
पोखराको फेवाताल किनारको राजदवार परिसरमा रहेका बाँस घारीमा चराकाे बास छ । त्यो बाँस घारी चराका घर हुन् । अवोध चराका ति घर बेला बेलामा भत्काउने गरेपछि बकुल्ला लगायत चराको बास जोगाउन नेपाल ट्रस्टलाई अनुरोध गरिएकाे छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखरा महानगरपालिका वडा नम्बर ६ को बाराही घाटमा रहेको बकुल्लाको बास जोगाउन अनुरोध गरेकाे हो । रत्न मन्दिर परिसरमा पर्ने बाराही घाट क्षेत्रका बाँसमा आख्लैपिच्छे बकुल्लाले गुँड लगाएका छन् । यति बेला बकुँल्लाले बचेरा हुँकाइरहेका छन् । फेवाताल किनारको बाँस घारी बकुल्लाकालागि उपयुक्त घर भएको छ ।
बकुल्लासहितका पंक्षीको विष्टाले दुर्गगिन्धत भएको भन्दै बेला बेलामा बाँस र बाँसका हाँगा काट्दा चराहरुको बिचल्ली हुने गरेको छ । बकुल्लाका घर बाँस जाेगाउन अनुरोध गर्दै सम्पदाका अध्यक्ष ठाकुरप्रसाद बराल र महासचिव दिलीप दोषीले नेपाल ट्रष्टको कार्यालय, पोखरामार्फत् ट्रष्टको केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

नेपाल ट्रष्टको कार्यालय पोखरा प्रमुख मीनप्रसाद लामिछानेमार्फत् ध्यानाकर्षणपत्र बुझाएको हो । समितिले पोखरा महानगर, वडा नम्बर ६, रणचण्डी गणलाई समेत बोधार्थ दिइएको छ । रत्न मन्दिर दरबार क्षेत्रका रुखहरु र खासगरी बाँसमा पोखरामा पाइने धेरै प्रजातिका चराचुरुङ्गीले गुँड लगाउने गरेका छन् । वर्षौदेखि बकुल्लाको बासस्थानकै रुपमा परिचित बाँसको गाँजका आख्लापिच्छे बकुल्लाका गुँड र गुँडमबचेरा हुँकदै आएका छन् । यस्ता चराका बासस्थान नउजाडन र उनिहरुलाई बाँच्न दिन राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले अनुरोध गरेको हो ।
चराको बास रहेका बाँस काट्नुको साटो विकल्प खोज्न र पंक्षी संरक्षण गर्न ध्यानाकर्षण गराइएको बरालले बताए । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘वासस्थान सुरक्षित राखिरहन अति आश्वयक रहेको व्यहोरा जानकारी गराउँदै बाँस काट्ने कार्यलाई अवका दिनमा प्राथमिकतामा नराखी बकुल्लाको वासस्थान जोगाउन पन्छीहरुलाई असर नपर्ने गरी समस्याको समाधान गर्न ध्यानाकर्षण गराउँछौँ ।’



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…