वन्यजन्तु

अमेरिकाको मिनेसोटामा नेपालमा भएका लाटोकोसेरो संरक्षणका प्रयास बारे चर्चा

पोखरा : अमेरिकाको मिनेसाेटा प्रदेश स्थित ह्ुस्टन सहरमा २३ औं संस्करणको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव भएको छ ।   २८ वर्ष अघि पखेटा भाँचिएर प्रकृतिमा फर्कन नसक्ने अवस्थामा रहेको एलिक नाम दिइएको लाटोकोसेराले अण्डा कोरलेको दिनको अवसर पारेर सन् २००३ देखि अमेरिकाको मिनेसोटा स्थित ह्युस्टन सहरमा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव आयोजना हुँर्दै आएको आयोजकले बताएका छन् ।  ३ हप्ताको बच्चा अवस्थामा एलिक गुडबाट खसेर घाइते भएको अवस्थामा फेला परेको थियो । पखेटामा गहिरो चोट लागेर घाइते भएकी एलिक प्रकृतिमा फर्कन नसकेपछि २८ वर्ष… पुरा पढौ

संरक्षणकर्मी आचार्य सम्मानित

तीन दर्शक देखि वन्यजन्तु, लाटोकोसेरो संरक्षणमा महत्त्वपूर्ण योगदान दिँदै आएका संरक्षणकर्मी राजु आचार्य सम्मानित भएका छन् । स्याङ्जाको भैंसेगौंडा राँगभाङ स्थित अरनिको माविको ७५ औं वार्षिक उत्सवमा संरक्षणकर्मी आचार्य सम्मानित भएका हुन् । लाटोकोसेरो संरक्षणमा काम गर्दे आएका संरक्षणकर्मी आचार्यलाई २०८१ को वैशाखमा बेलायती संस्था ह्ीट्ली फन्ड फर नेचरले प्रदान गर्ने पुरस्कारबाट पुरस्कृत गरिएको थियो । प्रकृतिका साथीहरू संस्थाका संस्थापक आचार्य पछिल्लो समय लाटोकोसेरो संरक्षण अभियानमा सक्रिय छन् । प्रकृतिका साथीहरू नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा… पुरा पढौ

लाटोकोसेरो संरक्षणमा प्रतिबद्धता जनाउँदै मिथिला बिहारीमा सकियो १२ औँ संरक्षण उत्सव

लाटोकोसेरो तथा हुचिल संरक्षणमा प्रतिबद्धता जनाउँदै धनुषाको मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीमा आयोजित १२ औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव सम्पन्न भएको  छ । लाटोकोसेरा तथा हुचिल संरक्षण, अनुसन्धानको साथै विभिन्न प्रजातिका वन्यजन्तु अनुसन्धानमा तीन दर्शक देखि लागिरहेको प्रकृतिका साथीहरू नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा दुई दिने संरक्षण उत्सव भएको हो ।  महोत्सवमा सहभागी मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादव, प्रदेश सांसदहरू लगायत जनप्रतिनिधिले लाटोकोसेरो तथा हुचिलले संरक्षमा प्रतिबद्धता जनाएका थिए । महोत्सवमा सहभागी… पुरा पढौ

मिथिला बिहारी नगरपालिकामा शुक्रबारदेखि लाटोकोसेरो संरक्षण उत्सव

तपाइँहरुले विभिन्न व्यापारिक मेला भएको त सुन्नु भएकै छ । तर कुनै एक प्रजातिका चराकै संरक्षण र साथै अन्य पंछी, वन्यजन्तुको संरक्षणकालागि ृउत्सव भएको सुन्नु भएको छ ? हो यस वर्ष माघ महिनाको २५ र २६ गते महामिथिला बिहारी नगरपालिकामा किसानको साथी लाटोकोसेरो तथा हुचील संरक्षणकालागि उत्सव हुँदै छ । धनुषा जिल्लाको मिथीला बिहारी नगरपालीकामा १२ औं सस्कंरणको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८१’ हुँन लागेको हो । माघ २५ गते देखि हुने दुई दिने संरक्षण उत्सव प्रकृतिका साथीहरु नामक… पुरा पढौ

जनकपुरमा माघ २५ गते देखि लाटोकोसेरो तथा हुचील संरक्षण उत्सव

धनुषा जिल्लाको मिथीला बिहारी नगरपालीकामा बाहा्रै सस्कंरणको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८१’ हुँदै छ । माघ २५ गते देखि हुने दुई दिने संरक्षण उत्सव प्रकृतिका साथीहरु नामक संस्था र मिथीला वाइल्डलाइफ ट्रष्टको आयोजनामा हुन लागेको हो । उत्सव शूरु हुनु अघि विभिन्न स्थानिय विद्यालयहरुमा लाटोकोसेरो संरक्षण चेतना शिवीरहरु सञ्चालन भएको आयोजक प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए । उत्सवको दिनमा चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गित तथा नाँचको प्रर्दशनी र वन विज्ञान अध्ययन संस्थान पोखराका… पुरा पढौ

लाटोकोसेरो संरक्षणकालागि पाेखराका विद्यालयमा क्लब गठन

पोखराको हेमजाका दुई विद्यालयमा लाटोकोसेरो र जैविक विविधता संरक्षणकालागि लाटोकोसेरो क्लब गठन भएको छ । लाटोकोसेरोको अवैध व्यापार, चोरिसिकारी नियन्त्रण, वन्यजन्तु, जैविक विविधताको संरक्षण गर्न पोखरा २५ स्थित गौरीशंकर मावि र हेमजा बोडिङ्ग स्कुलमा लाटोकोसेरो क्लब गठन भएको हो । क्लब गठन गर्नु अघि भएको लाटोकोसेरो संरक्षण चेतना शिविरमा प्रकृतिका साथीहरू नामक संस्थाका लाटोकोसेरो संरक्षण दूत दीपा गुरुङले लाटोकोसेरोको महत्वको बारेमा प्रकाश पारेकी थिइन् । नेपालमा रहेका वन्यजन्तु, जैविक विविधताको महत्त्व र संरक्षण उपायहरू सम्बन्धमा लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले जानकारी… पुरा पढौ

लाटोकोसेरो संरक्षणकालागि शिविर

मुसा खाएर अन्नबाली जोगाउन महत्वपूर्ण योगदान दिने लाटोकोसेरो संरक्षणकालागि पोखरामा सचेतना शिविर कार्यक्रम भइरहेको छ । प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा पोखरा २३ वामदी स्थित वडा कार्यालयमा लाटोकोसेरो संरक्षण सचेतना शिविर भएको हो ।  स्थानीय आमा समूह, जनप्रतिनिधि  युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि गरी ५० जना भन्दा बढीको उपस्थितिमा भएको सचेतना शिविरमा लाटोकोसेरोको महत्त्व र संरक्षणमा पछिल्लो समय देखिएका चुनौतीका बारेमा जानकारी गराइएको थियो । सचेतना कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २३ का वडा अध्यक्ष रामकाजी गुरुङले  वडामा लाटोकोसेरो… पुरा पढौ

लस एन्जलसमा आगो निभाउने प्रयास जारी

तीव्र गतिमा फैलिरहेको डढेलोका कारण संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौँ हजार मानिसहरूको उद्धार गरिएको छ।अग्निनियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको बताएका छन्। शक्तिशाली हुरीमाझ आगो निभाउने प्रयास जारी रहेको छ । विमान र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन्। तर सुक्खा अवस्था र १६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझ फैलाएको छ। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले तीव्र वेगको हावाले अन्यत्र पनि डढेलो फैलिन सक्ने चेतावनी दिएका छन्। मानिसहरू सुरक्षित स्थानमा जाने प्रयास… पुरा पढौ

समुदाय नै संरक्षणमा : पोखराको तिब्रेकोट सामुदायिक वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण

किसानको साथी भनेर चिनिने लाटोकोसेरो संरक्षणकालागि समुदाय नै एक भएर संरक्षणमा लाग्ने प्रतिबद्धता जनाएका छन् । पोखरा २५ हेमजाका स्थानीयले लाटोकोसेरो संरक्षणकालागि स्थानीय तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका हुन् ।२७५ घर धुरी सदस्य रहेको सामुदायिक वनका सदस्यहरूले तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका हुन् । पोखराको हेमजामा शनिबार प्रकृतिका साथीहरु नामक संस्थाले आयोजना गरेको लाटोकोसेरो संरक्षण शिविरमा तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशालजंग कुँवरले लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका हुन् ।मुसा… पुरा पढौ

हिमालमा हिउँ पग्लँदै जाँदा जीवनका आधारहरू गुम्ने चिन्ता

 पोखरा : प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सेताम्मे हिमाल कालापथ्थरमा परिणत हुँदै जाँदा पानीका स्रोतहरू सुक्ने र जैविक विविधतामा असर पर्नगई जीवनका आधारहरू गुमाउँदै गएको बताएका छन् । जीवनका आधारहरू वातावरण प्रकृति, वन्यजन्तु संरक्षणको विषयमा एक भएर जानु पर्नेमा प्रधान न्यायाधीश राउतले जोड दिएका छन् । पोखरामा शनिबार देखि सुरु भएको वातावरण तथा वन्यजन्तु संरक्षण सम्बन्धी सवालहरूमा न्यायिक दृष्टिकोण विषयक कार्यशालाको उद्घाटन सत्रमा बोल्दै प्रधान न्यायाधीश राउतले जीवनका आधारहरू जैविक विविधता, प्रकृति संरक्षणकालागि भएका फैसला कार्यान्वयनमा जोड दिए । हिमाल, नदी,… पुरा पढौ