वन्यजन्तु

इलामको जौबारीमा मृत अवस्थामा भेटियो रेडपान्डा

इलाम : इलामको सन्दुकपुर गाउँपालिका ५ जौबारीमा लोपोन्मुख वन्यजन्तु रेडपान्डा मृत अवस्थामा फेला परेको छ । गौरीबास सडक नजिक वृक्षरोपण गरिएको क्षेत्रमा पोथी रेडपाण्डा मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । मृत रेडपान्डाको पोस्टमार्टम रिपोटकालागि भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको सन्दकपुर गाउँपालिका पशु शाखा प्रमुख सविन भट्टराईले बताएका छन् । लजाुल स्वाभावको वन्यजन्तु रेडपान्डाको वासस्थान निगालोको जंगल भएको क्षेत्र हो । निगालोको टुसा र पात खाने रेडपान्डाको बासस्थान समेत संकटमा पर्दै गएका छन् । रेडपान्डा जोगाउन… पुरा पढौ

जिम्बाब्वेमा खडेरीका कारण पानी खान नपाएर एक सय हात्ती मरे

कहिले अति वर्षा त कहिले खडेरीका कारण विश्वका मान्छे मात्र होइन जनावर पनि समस्यामा पर्दै गएका छन् । यस्तै समस्या अहिले जिम्बाब्वेमा खडेरीका कारण हात्ती मरेका समाचार आइरहेको छ । जिम्बाब्वेमा खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् । जिम्बब्वेस्थित ह्याङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तराष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले जनाएको छ । पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञत्ति अनुसार हाल सो खडेरीकाा कारण ग्रीष्मकालीन… पुरा पढौ

गोही संरक्षणको सन्देश दिन मेला

गोही संरक्षणको सन्देश दिन सौराहाको चित्रसारी मैनाह खेलमैदानमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना गरिएको छ । केयर फर नेचको आयोजनामा गोही संरक्षणका साथै खोलाको संरक्षण गर्दै पर्यटन विकासमा जोड दिदैं मेला आयोजना गरिएको हो । मंसीर २२ र २३ गते दुई दिन चलेको मेलामा नदी किनार सरसफाई जनचेतना मुलक ¥याली पनि गरिएको थियो । मेलामा बालबालिकाले गोहीको मुकुट लगाएर संरक्षणको सन्देश दिएका थिए । बालबालिकाले गालामा सेभ घडियाल, सेभ गोही जस्ता सन्देशमुलक सन्देश फेस पेन्टिङ गरेका थिए । सौरहा… पुरा पढौ

पोखरामा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रर्दशन हुँदै

पोखरा : पोखरामा आठौं पर्वतीय महोत्सवको तयारी गरिको छ । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सवको आठौं संस्करण हुन लागेको हो । महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिए । यसवर्षको महोत्सवमा बर्डस कन्जरभेसन नेपाल सँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’… पुरा पढौ

विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि तालिम

वन्यजन्तु संरक्षणमा व्यवहारिक ज्ञान दिने उद्देश्यले स्याङ्जाको पुतली बजारमा विद्यार्थीहरुकालागि वन्यजन्तु अनुसन्धान विधि तालिम भइरहेको छ । नेपालमा वन्यजन्तु र तिनको वासस्थानको अनुसन्धान र संरक्षणको क्षेत्रमा क्षमतावान् युवापुस्ताको निर्माण गर्ने उद्देश्यले प्रकृतिका साथीहरू संस्थाले विगत एक दशक देखि वार्षिक रुपमा सञ्चालन गर्ने ‘वन्यजन्तु अनुसन्धान विधि तालिम’ दिइएको हो । स्याङ्जा जिल्ला, पुतली बजार नगरपालिका २, भैंसेगौंडा सामुदायिक होम स्टेमा विद्यार्थीहरूले तालिम लिइरहेका छन् ।  नेपालको वन्यजन्तु संरक्षण, अनुसन्धान क्षेत्रमा व्यवहारिक ज्ञानको निकै आवश्यक भइरहे बेलामा प्रकृतिका साथीहरू संस्थाले वर्षेनी यस्तो कार्यक्रम… पुरा पढौ

स्पेनमा युरोपियन गिद्ध सम्मेलन : ४५ देशका ४ सय बढी सहभागि

पोखरा : स्पेनको कासेरस शहरमा युरोपियन गिद्ध सम्मेलन भएको छ । सम्मेलनमा विश्वका गिद्ध विज्ञ, अनुसन्धानकर्ता र संरक्षणकर्मीको सहभागिता रहेको थियो । युरोपियन भल्चर कन्फरेन्स नाम दिइएको उक्त गिद्ध सम्मेलनमा ४५ देशका ४ सय बढीको सहभागिता रहेको बताइएको छ । सम्मेलनमा करिब २ सय वैज्ञानिक अध्ययनबाट प्राप्त रिपोट तथा सुझाव प्रस्तुत भएको नेपालबाट सहभागी गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए । सम्मेलनमा नेपालबाट दुईवटा प्रस्तुति राखिएको थियो । दुर्लभ सेतो गिद्धको नेपालमा अवस्थाका बारेमा सन् २०१२ देखि २०२३ सम्मको अध्ययन तथा अनुगमनको… पुरा पढौ

चितवन राष्ट्रिय निकुञ्जमा फेरी तस्कर सक्रिय, खाल्डो खनेर गैंडा मारियो

चितवन राष्ट्रिय निकुञ्जमा फेरी तस्करहरु सक्रिय भएको पाइएको छ । तस्करहरुले निकुञ्ज भित्र खाल्डो खनेर दुईवटा गैंडा मारेपछि पुनः तस्कर सक्रिय भएको पाइएको हो । यसरी मारिएका दुबै गैडाका खाग पनि लगिएको छ । गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि नै तस्करहरुले गैंडा मार्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा बिहीबार कध्यान्ह खाल्डोमा दुईवटा मृत गैंडा भेटिएको हो । दुबै गैंडाको खाग नभएको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् । खगेन्द्रपल्ली पोस्टबाट साढे तीन किलोमिटर पर… पुरा पढौ

गिद्धलाई बाँच्नै सकस

अंग्रेजी महिना सेप्टेम्बरको पहिलो शनिवार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँन्छ । सन् २००९ देखि प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार गिद्ध सचेतना दिवस मनाइँदै आएको हो। सेप्टेम्बर महिनाको पहिलो साता भर नै गिद्ध सचेतना दिवस मनाइन्छ । स्वस्थ आहाराको कमी र बासस्थान विनाशका कारण सिनो खाएर वातावरण सफा गर्ने प्रकृतिको कुचिकार गिद्ध संकटमा पर्दै गएका छन्। यसैकारण गिद्ध संरक्षणका लागि यो अभियान विश्वभर मनाइँदै छ। गिद्धले सिनो खाएर मानिसमा रेबिज, प्लेग, हैजा, आउँ, झडापखाला र पशु चौपायाहरुमा एन्थेक्स, ब्रुसेलोसिस… पुरा पढौ

नेपालमा बाघको सङ्ख्या बढेर ३५५ पुग्यो  

नेपालमा बाघको सङ्ख्या बढेको छ । बाघको सङ्ख्या बढेर ३५५ पुगेको छ । नेपालमा बाघको सङ्ख्या बडेसँगै  संरक्षण क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नेपाल अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि हुँदै छ ।  विश्व बाघ दिवसको अवसरमा शुक्रबार काठमाण्डौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । जस अनुसार पछिल्लो ४ वर्षमा बाघको सङ्ख्या १२० थपिएको हो । सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले बढेर ३५५ सङ्ख्या पुगेको हो । गणना अनुसार सबैभन्दा धेरै… पुरा पढौ

वन्यजन्तु संरक्षणमा चुनौती : एक वर्षमा २०५ वन्यजन्तुको मृत्यु

वन्वयन्तुको घर वनको अतिक्रमण बढ्दो क्रममा छ । यसको प्रत्यक्ष असर वन्यजन्तु संरक्षणमा देखिएको छ । देशको महत्वपूर्ण राष्ट्रिय निकुञ्ज मध्येको एक चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पनि यो समस्या चुनौतीको रुपमा देखिएको छ ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण र चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा संकटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मुत्यृ भएको निकुञ्जले जनाएको छ । निकुञ्ज र मध्यवर्ती… पुरा पढौ