म फैलिएका जैविक विविधता (प्रजाति परिस्थितिकीय प्रणाली र अनुवांशिक) को अभिलेखीकरणको लागि बायोडाइभर्सिटी प्रोफाइल तयार गर्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले यस्तो कार्यक्रम रहेको सुनाएकी छन् । गण्डकी प्रदेश सरकारले नारायणी नदीमा बिच पार्क बनाउने भएको छ । प्रदेशका धार्मिक सम्पदाहरु जोड्न धार्मिक पथ बनाइने प्रदेश प्रमुख पौडेलले बताइन् । भद्रपुर, सीमरा, जनकपुर, जुम्ला र धनगढीमा सिधा हवाई सेवा सञ्चालन… पुरा पढौ