वन्यजन्तु

१३ औं संस्करणको लाटोकोसेरो उत्सव माघ तेस्रो साता

१३ औं संस्करणको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव आगामी माघ २३ र २४ गते (२०२६ फेब्रुअरी ६ र ७ तारिख) मा जैविक विविधता ग्रित पार्क लमही दाङमा हुने भएको छ । अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा प्रकृतिका साथीहरु संस्थाले नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो । लाटोकासेरो तथा हुचिल संरक्षणकालागि जनस्तरबाटै जनजागरण जगाउन प्रकृतिका साथीहरु नामक संस्थाले विभिन्न जिल्लामा संरक्षण उत्सव गर्दै आएको छ । उत्सवमा मुसा खाएर किसानको साथीको रुपमा महत्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संक्षणमा नागरिककै… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा हिउँ चितुवा सहित वन्यजन्तु उद्धार

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा विभिन्न अवस्थामा फेला परेका वन्यजन्तुको उद्धार गरिँदै आएका छ । यस क्रममा २०८१÷०८२ मा एउटा हिउँ चितुवा सहित ९ वटा वन्यजन्तुको उद्धार गरिएको आयोजनाले जनाएको छ ।  उपल्लो मुस्ताङमा बाख्राको खोरमा पसेको हिउँ चितुवालाई उद्धार गरी पुन प्राकृतिक वासस्थानमा छाडिएको छ । यसै गरी पासोमा परेको एउटा चितुवालाई पनि उद्धार गरिएको एक्यापले जनाएको छ । नीर बिरालो, गिद्ध,  लगायत वन्यजन्तुको उद्धार गरिएको बताइएको छ । एउटा कस्तुरी मृग कुकुरले टोकेर मरेको अवस्थामा मनाङमा भेटिएको… पुरा पढौ

सय उत्कृष्ट ‘एसियन साइंटिष्ट’ भित्र संरक्षणकर्मी राजु आचार्य

तीन दर्शक देखि वन्यजन्तु संरक्षण र अनुसन्धानमा क्रियाशील संरक्षणकर्मी राजु आचार्य एसियाका सय उत्कृष्ट साइंटिष्टमा परेका छन् ।  ‘एसियन साइंटिष्ट’ नामक पत्रिकाले प्रकाशित गरेको एसियाका उत्कृष्ट सय वैज्ञानिक सूचीमा आचार्य पनि छानिएका हुन् ।  सन् २०१६ देखि हरेक वर्ष, एसियाली वैज्ञानिक पत्रिकाले एसियाका उत्कृष्ट अनुसन्धानकर्ताहरूको सूची सङ्कलन गर्दछ । आठौँ संस्करणमा पोखरामा रहेर वन्यजन्तु संरक्षण र अनुसन्धानमा महत्त्वपूर्ण योगदान दिँदै आएका आचार्य पनि उत्कृष्ट सयमा परेका हुन् । यस सूचीमा पर्न सम्मानित वैज्ञानिकहरूले अघिल्लो वर्ष आफ्नो अनुसन्धानको लागि राष्ट्रिय वा… पुरा पढौ

एक्यापमा मानव–वन्यजन्तु द्वन्द्व : ४२ लाख ४१ हजार राहत वितरण

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा २०८१÷०८२ मा वन्यजन्तु आक्रमणबाट ३५८ चौपाया मरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ र मनाङमा धेरै जसो चौपाया वन्यजन्तुबाट मारिएका हुन् ।  यसरी मारिएका चौपायाहरूमा भेडा, च्याङ्ग्रा, याक, गाई, भैँसी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । चौपायाहरू वन्यजन्तुबाट मरिदा धेरै हिउँचितुवाको आक्रमणमा परेका छन् । हिउँ चितुवाको आक्रमणबाट २०२ मारिएका छन् । यसै गरी चितुवाको आक्रमणबाट १२८ र ब्वाँसोको आक्रमणबाट २८ चौपाया मारिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा रविन कडरियाले जानकारी… पुरा पढौ

वन्यजन्तु चोरीसिकार नियन्त्रण गर्न सुराकी एप्लिकेसन

वन्यजन्तु चोरी सिकार, अवैध व्यापार नियन्त्रणकालागि सुराकी एप्लिकेसन सुरु हुने भएको छ । आविष्कार केन्द्रको प्राविधिक सहयोगमा प्रकृतिका साथीहरू संस्थाले ५ लाख लगानीमा सुराकी एप्लिकेसन बनाएको हो । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको स्वीकृतिमा एप्लिकेसन बनाइएको हो । एप्लिकेसन एक सातामा सञ्चालनमा आउने प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए । आम नागरिकले वन्यजन्तुको अवैध चोरीसिकार, अवैध व्यापार भएका तस्बिर, भिडियो, अडियो रेकर्ड गरेर अपलोड गर्न सकिने गरी एप्लिकेसन बनाइएको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक इन्द्र ओलीले बताए । यसरी सुराकी… पुरा पढौ

थातथलो छाड्दै कहाँ गए पोखरेली गिद्ध ?

पोखरा : एक दशकघि पनि पोखराका विभिन्न फाँटमा प्रशस्तै गिद्ध भेटिन्थे। चाउँथे फाँट, कुँडहर, फेवाताल किनारका सेदी, फेवा फाँट, अन्तर्राष्ट्रिय विमानस्थल भएको छिनेडाँडा, बिरौटा, लेखनाथका फाँटमा गिद्धका लागि ‘स्वर्ग’ नै मानिन्थे। तर, यी क्षेत्रमा पनि आजभोलि मुस्किलले गिद्ध देखा पर्छन्।  खुला चौर, खेत, फाँट र गिद्धका वासस्थानमा रहेका अग्ला सिमलका रूख सबै मासिँदै गए। गिद्धका लागि स्वर्ग मानिने पोखराको मुख्य बजार क्षेत्रबाटै थातथलो छाड्न गिद्धहरू बाध्य भएको डंगर प्रजातिका गिद्धमा विद्यावारिधि गरेका रामजी गौतम बताउँछन्। करोडौं लगानी गरेर पोखरामा सिँचाइ सुविधा… पुरा पढौ

पोखरा वडा नम्बर २५ को वडा पन्छी गोठे लाटोकोसेरो र वडा सर्प राजगोमन

सर्पमा पनि अति विषालु सर्पको प्रजाति राजगोमन र नेपाली समाजमा होच्याउन प्रयोग हुने पन्छीको प्रजाति लाटोकोसेरो संरक्षणकालागि पोखरा वडा नम्बर २५ ले वडा सर्प र पन्छी घोषण गरेर संरक्षणको थालनी गरेको छ । मानिस, पर्यावरण र जैविक विविधतामा महत्वपूर्ण योगदान दिने सर्प र चराको संरक्षणको साथै पर्यापर्यटनको विकास गर्न वडाले वडा सर्प र वडा पन्छी घोषणा गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर २५ ले शनिबार वडा पन्छी गोठे लाटोकोसेरो र वडा सर्प राजगोमनलाई घोषणा गरेको हाे । पोखरा २५… पुरा पढौ

पानी खोज्दै भौतारिन्छन गाँबी भालु

गॉबी भालु—एशियाको एक दुर्लभ र संकटग्रस्त वन्यजन्तु हो । यो विश्वकै सबैभन्दा कठोर मरुभूमिहरूमध्ये एक, गॉबी मरुभूमिमा सकस पूर्ण रुपमा बाँचेका छन् । पछिल्लो तथ्यांकअनुसार, केवल ४० भन्दा कम गॉबी भालुहरू मात्र बाँकी रहेको बताइएका छ । पानीको अभावमा यी भालुहरू पानीको खोजीमा १६० किलोमिटर सम्म यात्रा गर्न बाध्य छन्। गॉबी मरुभूमि वर्षौंदेखि अत्यन्त सुक्खा तथा जलविहीन क्षेत्रको रूपमा चिनिन्छ। यसले गॉबी भालुहरूको जीवनलाई झनै कठोर बनाएको छ । यसले गर्दा उनीहरू जीवित रहनका लागि पानी, झाडीहरूमा उम्रिने जरा, बेरी,… पुरा पढौ

वन्यजन्तु अपराध नियन्त्रणकालागि कार्यशाला

वन्यजन्तु अपराध नियन्त्रणकालागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजनामा कार्यशाला भएको छ । एक्यापको आयोजनामा वडा प्रहरी कार्यालय रामबजारका सुरक्षाकर्मी बिच वन्यजन्तु अपराध नियन्त्रण जागरूकता समन्वय कार्यशाला सम्पन्न भएको हो ।  वन्यजन्तु अपराध नियन्त्रणका विषयमा केन्द्रित रहेर चार फरक फरक सत्रहरू सञ्चालन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । वन्यजन्तु र वन अपराध सम्वन्धि कानून, वन्यजन्तु अपराध परिदृश्य, नियन्त्रण उपायहरू, पहिचान, कानुनी प्रावधान लगायतका विषयमा कार्यशाला भएको हो । कार्यशालाले वन्यजन्तु अपराध नियन्त्रणमा थप सफलता मिल्ने… पुरा पढौ

छालबाटो नदी प्रणालीको समाजशास्त्रीय र विज्ञानको लिखत

पोखरा : छालबाटो पुस्तक यात्रावृतान्तमा सीमित नभई नदी प्रणालीको समाजशास्त्रीय, प्राकृतिक र विज्ञानको लिखत बनेको बताइएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेको पुस्तकको विषयमा पोखरामा भएको परिचर्चा कार्यक्रममा कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार रोशन शेरचनले बताएका हुन् ।  ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको छालबाटो पुस्तक माथिको परिचर्चा कार्यक्रममा  साहित्यकार रोशन शेरचनले पाठकले भौतिक र मानसिक दुवै यात्राको स्वाद पुस्तकबाट पाउने धारणा पनि राखे । लेखक भुसालले कर्णालीको मुहान, तिब्बतको… पुरा पढौ