वन्यजन्तु

जंगली हात्तीको आक्रमणबाट एकको मुत्यु

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गएराति करिब दुई बजे झापाको दमक नगरपालिकामा एक पुरुषको मृत्यु भएको हो। दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु अधिकारीले बताएका छन् । स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा धपाउन गएका भण्डारीलाई हात्तीले आक्रमण गरेको थियो । ‘हात्तीले भण्डारीलाई एकसय मिटर जति लखेटेर उचालेर पछार्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताएका छन् । घटना लगतै सुरक्षाकर्मी उद्धारकालागि घट्नास्थल पुगेका थिए… पुरा पढौ

पृथ्वीका सबै प्राणीको अस्थित्व स्विकार्ने पर्व तिहार

तिहारको पहिलो दिन बुधबार कागपूजा गरी तिहार पर्व सुरु भएको छ । कागलाई खानेकुरा खुवाउने चलन छ । कागलाई यमराजको दूतको रुपमा नेपाली परम्परा र संस्कृतिमा हेरिन्छ । यसैले तिहारमा काग पूजा गरिन्छ । नेपाली समाजमा कागलाई सूचना दिने पन्छीको रुपमा पनि लिइन्छ । कोही पाहुना आउने भए, कोही अशुभ हुने भए काग कराएर सङ्केत दिन्छ भन्ने मान्यता नेपाली समाजमा छ । यसैले बिहान घर वरपर आएर काग कराएमा शुभ बोल शुभ बोल भन्ने चलन छ । हिन्दु धर्मको कथाअनुसार यमराजलाई… पुरा पढौ

ढोरपाटनमा सिकार अनुमतिबाट डेढ करोड राजश्व आम्दानी

नेपालको एकमात्र ढोरपाटन सिकार आरोक्षणमा सिका गर्नकालागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामकालागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारकालागि अनुमति दिएको छ । यस यमकालागि चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारकालागि अनुमति लिएका छन् । नाउरको रु १ लाख ५० हजार र झारलको ७५ हजार र बँदेलको १० हजार न्यूनतम राजस्व तोकिएको छ । सिकारीहरुले बोलपत्र बढाबढमा कम्पनीले सिकारको अनुमति प्राप्त गर्ने गर्छन् । यस याममा… पुरा पढौ

लाटोकोसेराेकाे अवैध व्यापार नियन्त्रणकालागि सुरक्षाकर्मीलाई तालिम

मुसा खाएर किसानले उत्पादन गरेका अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संरक्षणकालागि पोखरामा सुरक्षाकर्मी, वन मन्त्रालय, डिभिजन वन कार्यालय कास्की लगायतका कर्मचारीलाई तालिम दिइएको छ ।  लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकारी हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने सुरक्षाकर्मी, वन मन्त्रालय, डिभिजन वन कार्यालयका कर्मचारीलाई तालिम दिइएको हो । तालिममा लाटोकोसेरोको महत्त्व र अवैध व्यापार किन हुन्छ लगायतका विषयमा तालिममा जानकारी गराइएको थियो ।प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा भएको तालिममा हालै कास्की जिल्लाका विभिन्न वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि समेत… पुरा पढौ

संरक्षण : लाटोकोसेराका लागि कृत्रिम गुँड

सहरीकरण संगै चराका प्राकृतिक बासस्थान र चरा मैत्री पुराना घरहरू हराउँदै गएपछि चराको बासस्थान पुन: स्थापना गर्न कास्की र स्याङ्जा जिल्लामा लाटोकोसेरोकालागि कृत्रिम गुँड बनाइएको छ ।  तीन दशक देखि लाटोकोसेरो लगायत वन्यजन्तु संरक्षण क्षेत्रमा कामगर्दै आएको प्रकृतिका साथीहरू नामक संस्थाले पछिल्लो समयमा सहरबाट लाटोकोसेरो मैत्री घर र बासस्थान हराउँदै गएपछि लाटोकोसेरोकालागि गुँड बनाएको हो । प्रकृतिका साथीहरू नामक संस्थाको सक्रियतामा कास्कीमा ९० र स्याङ्जा जिल्लामा १० वटा गरी १ सय गुँड बनाएर लाटोकोसेरो बढी सक्रिय हुने क्षेत्रमा राखिने संस्थाका निर्देशक… पुरा पढौ

बाँधेको भैँसीले कसरी मा¥यो बाघ ?

मकवानपुर गाउँपालिका ६ प्रतापपुरका किसान बलबहादुर राईको गोठमा बाँधेको भैँसीले बिहीबार बिहान बाघ मारेको घटनाको समाचार आएपछि बाँधेको भैसीले कसरी मा¥यो बाघलाई भन्ने प्रश्न सहित समाजिक सञ्जालमा बहस चलेको छ । बहसका क्रममा बिभिन्न तर्क वितर्क उठाइएका छन् । यस घट्ना सुन्नासाथ वन्यजन्तु विशेषज्ञहरु पनि अचम्मा मानेर घटनाको यथार्थ बुझन चासो राखेका थिए । यथार्थ बुझने क्रममा दुईबाघ लडाई गर्दा अर्को बाघले टोकेर चोटैचोटका कारण भैसीलाई आक्रमण गर्ने बाघ बिरामी भएको पत्ता लागेको थियो । पोष्टमार्टपछि बिरामी बाघ दुई हप्ता… पुरा पढौ

पशुमाथि हुने निर्दयी व्यवहार रोक्न प्रक्रिया अगाडि बढेको छ – प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पशुमाथि हुने निर्दयी व्यवहार रोक्न आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएका छन् प्रतिनिधिसभा बेठकमा सांसद नागिना यादवले पशुहिंसा रोक्न के कस्तो पहल भइररहेको छ भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले पशुप्रणीलाई क्षमताभन्दा बढी भारी बोकाउन, अनावश्यक सताउने, दुःख दिने, यातनापूर्वक ढुवानी गर्ने, क्रुरतापूर्वक वध गर्ने जस्ता कार्य मुलुकी अपराध संहिता ऐन २०७४ ले बन्देज लगाएको पनि बताए । प्रधानमन्त्री ओलीले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०७६ बमोजिम पशु ढुवानी मापदण्ड २०६४ र… पुरा पढौ

पशु- प्राणीमाथिको क्रूरता अन्त्य गर

मानिस चेतनलसिल प्राणी हो । यसैले मानिसलाई अन्य प्राणीभन्दा श्रेष्ठ मानिन्छ । चेतना भनेको सबैको दुःख पिढा उस्तै हुन्छ भन्ने हो । तर मानिसमा यस्ता पन भने हराउँदै गएको छ । मानिसमा क्रूरता बढ्दो क्रममा छ । मानिस मानिस बिचमै पनि क्रूरतापूर्वक व्यवहार वर्तमानमा छ । यो भन्दा बढी क्रूरतापूर्ण व्यवहार पशु- प्राणीमाथि हुँदै आएको छ । पशु चौपायाहरुलाई यातनापूर्वक ढुवानी हुँदै आएको छ । खोर वा गोठमा कष्टपूर्वक थुनेर अनि बाँधेर राख्ने पनि गरिँदै आएका छन् । यस्तै खच्चड, घोडा,… पुरा पढौ

नागपञ्चमी : नाग लगायत सबै जीवको संरक्षण गरौं

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइन्छ । यसरी नागको तस्बिर टास्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । यसको अर्थ पृथ्वीमा रहेको सबै प्राणीको अस्थित्व हुनु आवश्यक छ भन्ने हो । वर्षमा एक दिन नागलाई पुजा गर्ने र अरु दिन दुःख दिन यो पर्व मनाइने गरिएको होइन । सबैको अस्थित्वमै मान्छेको पनि अस्थित्व… पुरा पढौ

चितवनमा मान्छे आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवनको नारायणगढको नारायणी नदी किनारमा शनिबार बिहान मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ । मर्निङवाकमा निस्केका भरतपुर २ बेलटाडीका ६० बर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो । बाघलाई ड्रोन, हात्तीको प्रयोग गरी चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले डार्ट गरेर १७ घण्टापछि नियन्त्रणमा लिएका हुन् । नदी किनारको नरकटको झाडीमा लुकेर बसेको बाघले पटकपटक हात्तीलाई तर्साउने गरेको थियो । बाघकोे ब्यवहारबाट हात्तीहरु बिच्किएका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट २ वटा हात्ती ल्याएर बाघलाई… पुरा पढौ