राष्ट्रिय बाघ सर्वेक्षण (गणना) आइतबार देखि सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा गणनामा प्रयोग हुने क्यामेराको वनमत्री रामसहायप्रसाद यादवले स्वीच अन गरेर गणना सुरु भएको घोषणा गरे । नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बाँके शुक्लाफाँट, बर्दिया गरी पाँचवटा राष्ट्रिय निकुञ्ज र यस आसपासको वन क्षेत्रमा बाघको बसोबास रहेको छ । गणनामा बाघ ओहरदोहर गर्ने क्षेत्रमा दुईतर्फ क्यामेरा राखिन्छ । क्यामेराको फ्रेम भित्र पर्ने गरी बाघ वा अन्य जनावर ओहरदोहर गर्दा स्वचालित क्यामेरामा तस्बिर कैद हुन्छ…
पुरा पढौ