
पोखराको हेमजाका दुई विद्यालयमा लाटोकोसेरो र जैविक विविधता संरक्षणकालागि लाटोकोसेरो क्लब गठन भएको छ । लाटोकोसेरोको अवैध व्यापार, चोरिसिकारी नियन्त्रण, वन्यजन्तु, जैविक विविधताको संरक्षण गर्न पोखरा २५ स्थित गौरीशंकर मावि र हेमजा बोडिङ्ग स्कुलमा लाटोकोसेरो क्लब गठन भएको हो ।
क्लब गठन गर्नु अघि भएको लाटोकोसेरो संरक्षण चेतना शिविरमा प्रकृतिका साथीहरू नामक संस्थाका लाटोकोसेरो संरक्षण दूत दीपा गुरुङले लाटोकोसेरोको महत्वको बारेमा प्रकाश पारेकी थिइन् । नेपालमा रहेका वन्यजन्तु, जैविक विविधताको महत्त्व र संरक्षण उपायहरू सम्बन्धमा लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले जानकारी गराएका थिए । गौरीशंकर माविमा सन्जिता सेन्चुरीको सभापतित्वमा क्लब गठन भएको छ । क्लबको उपसभापतिमा कुशल श्रेष्ठ, सचिवमा प्रतीक विक र सहसचिवमा ललिता श्रीपालि क्लबको कोषाध्यक्षमा किशोर विक चयन भएका छन् । क्लबको सदस्यहरूमा आयुष दर्लामी मगर, ममता अधिकारी, मञ्जु विष्ट, श्रीया थापा मगर र सुनिता थापा मगर चयन भएका छन् । क्लबको संरक्षणमा विद्यालयका प्रधानाध्यापक अमरबहादुर कुँवर र सल्लाहकारमा शिक्षक रुद्रप्रसाद देवकोटा रहेका छन् ।
प्रकृतिका साथीहरू नामक संस्थाले लाटोकोसेरो, वन्यजन्तु, जैविक विविधता संरक्षणका विषयमा अभिमुखी कार्यक्रम र सचेतना कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई संरक्षणमा योगदान पु¥याउन क्लबको गठन गर्न सघाएको थियो । हेमजा बोडिङ स्कुलमा सलिना गौतम सभापतित्वमा क्लब गठन भएको छ । लाटाेकाेसेराे क्लबको उपसभापतिमा नितिशा गौतम, सचिव रश्विन थापा, सहसचिवमा अनुपा बानियाँ, कोषाध्यक्षमा आशीर्वाद सुवेदी चयन भएको छन् । कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थी सहभागी क्लबको सदस्यमा समीर कुँवर, सागर गिरी, सप्रान्त त्रिपाठी, रुविना कुँवर, रोजिना विक, गृष्मा कुँवर, मेनुका नेपाली, प्रिया तामाङ रहेका छन् । क्लबको संरक्षकमा विद्यालयका प्रधानाध्यापक केशव शरण पौडेल, सल्लाहकारमा शिक्षकहरू धिरेन घर्ती मगर र विष्णु कुँवर रहेका छन् ।

क्लबले लाटोकोसेरो मात्र होइन अन्य वन्यजन्तु, जैविक विविधताको संरक्षण सचेतना कार्यक्रम, सरसफाइ, वृक्षारोपण कार्यक्रम गर्ने हेमजा बोडिङ स्कुलका लाटोकोसेरो क्लबका सभापति सलिन गौतमले बताए । क्लबको बैठक बसेर संरक्षणका कार्यक्रम योजनाबद्ध रुपमा गरिने पनि उनले सुनाए । प्रकृतिका साथीहरू नामक संस्थाले दुबै विद्यालयका लाटोकोसेरो क्लबलाई कार्यक्रम संचालनकालागि आवश्यक स्टेसनरी सामान उपलब्ध गराएको प्रकृतिका साथीहरू नामक संस्थाकी संरक्षण अधिकृत अनु पौडेले जानकारी दिइन् । विद्यालय स्तरबाटै संरक्षणका कार्यक्रम गर्न सके लाटोकोसेरा मात्र होइन जैविक विविधताको पनि संरक्षणका काम प्रभावकारी हुने भएकोले क्लबको गठन गरिएको प्रकृतिका साथीहरू नामक संस्थाका परियोजना अधिकृत संगम पौडेलले बताए ।
लाटोकोसेरो संरक्षणमा तीन दशक अघि देखि लागिपरेका प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्य सन् २०२४ मा ह्टिवली अवार्डबाट सम्मान भएका थिए । सोही अवार्डबाट प्राप्त पुरस्कारबाट गण्डकी प्रदेशका कास्की, स्याङ्जा, म्याग्दी, बागलुङमा लाटोकोसेरो संरक्षण सचेतना शिविर, लाटोकोसेरोलाई सय वटा कृत्रिम गुँड राख्ने लगायतका कार्यक्रम भइरहेको छ ।यस अघि लाटोकोसेरो संरक्षणकालागि हेमजाको तिब्रेकोट सामुदायिक वनलाई स्थानीयले लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका छन् । लाटोकोसेरो संरक्षणकै लागि माघ २५ र २६ गते प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा जनकपुरमा १२ औँ संस्करणको लाटोकोसेरो तथा हुचिल उत्सव हुँदै छ । संरक्षण उत्सवको तयारी भइरहेको प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले बताए ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…