
पोखरामा विशेषगरी बर्षातको समयमा ठाउँठाउँमा जमिनमा भ्वाङ पर्नु पोखरामा प्राय: हरेक साल भइरहने एउटा प्राकृतिक प्रकोप हो । जसको समयमै उचित व्यवस्थापन गरेन भने विपदमा परिणत धेरै समय लाग्दैन ।
पोखराको माटो चुनयुक्त छ, जुन पानीसँग मिसिएपछि घुलेर जान्छ । जसले गर्दा माटोभित्र खोक्रोपन उत्पन्न हुन्छ । त्यसपछि माटोको आफ्नो भार बहन शक्ति घटदछ र अन्तत: माथिको माटो तल भासिन्छ, जसलाई हामी भ्वाङ अर्थात् सिङ्क हाेल भनेर जान्दछौ ।
भ्वाङ हुन नदिन सबैभन्दा उत्तम उपाय भनेकै पानी परेपछि बगेर आउने भलपानी सकेसम्म जमिनभित्र पस्नबाट रोक्नु नै हो । भलपानी उचित तरिकाले सुरक्षित ठाउँसम्म निकास दिनु नै हो । त्यस्ता ठाउँहरुमा सकेसम्म संरचनाहरु बनाउनु हुँदैन । बनाउनु परे वरिपरिबाट बगेर आउने पानीको उचित निकास गरेरमात्र बनाउनु पर्छ । भ्वाङ गैहाल्यो भने इन्जिनियरिङ तवरले टाल्नु नै भ्वाङलाई विपदमा परिणत हुनबाट रोक्नु हो । भ्वाङ गएपछि अहिले प्रचलनमा रहेको जस्तोसुकै माटो वा ढुंगाले पुरेर भ्वाङ टाल्ने गरिँदै अएको छ । यसो गरिनु कुनै पनि हिसाबले इन्जिनियरिङ विधि होइन । यसको छुट्टै प्रविधि छ ।
हरेक बर्षातको समयमा बगेर आउने भलपानी जमिनभित्र छिर्दा, भित्रभित्रै थुप्रै खोक्रोपनहरु बनिसकेका हुन सक्छन् । तथापि त्यसभन्दा माथि जमिनको सतह खस्नेसम्मको स्थिति अर्थात् भ्वाङ पर्ने स्थिती नआएको हुन सक्छ । पोखरामा त्यस्ता जमिनमाथि बनाईएका घरहरु ठूलो भूकम्प जाँदा सजिलै भासिने र त्यसले अन्तत: ठुलो विपद् निम्त्याउन सक्दछ I

लेखक गुरुङ पोखरामा प्राकृतिक प्रकोप र विपद् विषयमा फ्रान्सको पेरिस विश्व विद्यालयबाट विद्यावारिधि गर्दै गरेका वरिष्ठ जियो टेक्निकल इन्जिनियर हुन् ।



२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…