
कृष्णमणि बराल
पदयात्रा पर्यटनमा विश्व पर्यटन बजारमा प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा २०२० मा अहिले सम्मकै कम पर्यटकले पदयात्रा गरेका छन् । काेराेना कहरका कारण विश्व पर्यटन थला परेकाे समयमा अन्नपूर्ण संरक्षण क्षेत्रमा स्थापना कालमा भन्दा पनि कम पर्यटक पुगका हुन् ।

सन् १९८९ मा संरक्षण क्षेत्रमा ३६ हजार ५ सय ८४ पर्यटक पुगेका थिए। सन् १९९० मा ३५ हजार ८ सय ११ पर्यटकले पदयात्रा गरेको एक्यापका सूचना अधिकारी ऋषि बरालले जानकारी दिए। सन् २०१९ अघि यो नै सबैभन्दा कम पर्यटकको रेकर्ड थियो। सन् २०२० मा १८ हजार ७ सय ९६ पर्यटक संरक्षण क्षेत्र पुगेका हुन्।
सन् २०१९ मा १ लाख ८१ हजारले संरक्षण क्षेत्रमा पदयात्रा गरेका थिए। यो सबैभन्दा बढी पर्यटकले संरक्षण क्षेत्रमा पदयात्रा गरेको कीर्तिमान संख्या हो। सन् २०१८ मा १ लाख ८० हजार ९३ जनाले र सन् २०१७ मा १ लाख ५९ हजार ५ सय ६० जनाले पदयात्रा गरेका थिए। भूकम्प गएको वर्ष सन् २०१५ मा पदयात्रीको संख्या घटेर ७८ हजार ९ सय ३२ मा झर्यो भने सन् २०१४ मा १ लाख २९ हजार ९ सय ६६ जनाले पदयात्रा गरेका थिए।
एक्याप सन् १९८६ डिसेम्बरमा २ सय ९० वर्ग किलोमिटर क्षेत्रफलसहित स्थापना भएको थियो। सन् १९९२ मा ५७ गाविसको गरी ७ हजार ६ सय २९ वर्ग किलोमिटर क्षेत्रफल थपिएको एक्यापमा अहिले कास्की, मनाङ, मुस्ताङ, लम्जुङ र म्याग्दी जिल्लाका १५ गाउँपालिका समेत समेटिएको छ।
आम्दानी ८३ प्रतिशतले घट्यो
एक्यापमा पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि घटेको छ। सन् २०१९ मा ३९ करोड ९ लाख ४३ हजार ४ सय ७३ रुपैयाँ संकलन भएकोमा सन् २०२० मा पदयात्री घटेसँगै ४ करोड १९ लाख ८२ हजार १ सय ७४ रुपैयाँ मात्र उठेको एक्यापका सूचना अधिकारी बरालले जानकारी दिए। सन् २०१८ मा ३० करोड ८८ लाख ५१ हजार २ सय ३ आम्दानी भएको थियो।
एक्यापमा सार्क राष्ट्रका नागरिकलाई प्रवेश शुल्क जनही २ हजार रुपैयाँ छ। यसैगरि अन्य पर्यटकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ। आन्तरिक पर्यटकले सय रुपैयाँ मात्र प्रवेश शुल्क तोकिए पनि निकै कम संख्यामा मात्र पदयात्रामा जाने गरेका छन्।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…