वन्यजन्तु

हिमालमा हिउँ पग्लँदै जाँदा जीवनका आधारहरू गुम्ने चिन्ता

 पोखरा : प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सेताम्मे हिमाल कालापथ्थरमा परिणत हुँदै जाँदा पानीका स्रोतहरू सुक्ने र जैविक विविधतामा असर पर्नगई जीवनका आधारहरू गुमाउँदै गएको बताएका छन् । जीवनका आधारहरू वातावरण प्रकृति, वन्यजन्तु संरक्षणको विषयमा एक भएर जानु पर्नेमा प्रधान न्यायाधीश राउतले जोड दिएका छन् । पोखरामा शनिबार देखि सुरु भएको वातावरण तथा वन्यजन्तु संरक्षण सम्बन्धी सवालहरूमा न्यायिक दृष्टिकोण विषयक कार्यशालाको उद्घाटन सत्रमा बोल्दै प्रधान न्यायाधीश राउतले जीवनका आधारहरू जैविक विविधता, प्रकृति संरक्षणकालागि भएका फैसला कार्यान्वयनमा जोड दिए । हिमाल, नदी,… पुरा पढौ

एलिना चौधरीले जितिन टफ्टाइगर नेचुरलिस्ट अफ द इयर अवार्ड २०२४

पोखरा ः नवलपुर कावासोती १३ लौखानीकी २७ वर्षीय एलिना चौधरीले टफ्टाइगर नेचुरलिस्ट अफ द इयर अवार्ड २०२४ प्राप्त गरेकी छन् । संरक्षण, दिगो पर्यटन र महिला सशक्तिकरणमा उनले पु¥याएको योगदानलाई कदर गर्दै अवार्ड प्रदान गरिएको हो । वाराही जङ्गल लजकी प्रकृतिविद् एलिना चौधरीले वन्यजन्तु संरक्षण, दिगो पर्यटन र संरक्षण क्षेत्रमा महिलाको भूमिकालाई प्रवर्द्धन गर्ने प्रयासकालागि अवार्ड प्रदान गरिएको जनाइएको छ । टफ्टाइगरको आयोजनामा भारतको नयाँ दिल्ली स्थित बिकानेर हाउसमा हालै भएको अवार्ड वितरण समारोहमा उनले अवार्ड पाएकी हुन् । अवार्ड कार्यक्रममा… पुरा पढौ

एशियाली चरा सम्मेलन : अर्नीथोलोजिकल एलायन्सको गठन

चीनको राजधानी बेइजिङ्गमा हालै सम्पन्न दोस्रो एशियाली चरा सम्मेलनबाट एशियन अर्नीथोलोजिकल अलायन्सको गठन भएकाे छ । इन्सटिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साईन्सेजका प्रध्यापक बरीष्ठ चरा बैज्ञानिक फुमिन लिको अध्यक्षतामा गठन भएको एशियन अर्नीथोलोजिकल अलायन्सले एशियामा पाईने चरा र तिनको बासस्थानको अनुसन्धान र संरक्षणका लागि अन्तरदेशीय सहकार्य र समन्वय गर्ने लक्ष्य लिएको छ । ३९ देशका ५२८ चरा अनुसन्धानकर्ता तथा संरक्षणकर्मी सहभागी उक्त चरा सम्मेलनमा नेपालबाट ६ जना चरा अनुसन्धानकर्मीले आफ्नो प्रस्तुती राखेका थिए । इन्सटिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी… पुरा पढौ

जंगली हात्तीको आक्रमणबाट एकको मुत्यु

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गएराति करिब दुई बजे झापाको दमक नगरपालिकामा एक पुरुषको मृत्यु भएको हो। दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु अधिकारीले बताएका छन् । स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा धपाउन गएका भण्डारीलाई हात्तीले आक्रमण गरेको थियो । ‘हात्तीले भण्डारीलाई एकसय मिटर जति लखेटेर उचालेर पछार्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताएका छन् । घटना लगतै सुरक्षाकर्मी उद्धारकालागि घट्नास्थल पुगेका थिए… पुरा पढौ

पृथ्वीका सबै प्राणीको अस्थित्व स्विकार्ने पर्व तिहार

तिहारको पहिलो दिन बुधबार कागपूजा गरी तिहार पर्व सुरु भएको छ । कागलाई खानेकुरा खुवाउने चलन छ । कागलाई यमराजको दूतको रुपमा नेपाली परम्परा र संस्कृतिमा हेरिन्छ । यसैले तिहारमा काग पूजा गरिन्छ । नेपाली समाजमा कागलाई सूचना दिने पन्छीको रुपमा पनि लिइन्छ । कोही पाहुना आउने भए, कोही अशुभ हुने भए काग कराएर सङ्केत दिन्छ भन्ने मान्यता नेपाली समाजमा छ । यसैले बिहान घर वरपर आएर काग कराएमा शुभ बोल शुभ बोल भन्ने चलन छ । हिन्दु धर्मको कथाअनुसार यमराजलाई… पुरा पढौ

ढोरपाटनमा सिकार अनुमतिबाट डेढ करोड राजश्व आम्दानी

नेपालको एकमात्र ढोरपाटन सिकार आरोक्षणमा सिका गर्नकालागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामकालागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारकालागि अनुमति दिएको छ । यस यमकालागि चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारकालागि अनुमति लिएका छन् । नाउरको रु १ लाख ५० हजार र झारलको ७५ हजार र बँदेलको १० हजार न्यूनतम राजस्व तोकिएको छ । सिकारीहरुले बोलपत्र बढाबढमा कम्पनीले सिकारको अनुमति प्राप्त गर्ने गर्छन् । यस याममा… पुरा पढौ

लाटोकोसेराेकाे अवैध व्यापार नियन्त्रणकालागि सुरक्षाकर्मीलाई तालिम

मुसा खाएर किसानले उत्पादन गरेका अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संरक्षणकालागि पोखरामा सुरक्षाकर्मी, वन मन्त्रालय, डिभिजन वन कार्यालय कास्की लगायतका कर्मचारीलाई तालिम दिइएको छ ।  लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकारी हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने सुरक्षाकर्मी, वन मन्त्रालय, डिभिजन वन कार्यालयका कर्मचारीलाई तालिम दिइएको हो । तालिममा लाटोकोसेरोको महत्त्व र अवैध व्यापार किन हुन्छ लगायतका विषयमा तालिममा जानकारी गराइएको थियो ।प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा भएको तालिममा हालै कास्की जिल्लाका विभिन्न वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि समेत… पुरा पढौ

संरक्षण : लाटोकोसेराका लागि कृत्रिम गुँड

सहरीकरण संगै चराका प्राकृतिक बासस्थान र चरा मैत्री पुराना घरहरू हराउँदै गएपछि चराको बासस्थान पुन: स्थापना गर्न कास्की र स्याङ्जा जिल्लामा लाटोकोसेरोकालागि कृत्रिम गुँड बनाइएको छ ।  तीन दशक देखि लाटोकोसेरो लगायत वन्यजन्तु संरक्षण क्षेत्रमा कामगर्दै आएको प्रकृतिका साथीहरू नामक संस्थाले पछिल्लो समयमा सहरबाट लाटोकोसेरो मैत्री घर र बासस्थान हराउँदै गएपछि लाटोकोसेरोकालागि गुँड बनाएको हो । प्रकृतिका साथीहरू नामक संस्थाको सक्रियतामा कास्कीमा ९० र स्याङ्जा जिल्लामा १० वटा गरी १ सय गुँड बनाएर लाटोकोसेरो बढी सक्रिय हुने क्षेत्रमा राखिने संस्थाका निर्देशक… पुरा पढौ

बाँधेको भैँसीले कसरी मा¥यो बाघ ?

मकवानपुर गाउँपालिका ६ प्रतापपुरका किसान बलबहादुर राईको गोठमा बाँधेको भैँसीले बिहीबार बिहान बाघ मारेको घटनाको समाचार आएपछि बाँधेको भैसीले कसरी मा¥यो बाघलाई भन्ने प्रश्न सहित समाजिक सञ्जालमा बहस चलेको छ । बहसका क्रममा बिभिन्न तर्क वितर्क उठाइएका छन् । यस घट्ना सुन्नासाथ वन्यजन्तु विशेषज्ञहरु पनि अचम्मा मानेर घटनाको यथार्थ बुझन चासो राखेका थिए । यथार्थ बुझने क्रममा दुईबाघ लडाई गर्दा अर्को बाघले टोकेर चोटैचोटका कारण भैसीलाई आक्रमण गर्ने बाघ बिरामी भएको पत्ता लागेको थियो । पोष्टमार्टपछि बिरामी बाघ दुई हप्ता… पुरा पढौ

पशुमाथि हुने निर्दयी व्यवहार रोक्न प्रक्रिया अगाडि बढेको छ – प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पशुमाथि हुने निर्दयी व्यवहार रोक्न आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएका छन् प्रतिनिधिसभा बेठकमा सांसद नागिना यादवले पशुहिंसा रोक्न के कस्तो पहल भइररहेको छ भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले पशुप्रणीलाई क्षमताभन्दा बढी भारी बोकाउन, अनावश्यक सताउने, दुःख दिने, यातनापूर्वक ढुवानी गर्ने, क्रुरतापूर्वक वध गर्ने जस्ता कार्य मुलुकी अपराध संहिता ऐन २०७४ ले बन्देज लगाएको पनि बताए । प्रधानमन्त्री ओलीले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०७६ बमोजिम पशु ढुवानी मापदण्ड २०६४ र… पुरा पढौ