वन्यजन्तु

संरक्षण गीत ‘सिक्लेसैको सेतो टोपी’ सार्वजनिक

पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता, सस्कृति, जनजीवन म्युजिक भिडियोमा समेटिएको छ । बर्ड लाइफ इन्टरनेशनलको सिनियर एसिया पार्टनरसिप म्यानेजर डा हुमबहादुर गुरुङले निर्माण गरेको म्युजिक भिडियोले प्रकृति, संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पग्ने भिडियो सार्वजनिक कार्यक्रममा वक्ताहरुले बताएका छन् । संरक्षण भिडिायो रोधिं प्लस युट्युब च्यानलमा हेर्न सकिन्छ । पर्यटकीय र जैविक विविधताले धनी सिक्लेस र वरपरको छायांकन गरिएको भिडियोको निर्देशन साजन गुरुङले गरेका हुन् । उनलाई… पुरा पढौ

बाघ गणना सम्पन्न

नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ गणना बिहीबार सम्पन्न भएको छ । दुईवटा राष्ट्रिय निकुञ्ज र एउटा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी बाघ गणना गरिएको थियो । ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको थियो । एउटा ब्लकमा १७ वटा क्यामेरा राखेर काम गरिएको थियो । दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर बाघ गणना गरिएको हो । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५… पुरा पढौ

नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि

नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को अनुवंशिक पहिचान विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्। बरालले जापानको होक्काइडो विश्वविद्यालय, पशु चिकित्सा संकाय अन्तर्गतको वन्यजन्तु जीवविज्ञान तथा चिकित्सा प्रयोगशालाबाट पीएचडी सफलतापूर्वक पूरा गरेका हुन्। तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि गर्दै पीएचडी भएको यो पहिलो रहेको बताइएको छ । बरालको अनुसन्धान नेपालका लागि विशेष महत्वको मानिएको छ । उनले नेपालमा पहिलोपटक आनुवंशिक (genetic) प्रमाणका आधारमा तिब्बती खैरो भालु… पुरा पढौ

निपाह संक्रमण बढ्यो जोखिम

कोरोना कहरपछि फेरि अर्को भाइरसको महामारी फैलन जोखिम बढेको छ । सन् २०१९ मा चीनबाट फैलिएको कोरोनाले धेरैको ज्यान जानुको साथै विश्व अर्थतन्त्रमा नै असर परेको थियो । सन् १९९८ मा पहिलो पटक देखापरेको प्राणघातक निपाह भाइरसको संक्रमण हालै नेपाल नजिकै भारतको पश्चिम बंगालमा देखिएपछि नेपालमा पनि निपाह भाइरस संक्रमणको जोखिम बढेको हो । संक्रमण देखिए संगै पूर्वी र दक्षिण एसियाको विभिन्न देशमा उच्च् सतर्कता अपनाउन थालिएको छ । निपाह भाइरस नफैलियोस् भनेर नेपाल, भारत र पूर्वी एसियाका विभिन्न देशले… पुरा पढौ

जंगलमा फ्याँकिएका प्लास्टिकबाट हस्तकलाका सामग्री

जंगलमा जथाभाबी फ्याँकिएका प्लास्टिक जन्य फोहोर संकलन गरेर कास्कीको मादी गाउँपालिका ताङतिङमा घुम्न आउने पर्यटककालागि कोसेली  दिन हस्तकलाका सामाग्री बनाउन सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने कास्कीको मादी गाउँपालिका वडा नं ४ ताङतिङमा प्रकृतिका साथीहरू नामक संस्थाले वन्यजन्तु, जैविक विविधतालाई असर पर्ने वनमा फ्याँकिएका प्लास्टिक जन्य फोहोर संकलन गरी हस्तकलाका सामाग्री बनाउने ९ दिने तालिम दिएको हो । ताङतिङको जंगलमा वन कुकुर, ध्वाँसे चितुवा, मृग, घोरल, हिमाली कालो भालु, लंगुर, बँदेल लगायतका जंगली जनावर पाइन्छन् । जंगल तथा बस्ती… पुरा पढौ

ऋषि बरालले हासिल गरे खैरो भालुमा पीएचडी उपाधि

पोखराका ऋषि बरालले खैरो भालु विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्। जापानको होक्काइडो विश्वविद्यालय अन्तर्गतको पशु चिकित्सा संकायको वन्यजन्तु जीवविज्ञान तथा चिकित्सा प्रयोगशालाबाट उनले सफलतापूर्वक पीएचडी पूरा गरेका हुन्। नेपालको हिमाली क्षेत्रमा पाइने खैरो भालु तथा अन्य मांसाहारी वन्यजन्तुको आनुवंशिक संरचना, वासस्थान, आहारा र शिकार व्यवहारसम्बन्धी बरालको अनुसन्धान वन्यजन्तु संरक्षणका लागि अत्यन्त महत्वपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताएका छन्। उनले मुस्ताङ जिल्लाको उपल्लो मुस्ताङ क्षेत्रमा केन्द्रित रहेर खैरो भालुमा अनुसन्धान गरेका थिए। विद्यावारिधिको अन्तिम प्रस्तुति (डिफेन्स) सफलतापूर्वक सम्पन्न गरेपछि… पुरा पढौ

बुद्ध भूमिमा चरा संरक्षण मेला

भगवान बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबारदेखि तेस्रो नेपाल चरा मेला सुरु भएको छ । नेपालसहित भुटान, फिलिपिन्स, ताइवान, सिंगापुर, भारतलगायत विभिन्न ७ देशका चराविद्, संरक्षणकर्मी, नेचर गाइड र वाइल्डलाइफ फोटोग्राफर सहभागी चरा मेलामा चराको संरक्षणका चुनौती र संरक्षणका उपायका बारेमा छलफल भइरहेको छ । कार्यक्रममा नेपाल सहित ७ देशका दुई सयभन्दा बढी चरा अनुसन्धानकर्मी तथा संरक्षणकर्मी लुम्बिनीमा भेला भएका छन् । नेपालमा हालसम्म अभिलेख भएका ९ सय ३ प्रजातिका चरामध्ये करीव १९ प्रतिशत (१७२ प्रजाती) चराका प्रजातीहरु संकटग्रस्त अवस्थामा रहेको विज्ञहरूले… पुरा पढौ

कहिले बन्छ वन्युजन्तु मैत्री विद्युत प्रशारण लाइन

विद्युत् पोल वन्यजन्तुका लागि मृत्युदण्ड नबनोस् : कपिलवस्तु जिल्लाको तौलिहवामा करेन्ट लागेर मृत अवस्थामा गिद्ध । वन्यजन्तुका लागि विद्युत् संरचना अझै पनि घातक बनेका छ । तस्बिर : राजेश ढुंगना पुरा पढौ

हिमाल पार गरेर आइपुगे फेवातालमा खोया हाँस

विश्वको सबैभन्दा अग्लो उडान भर्ने चराहरू मध्येको एक खोया हाँस (बार हेडेड गुज) जाडो छल्न पोखराको फेवातालमा आइपुगेका छन् । हिउँदको समयमा प्रत्येक वर्ष खोया हाँस, चखेवा चखेवी लगायतका चरा पोखराका फेवातालमा पाहुना चराको रुपमा जाडो छल्न आइपुग्छन् । चिसोबाट तातोपन बढ्दै गएपछि खोया हाँस लगायतका पाहुना चरा उडान भरेर आफ्नै थाकथलो तर्फ उडान भर्छन् । पहिले फेवातालमा ठूलो सङ्ख्यामा खोया हाँस लगायतका पाहुना चरा आउने भए पनि पछिल्लो समयमा सिमसार क्षेत्र अतिक्रमणमा परेपछि पाहुना चराको आगमन सङ्ख्या घट्दो छ ।  खोया… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा हिउँ चितुवा गणना सुरु

अन्नपूर्ण संरक्षण क्षेत्रमा हिमालकी रानी भनेर चिनिने हिउँ चितुवाको गणना सुरु भएको छ । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका ३ हजार देखि ५३ सय मिटर उचाईमा २२५ वटा क्यामेरा राखेर हिउँ चितुवा गणना सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले जानकारी दिए । मनाङ जिल्ला तर्फ क्यामेरा राखिसकिएको र मुस्ताङ तर्फ हिउँ चितुवाको गतिविधि हुने क्षेत्रमा क्यामेरा राख्ने काम भइरहेको डा कडरियाले बताए । नेपाल सरकार र वन तथा वातावरण मन्त्रालयले सन् २०२४ मा सार्वजनिक गरेको तथ्याङ्क… पुरा पढौ