नेपालकी रेशु बश्यालले जितिन २०२५ को ह्विटली अवार्ड


     नेचर न्युज    
     वैशाख २१ गते २०८२ मा प्रकाशित


नेपालकी रेशु बस्यालले विश्वकै उत्कृष्ट मध्येको ह्विटली अवार्ड २०२५ पाएकी छन् । बस्यालले नेपालमा सुनाखरी (अर्किड) को प्रयोग र अवैध व्यापार नियन्त्रणको क्षेत्रमा काम गरेकोमा हरित क्षेत्रको ओस्कार पनि भनिने ह्विटली अवार्ड पाएकी हुन् ।

बेलायती परोपकारी संस्था, ह्विटली फन्ड फर नेचरले गत वर्ष ३ दर्शक देखि वन्यजन्तु, लाटोकोसेरो संरक्षणमा महत्वपूर्ण योगदान दिएका राजु आचार्यलाई अवार्ड प्रदान गरेको थियो । बाश्याललाई सुनाखरी (अर्किड) को संरक्षण, उपयोगिता र अवैध व्यापार नियन्त्रणका क्षेत्रमा काम गर्दै आएकी छन् । सुनाखरीको औषधीय र सजावटी गुणहरूको बढ्दो अन्तर्राष्ट्रिय मागले अवैध व्यापार गर्न प्रेरित गरेको बताइन्छ ।

सुनाखरीको प्रयोग पछिल्लो समयमा बढेकाे छ । यसको औषधीय महत्व र सुन्दरताको कारणले पनि अवैध व्यपारा बढेको बताइन्छ । नेपालबाट छिमेकी देश चीन र भारतमा सुनाखरीकाे अवैध व्पारा हुँदै अाएकाे छ । औषधीय बोटबिरुवाहरूको ९० प्रतिशतभन्दा बढी जंगली स्रोतबाट प्राप्त गरिन्छ, जसले गर्दा केही प्रजातिहरू लोप हुने खतरामा परेको विज्ञ बताउँछन् । काठमाडौँस्थित गैरसरकारी संस्था ग्रीनहुड नेपालकी अनुसन्धान तथा कार्यक्रम प्रमुख रेशुले “वनस्पति जगतका बाघ“, अर्किड सहितको वनस्पति संरक्षण र दिगोपनको वरिपरि नीति निर्माण गर्ने लक्ष्य राखेको बताइएको छ । दिगो फसल प्रवद्र्धन गर्न हजारौं रूखहरू रोप्ने कार्यक्रम पनि समावेश हुने बताइएको छ ।

आफ्नो ह्विटली अवार्ड कोषबाट, रेशुले मकवानपुर जिल्लाका पाँच सामुदायिक वनहरूकाे संरक्षणमा केन्द्रित हुने बताएकी छन् । ग्रीनहुड नेपालमा रहेको रेशुको टोलीले कम्तिमा १,००० हेक्टर मुख्य जंगली र औषधीय अर्किड बासस्थान पुनस्र्थापित गर्नेछ बताइएकाे छ । उनीहरूले उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्न र दीर्घकालीन अनुगमनको लागि मोडेलको रूपमा प्रवद्र्धन गर्न १०० हेक्टर सामुदायिक वन पनि सिर्जना गर्नेछन्।

नेपालको सामुदायिक वन व्यवस्थापनको सफल ट्र्याक रेकर्ड छ । समुदायहरूले नेपालको ४० प्रतिशत वन व्यवस्थापन गर्छन् र देशको पुनर्वनीकरण कार्यक्रममा महत्त्वपूर्ण भूमिका खेल्छन् । विश्वभर सुनाखरी फूलका करीब ८५० जाति र त्यस अन्तर्गत ३० हजारभन्दा बढी प्रजाति पाइने अध्ययनले देखाएको छ । नेपालमा भने सुनाखरीका ५०० हाराहारी प्रजाति भेटिएका छन् । औषधीय गुण भएको सुन्दर सुनाखरी संरक्षणमा भने नेपालमा चुनौतीको पहाड जस्तै छ ।