पर्यटन

अन्नपूर्ण प्रथम चुचुराेमा पहिलाे पटक नेपाली महिला

काठमाण्डौ : फोटो पत्रकार पूर्णिमा श्रेष्ठसहित ६ जना नेपाली महिलाले अन्नपूर्ण पहिलाे हिमालको सफल आरोहण गरेका छन्। गोरखा आरूघाटकी श्रेष्ठले यस अघि सगरमाथासँगै मनास्लु लगायतका हिमालहरुको सफल आरोहण गरिसकेकी छिन्।  ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण पहिलाेको चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने नेपालीहरुमा फोटो पत्रकार श्रेष्ठ, दावा याङजुङ शेर्पा, दावा फुटी शेर्पा, शर्मिला तामाङ, माया शेर्पा र पासाङ ल्यामु शेर्पा रहेका छन् । उनिहरु गत शुक्रवार दिउँसो अन्नपूर्णको शिखरमा पुगेका हुन्। यी सबै हिमाल आरोही हुन् । अन्नपूर्णको सफल आरोहणसँगै उक्त हिमाल… पुरा पढौ

फोटोपत्रकार पूर्णिमा अन्नपूर्ण चढ्दै

फ्रान्सेली नागरिक मौरिस हर्जोगले २००७ साल जेठ २१ गते आठ हजार मिटर माथिका हिमालको पहिलो पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । पहिलो पटक ८ हजार भन्दा अग्लो हिमाल आरोहण मौरिसले गरे संगै विश्वमा अन्नपूर्ण हिमालको चर्चा सुरु भएको थियो । अन्नपूर्ण प्रथम हिमालको आरोहण भएको तीन वर्ष पछि मात्र न्युजिल्याण्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वको उच्च सगरमाथा हिमालकाे आरोहण गरेका थिए ।मौरिसले ८ हजार ९१ मिटर उच्च अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७० वर्ष… पुरा पढौ

ग्लोबल वार्मिङले मानव जीवन सङ्कटमा पर्छ-हिमाल आरोही पुर्जा

हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोही टिमका लिडर निर्मल पुर्जाले ग्लोबल वार्मिङकाे कारण हिमालको हिउँ पग्लन थालेको बताएका छन् । पोखरामा आयोजित नागरिक सम्मान कार्यक्रममा बोल्दै पुर्जाले ग्लोबल वार्मिङले मानव जीवन अप्ठ्यारोमा पर्ने पनि बताए । बेलैमा सचेत भएर तापक्रम कम गर्न ध्यान नदिए मानव जीवन समस्या पर्ने उनले बताए । डायनासोर समय अनुसार एड्जस्ट हुन नसक्दा पृथ्वीबाट लाेप भएकाे पनि उनले सुनाए । ग्लोबल वार्मिङले भोलि मानव जीवन पनि उस्तै गरी सङ्कटमा… पुरा पढौ

फुर्सदमा चिनिया भाषा सिक्दै पोखरेली पर्यटन व्यवसायी

पाेखरा ः एक वर्ष अघि चीनबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्व पर्यटन बजार अझै पनि प्रभावित छ । कोरोना संक्रमणका कारण अझै पनि विदेशी पर्यटक नेपाल आउन सहज भएको छैन् । यसैले विदेशी पर्यटकलाई लक्षित गरेर संचालन भएका पर्यटन उद्योग अझै धेरै प्रभावित भएका छन् । कोरोना संक्रमणका कारण पर्यटक नआउँदा फुर्सदमा रहेका पोखराका पर्यटन व्यवसायीले चिनिया भाषा सिक्न थालेका छन् । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा चिनिया भाषा कक्षा सोमबार… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा २०२० मा अहिले सम्मकै कम पर्यटक

कृष्णमणि बराल पदयात्रा पर्यटनमा विश्व पर्यटन बजारमा प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा २०२० मा अहिले सम्मकै कम पर्यटकले पदयात्रा गरेका छन् । काेराेना कहरका कारण विश्व पर्यटन थला परेकाे समयमा अन्नपूर्ण संरक्षण क्षेत्रमा स्थापना कालमा भन्दा पनि कम पर्यटक पुगका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्रकाे काेरिमा नयँा पदयात्रा मार्ग खाेज्न पुगेका टानकाे टाेली । तस्बिर : कृष्णमणि बराल सन् १९८९ मा संरक्षण क्षेत्रमा ३६ हजार ५ सय ८४ पर्यटक पुगेका थिए। सन् १९९० मा ३५ हजार ८ सय ११ पर्यटकले पदयात्रा… पुरा पढौ

स्वदेशी पर्यटकले धानिएकाे प्याराग्लाइडिङ व्यवसाय

पाेखरा : कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि लकडाउन नै लगायो । लकडाउनको समयमा सबैभन्दा मारमा पर्यटन उद्योग पर्ने नै भयो । स्वदेशी र विदेशी पर्यटक आएर होटलमा बस्ने र खाने गरेमात्र चल्ने पर्यटन उद्योग संकटमा पर्ने नै भयो ।लकडाउन हटे लगतै पनि कोरोना कहरमा पर्यटक आउने कुरा भएन् । हवाई यात्रा सुचारु भए संगै पोखरामा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु भयो । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटकलाई आकर्षण गर्न छुट दिने निर्णय गर्‍याे ।… पुरा पढौ