
काठमाण्डौ : फोटो पत्रकार पूर्णिमा श्रेष्ठसहित ६ जना नेपाली महिलाले अन्नपूर्ण पहिलाे हिमालको सफल आरोहण गरेका छन्। गोरखा आरूघाटकी श्रेष्ठले यस अघि सगरमाथासँगै मनास्लु लगायतका हिमालहरुको सफल आरोहण गरिसकेकी छिन्।
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण पहिलाेको चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने नेपालीहरुमा फोटो पत्रकार श्रेष्ठ, दावा याङजुङ शेर्पा, दावा फुटी शेर्पा, शर्मिला तामाङ, माया शेर्पा र पासाङ ल्यामु शेर्पा रहेका छन् । उनिहरु गत शुक्रवार दिउँसो अन्नपूर्णको शिखरमा पुगेका हुन्। यी सबै हिमाल आरोही हुन् । अन्नपूर्णको सफल आरोहणसँगै उक्त हिमाल चढ्ने नेपाली महिला आरोहीको कीर्तिमानी पनि उनिहरुले राखेका छन्। उनीहरू सेभेन समिट ट्रेकिङ एजेन्सीबाट गएका थिए।
अन्नपूर्ण पहिलो हिमाल आरोहणको ७० वर्ष पुग्दा पनि यस हिमालकाे सफल आरोहण गर्नेको संख्या निकै कम छ। ८ हजार मिटर अग्ला १४ हिमाल मध्ये अन्नपूर्ण पहिलाे चढ्नु जोखिमपूर्ण र कठिन मानिन्छ। नेपाली महिलाहरू पहिलाे पटक अन्नपूर्ण पहिलाे हिमालकाे चुचुरोमा पुगेका हुन् ।
फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेको ७० वर्ष पछि नेपाली महिलाले सफल आरोहण गरेका हुन् । फ्रान्सेली नागरिक मौरिस हर्जौग र उनकाे समूहले सन् १९५० जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते ‘अन्नपूर्ण पहिलो’को सफल आरोहण गरेका थिए। शुक्रबार बिहान कुल १४ जना आरोहीले अन्नपूर्ण चुचुरोमा पुग्न सफल भएको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…