
कृष्णमणि बराल
पदयात्रा पर्यटनमा विश्व पर्यटन बजारमा प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा २०२० मा अहिले सम्मकै कम पर्यटकले पदयात्रा गरेका छन् । काेराेना कहरका कारण विश्व पर्यटन थला परेकाे समयमा अन्नपूर्ण संरक्षण क्षेत्रमा स्थापना कालमा भन्दा पनि कम पर्यटक पुगका हुन् ।

सन् १९८९ मा संरक्षण क्षेत्रमा ३६ हजार ५ सय ८४ पर्यटक पुगेका थिए। सन् १९९० मा ३५ हजार ८ सय ११ पर्यटकले पदयात्रा गरेको एक्यापका सूचना अधिकारी ऋषि बरालले जानकारी दिए। सन् २०१९ अघि यो नै सबैभन्दा कम पर्यटकको रेकर्ड थियो। सन् २०२० मा १८ हजार ७ सय ९६ पर्यटक संरक्षण क्षेत्र पुगेका हुन्।
सन् २०१९ मा १ लाख ८१ हजारले संरक्षण क्षेत्रमा पदयात्रा गरेका थिए। यो सबैभन्दा बढी पर्यटकले संरक्षण क्षेत्रमा पदयात्रा गरेको कीर्तिमान संख्या हो। सन् २०१८ मा १ लाख ८० हजार ९३ जनाले र सन् २०१७ मा १ लाख ५९ हजार ५ सय ६० जनाले पदयात्रा गरेका थिए। भूकम्प गएको वर्ष सन् २०१५ मा पदयात्रीको संख्या घटेर ७८ हजार ९ सय ३२ मा झर्यो भने सन् २०१४ मा १ लाख २९ हजार ९ सय ६६ जनाले पदयात्रा गरेका थिए।
एक्याप सन् १९८६ डिसेम्बरमा २ सय ९० वर्ग किलोमिटर क्षेत्रफलसहित स्थापना भएको थियो। सन् १९९२ मा ५७ गाविसको गरी ७ हजार ६ सय २९ वर्ग किलोमिटर क्षेत्रफल थपिएको एक्यापमा अहिले कास्की, मनाङ, मुस्ताङ, लम्जुङ र म्याग्दी जिल्लाका १५ गाउँपालिका समेत समेटिएको छ।
आम्दानी ८३ प्रतिशतले घट्यो
एक्यापमा पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि घटेको छ। सन् २०१९ मा ३९ करोड ९ लाख ४३ हजार ४ सय ७३ रुपैयाँ संकलन भएकोमा सन् २०२० मा पदयात्री घटेसँगै ४ करोड १९ लाख ८२ हजार १ सय ७४ रुपैयाँ मात्र उठेको एक्यापका सूचना अधिकारी बरालले जानकारी दिए। सन् २०१८ मा ३० करोड ८८ लाख ५१ हजार २ सय ३ आम्दानी भएको थियो।
एक्यापमा सार्क राष्ट्रका नागरिकलाई प्रवेश शुल्क जनही २ हजार रुपैयाँ छ। यसैगरि अन्य पर्यटकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ। आन्तरिक पर्यटकले सय रुपैयाँ मात्र प्रवेश शुल्क तोकिए पनि निकै कम संख्यामा मात्र पदयात्रामा जाने गरेका छन्।



२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…