
फ्रान्सेली नागरिक मौरिस हर्जोगले २००७ साल जेठ २१ गते आठ हजार मिटर माथिका हिमालको पहिलो पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । पहिलो पटक ८ हजार भन्दा अग्लो हिमाल आरोहण मौरिसले गरे संगै विश्वमा अन्नपूर्ण हिमालको चर्चा सुरु भएको थियो । अन्नपूर्ण प्रथम हिमालको आरोहण भएको तीन वर्ष पछि मात्र न्युजिल्याण्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वको उच्च सगरमाथा हिमालकाे आरोहण गरेका थिए ।
मौरिसले ८ हजार ९१ मिटर उच्च अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७० वर्ष पछि फोटो पत्रकार पूर्णिमा श्रेष्ठले मौरिसको पाइला पछ्याउँदै नयाँ कीर्तिमान कायम गर्न अन्नपूर्ण प्रथम हिमाल आरोहणमा निस्केकी छन् । अन्नपूर्ण प्रथम हिमाल आरोहणकालागि शनिबार पूर्णिमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका हुँदै नर्थ बेसक्याम्प तर्फ गएकी छन् । म्याग्दी जिल्ला तर्फकाे अन्नपूर्ण आधारशिविर हुँदै पूर्णिमाले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्ने छिन् ।

गोर्खाको जिल्लाको आरुघाटमा जन्मेकी ३० वर्षिय पूर्णिमालाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार नेपालको राष्ट्रिय झण्डा दिएर अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणका लागि शुभकामना दिएका थिए । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश झण्डामा गण्डकी प्रदेश लेखेर हस्ताक्षर समेत गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका तर्फबाट श्रेष्ठलाई ८ लाख रुपौयाँ मुख्यमन्त्री गुरुङले हस्तान्तरण गरेका थिए । टेक्नीकली अन्य हिमाल भन्दा जोखिम मानिएको अन्नपूर्ण प्रथम हिमालमा अहिले सम्म नेपाली महिला आरोहीले आरोहण गरेका छैनन् । यसैले पनि पूर्णिमाको आरोहण सफलता संगै अन्नपूर्ण प्रथम हिमाल पहिलाे पटक नेपाली महिलाले अरोहण गरेकाे कीर्तिमान राख्नेछिन् ।
नेपाल विश्वमै पदयात्रा र उच्च हिमाल आरोहणकालागि प्रख्यात छ । विश्वका ८ हजार भन्दा अग्ला १४ हिमाल मध्य नेपालमा ८ वटा छन् । हिमाल आरोही पूर्णिमाले सन् २०१७ मा एभरेष्ट म्याराथनमा समाचारकालागि सगरमाथा आधारशिविर पुग्दा सम्म सगरमाथा हिमाल नचिनेको सुनाइन् । त्यहाँ पुग्दा विदेशी महिलाले मात्र होइन हामी नेपाली महिलाले पनि सगरमाथा लगायतका उच्च हिमाल आरोहण गर्न सक्छौ भन्ने लागेर हिमाल चढ्ने योजना बुनेको सुनाइन् ।
सगरमाथा आधारशिविरबाट फर्केपछि ८ हजार भन्दा उच्च आफ्नै जिल्ला मनाङमा रहेका मनास्लु हिमाल चढ्ने योजना बनाएर सन् २०१७ मा सफल आरोहण गरेको सम्झिन् । पहिलो पटक ८ हजार भन्दा उच्च हिमाल मनास्लु आरोहण गर्दा तयारी त्यती नपुगे पनि सफल भएको उनले सुनाइन् । त्यती बेला ऋणलीएर नै हिमाल आरोहण खर्च जुटाएको उनले बताइन् ।
मनास्लु हिमाल आरोहणपछि सन् २०१८ मा पूर्णिमाले विश्वकै उच्च सगरमाथा हिमालको सफल आरोहण गरेकी थिइन् । दुईवटा ८ हजार भन्दा उच्च हिमाल आरोहण पछि सन् २०१९ मा ६ हजार ८ सय ११ मिटर उच्च आमादब्लम हिमाल आरोहण गरेकी पूर्णिमाले तेस्रो पटक ८ हजार मिटर भन्दा उच्च अन्नपूर्ण प्रथम र धौलागिरी हिमाल मध्य एक चढ्ने योजना बनाइन् । यि दुई हिमालमा अन्नपूर्ण प्रथम टेक्नीकली बढी अप्ठ्यारो छ भन्ने बुझेपछि अप्ठ्यारो हिमाल नै चढ्ने योजना बनाएर आरोहणको तयारीमा जुटेको कार्यक्रममा हिमाल आरोही श्रेष्ठले बताइन् ।
सर्वोच्च शिखर सगरमाथा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार श्रेष्ठले २६ सेप्टेम्बर २०१७ मा ८१६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी छन् । हिमाल आरोही पेम्बा शेर्पाको नेतृत्वमा पूर्णिमा अन्नपूर्ण प्रथम हिमाल आरोहणमा जान लागेकी हुन् । मौसम अनुकुल भएमा अवको २५ दिनमा पूर्णिमाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्ने बताए । सन् २०१८ मा अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका गेल्जे शेर्पाले अन्नपूर्ण प्रथम हिमाल अन्य हिमाल भन्दा अली बढी टेक्निकल भएको सुनाए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…