
पोखरा : धौलागिरी हिमालको आधारशिविर सरसफाईको क्रममा भेटेको हेलिकाेप्टर आकस्मिक अवतरण गर्दा दुर्घट्नामा परेको पाइएको छ ।
धौलागिरी हिमालकाे आधार शिविरमा ३ सेप्टेम्बर २००६ मा बिरामी लिन पुगेको एयर डाइनेस्टी हेली सर्भिसको हेलिकाेप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गर्नु पर्दा दुर्घट्नामा परेको थियाे । आकस्मिक अवतरणकाे क्रममा फोर्स ल्याण्डिङ गर्दा हेलिकाेप्टर दुर्घट्नामा परेको एयर डाइनेस्टी हेली सर्भिसका प्रबन्ध निर्देशक पवित्र कुमार कार्कीका बताएका छन् । उद्धार गर्न गएकाे हेलिकाेप्टरमा पाइलट एक्लै थिए । हेलिकाेप्टर उडाइरहेका पाइलट सुरक्षितरुपमा बाहिर निस्किए । दुर्घट्नाकाेबारेमा जानकारी पाएपछि उनलाई अर्काे हेलिकाेप्टर पठाएर उद्धार गरिएकाे थियाे । नेपाल नागरिक उड्यन प्राधिकरणले राखेको तत्यांकमा पनि यो पुष्टि भएको हो ।
सोही हेलिकाेप्टरको भग्नावशेष नै नेपाली सेनाले धाैलागिरी हिमालकाे आधार शिविर सरसफाइकाे क्रममा आधार शिविर नजिकै देखेकाे हाे । धौलागिरी आधार शिविर नजिकै भेटिएका दुई मानव अवशेषको हेलिकाेप्टरसँग कुनै सम्बन्ध नरहेकाे बताइएकाे छ । ती अवशेषहरु आरोहणका दौरान दुर्घटनामा परेका आरोहीको हुन सक्ने बताइएकाे छ । नेपाली सेना सर्वाेच्च शिखर सगरमाथा, धाैलागिरी हिमाल सहित ६ हिमालकाे सरसफाइ अभियानमा छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …