
गत वर्ष चैत तेस्रो साता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नेपाल–भारत सीमामा एउटा पाटे बाघ घाइते अवस्थामा भेटियो । सिकारीको पासोमा परेर सीमा क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई बचाउन सकिएन ।
बर्दियाबाट आएको उद्धार टोली महेन्द्रनगर पुग्न नपाउँदै बाघको मृत्यु भयो । शुक्लाफाँटाको घाइते बाघ त एउटा प्रतिनिधिमुलक घटना मात्रै हो, सुदूरपश्चिमका राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनमा वन्यजन्तुको उद्धार गर्न यहाँ अहिलेससम्म उद्धार केन्द्र नै छैन् । “बाघ पासोमा परेर घाइते भएकै दिन उद्धार गर्न सकिएको भए बचाउन सकिन्थ्यो, उद्धार टोली अर्को दिन पुग्न नपाउँदै बाघको मृत्यु भयो”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भन्नुभयो, “वन्यजन्तु उद्धार केन्द्र आवश्यक छ, तर स्थापना गर्न सकिएको छैन् ।
” विसं २०२६ मा स्थापना भएको शुक्लाफाँटा आरक्षको स्तरोन्नति हुँदै राष्ट्रिय निकुञ्ज बनिसक्दा पनि यहाँ वन्यजन्तु उद्धार केन्द्र बन्न सकेको छैन । “हिंसक वन्यजन्तु उद्धार गर्नुपरे यहाँ जनशक्ति अभाव छ”, पुर्जा पुनले भन्नुभयो, “हिंसक वन्यजन्तु उद्धार गर्न समस्या हुने गरेको छ ।” राष्ट्रिय प्रकृति संरक्षण कोषसित पनि वन्यजन्तुको उद्धारमा खटिने दक्ष जनशक्ति अभाव छ । “हिंसक वन्यजन्तुलाई लठ्ठ पारेर उद्धार गर्नुपर्ने हुन्छ, त्यसो गर्न प्राविधिक टोली यहाँ छैन”, उहाँले भन्नुभयो ।
निकुञ्जको सुरक्षामा नेपाली सेना र निकुञ्ज प्रशासन सक्रिय रहँदै आएको छ । वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागि पटक पटक पहल भए पनि कुनै सुनुवाइ नभएको निकुञ्जले जनाएको छ । केही वर्षअघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सामुदायिक वनमा पासोमा परेको चितुवा उद्धारका क्रममा कर्मचारी घाइते भएका थिए । सो चितुवा उद्धारका लागि पनि बर्दियाबाट नै टोली यहाँ मगाइएको थियो । शुक्लाफाँटा निकुञ्जसँगै यहाँका राष्ट्रिय तथा सामुदायिक वनमासमेत वन्यजन्तुको चहलपहल छ । शुक्लाफाँटा १९ पाटे बाघ, झण्डै तीन हजार बाह्रसिङ्गे, १७ गैँडालगायत वन्यजन्तुको बासस्थान हो । चारैतिर मानव बस्ती र नेपाल–भारत सीमाना रहेकाले शुक्लाफाँटामा वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । रासस



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…