
पाेखरा ः एक वर्ष अघि चीनबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्व पर्यटन बजार अझै पनि प्रभावित छ । कोरोना संक्रमणका कारण अझै पनि विदेशी पर्यटक नेपाल आउन सहज भएको छैन् । यसैले विदेशी पर्यटकलाई लक्षित गरेर संचालन भएका पर्यटन उद्योग अझै धेरै प्रभावित भएका छन् ।

कोरोना संक्रमणका कारण पर्यटक नआउँदा फुर्सदमा रहेका पोखराका पर्यटन व्यवसायीले चिनिया भाषा सिक्न थालेका छन् । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा चिनिया भाषा कक्षा सोमबार देखि सुरु भएको हो । पोखरा भ्रमणमा आएका चिनिया पर्यटकलाई सेवा दिन सहज होस भन्ने उद्देश्यले सुरु भएको चिनिया भाषा तालीममा ४२ जना पर्यटन व्यवसायीको सहभागीता रहेको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । ट्राभल्स, टे«किङ व्यवसायी र पर्यटक प्रहरीलाई चिनिया भाषाको कक्षा लिएका हुन् ।
कोरोनाले प्रभावित पर्यटन उद्योग पूर्ववत अवस्थामा आएपछि आउने चिनिया पर्यटकलाई सेवा सुबिधा दिन सहज होस भनेर चिनिया भाषा कक्षा संचालन गरिएको संस्थाकी महासचिव कमला गिरीले जानकारी दिइन् । पछिल्लो समयमा नेपालमा चिनिया पर्यटकको आकर्षण बढेको छ । भारत पछि चिनिया पर्यटक आउन थालेपछि व्यवसायीहरु चिनिया भाषा सिक्ने क्रम बढेको थियो । कोरोना संक्रमण समान्य बन्दै गएपछि चिनिया पर्यटक अझै धेरै आउने विश्वासका साथ चिनिया भाषा सिकेको व्यवसायीले बताएका छन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…