
मुसा खाएर अन्नबाली जोगाउन महत्वपूर्ण योगदान दिने लाटोकोसेरो संरक्षणकालागि पोखरामा सचेतना शिविर कार्यक्रम भइरहेको छ । प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा पोखरा २३ वामदी स्थित वडा कार्यालयमा लाटोकोसेरो संरक्षण सचेतना शिविर भएको हो । स्थानीय आमा समूह, जनप्रतिनिधि युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि गरी ५० जना भन्दा बढीको उपस्थितिमा भएको सचेतना शिविरमा लाटोकोसेरोको महत्त्व र संरक्षणमा पछिल्लो समय देखिएका चुनौतीका बारेमा जानकारी गराइएको थियो ।
सचेतना कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २३ का वडा अध्यक्ष रामकाजी गुरुङले वडामा लाटोकोसेरो संरक्षणकालागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमका सभापति वन महासंघ पोखरा २३ का अध्यक्ष केपी शर्माले पोखरा २३ मा २३ वटा सामुदायिक वन रहेको र सबै सामुदायिक वन संग समन्वय गरेर लाटोकोसेरो संरक्षित क्षेत्र घोषण गर्ने बताए । वडा नम्बर २३ लाई गुलेली प्रयोग गरेर चरा मार्ने क्रम रोक्न गुलेली निषेधित क्षेत्र घोषण समेत गरिने बताइएको छ ।
घोषणसँगै उक्त वनमा गुलेली प्रयोग गरी लाटोकोसेरो लगायतका कुनै पनि चराचुरुङ्गीलाई मार्न नपाइने साथै कुनै पनि हानि नोक्सानी नपु¥याउने प्रतिबद्धता पनि जनाइएको छ । सचेतना कार्यक्रममा सहभागीहरूलाई लाटोकोसेरोको महत्वको बारेमा जानकारी गराइएको थियो । लाटोकोसेरोले मुसा, किरा फट्याङ्ग्रा, सर्प, भ्यागुता खाएर सङ्ख्या नियन्त्रण गर्दछ । एक परिवार लाटोकोसेरोले एक सिजनमा ३ हजार वटा सम्म मुसा खाएर मुसाको सङ्ख्या नियन्त्रण गरेर अन्नबाली जोगाउन किसानलाई गुन लगाउँदै आएको प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।
पर्यावरणलाई सन्तुलित राख्न मात्र होइन यिनको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने सङ्केत पनि गर्छ । धार्मिक हिसाबले लाटोकोसेरो लक्ष्मीको वाहन मानिन्छ । यति महत्वपूर्ण पन्छी पछिल्लो समयमा चोरिसिका, अवैध व्यापारका कारण संकटमा पर्दै गएकोले समुदायमा संरक्षण सचेतना शिविर गर्दै आएको आयोजक प्रकृतिका साथीहरूका निर्देशक आचार्यले बताए । विभिन्न वन्यजन्तु तथा लाटोकोसेरो संरक्षणमा तीन दशक अघि देखि लागिपरेका प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्य सन् २०२४ मा ह्टिवली अवार्डबाट बेलायतमा सम्मान भएका थिए । सोही अवार्डबाट प्राप्त पुरस्कारबाट गण्डकी प्रदेशका कास्की, स्याङ्जा, म्याग्दी, बागलुङमा सचेतना शिविर चलाइरहेका छन् ।

लाटोकोसेरोको अवैध व्यापार, चोरिसिका नियन्त्रणकालागि तालिम, जनचेतनामूलक कार्यक्रम र लाटोकोसेरोकालागि कृत्रिम गुँड निर्माण लगायत कार्यक्रम गरिएको आचार्यले बताए । कास्की, स्याङ्जाका विभिन्न स्थानमा १ सय कृत्रिम गुँड राखिएको छ । यसरी राखिएका कृत्रिम गुँडमा लाटोकोसेरोले बच्चा हुँकाउन पनि सुरु गरेको लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले बताए । पोखरा २३ का तीन वटा कृत्रिम गुँड राखिएको पनि उनले जानकारी दिए । हालसम्म कास्की, म्याग्दी र स्याङ्जामा गरी ११ वटा संरक्षण शिविर सञ्चालन भएको र ३ सय ९८ जना सहभागी भएर संरक्षणका विषयमा छलफलमा जुटेको प्रकृतिका साथीहरुकी संरक्षण अधिकृत अनु पौडेलले जानकारी दिइन् ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…