
काठमाण्डौ : फोटो पत्रकार पूर्णिमा श्रेष्ठसहित ६ जना नेपाली महिलाले अन्नपूर्ण पहिलाे हिमालको सफल आरोहण गरेका छन्। गोरखा आरूघाटकी श्रेष्ठले यस अघि सगरमाथासँगै मनास्लु लगायतका हिमालहरुको सफल आरोहण गरिसकेकी छिन्।
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण पहिलाेको चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने नेपालीहरुमा फोटो पत्रकार श्रेष्ठ, दावा याङजुङ शेर्पा, दावा फुटी शेर्पा, शर्मिला तामाङ, माया शेर्पा र पासाङ ल्यामु शेर्पा रहेका छन् । उनिहरु गत शुक्रवार दिउँसो अन्नपूर्णको शिखरमा पुगेका हुन्। यी सबै हिमाल आरोही हुन् । अन्नपूर्णको सफल आरोहणसँगै उक्त हिमाल चढ्ने नेपाली महिला आरोहीको कीर्तिमानी पनि उनिहरुले राखेका छन्। उनीहरू सेभेन समिट ट्रेकिङ एजेन्सीबाट गएका थिए।
अन्नपूर्ण पहिलो हिमाल आरोहणको ७० वर्ष पुग्दा पनि यस हिमालकाे सफल आरोहण गर्नेको संख्या निकै कम छ। ८ हजार मिटर अग्ला १४ हिमाल मध्ये अन्नपूर्ण पहिलाे चढ्नु जोखिमपूर्ण र कठिन मानिन्छ। नेपाली महिलाहरू पहिलाे पटक अन्नपूर्ण पहिलाे हिमालकाे चुचुरोमा पुगेका हुन् ।
फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेको ७० वर्ष पछि नेपाली महिलाले सफल आरोहण गरेका हुन् । फ्रान्सेली नागरिक मौरिस हर्जौग र उनकाे समूहले सन् १९५० जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते ‘अन्नपूर्ण पहिलो’को सफल आरोहण गरेका थिए। शुक्रबार बिहान कुल १४ जना आरोहीले अन्नपूर्ण चुचुरोमा पुग्न सफल भएको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…