
फेवाताल किनारमा गर्न लागिएको कोटीहोम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिटमा कारण देखाऊ आदेश जारी भएको छ । अधिवक्ता भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले फागुन २ मा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश दीपेन्द्र अधिकारीको इजलाशबाट मंगलबार कारण देखाऊ आदेश जारी भएको हो ।
रिटमा कोटीहोम आयोजक मानव सेवा फाउन्डेसन सहित १० जनालाई प्रतिवादी बनाएको छ । यसअघि आयोजक मानव सेवा फाउन्डेसनले कोटीहोम नरोक्न माग गर्दैै दायर गरेको रिटमा भने कारण अन्तरिम आदेश जारी भएको छ । पोखरामा कोटीहोम महायज्ञ सञ्चालनसम्बन्धी विवाद उच्च अदालत पोखराको मंगलबारको आदेशपछि नयाँ चरणमा प्रवेश गरेको छ ।
पोखरा महानगरपालिकाले रोक लगाएको उक्त महायज्ञका विषयमा २ फरक रिट निवेदन दायर भएकाले अदालतले कारण देखाऊ आदेश जारी गर्दै दुवै निवेदनलाई एकैसाथ निरुपण गर्न अग्राधिकार प्रदान गरेको छ । पोखरामा कोटीहोम महायज्ञ सञ्चालन गर्न नदिएको भन्दै मानव सेवा फाउन्डेशनले पोखरा महानगरपालिकाविरुद्ध उत्प्रेषण परमादेश रिट निवेदन दायर गरेको थियो । उक्त निवेदनमाथि उच्च अदालत पोखराले महायज्ञ सञ्चालनमा कानुन बमोजिम बाहेक कुनै बाधा अवरोध नगर्न माघ १ मा आदेश जारी गरिसकेको छ।
तर, वातावरण संरक्षणका अभियन्ताहरूले सोही स्थानमा महायज्ञ सञ्चालन गर्दा सर्वोच्च अदालतको फेवाताल संरक्षणसम्बन्धी आदेशको उल्लंघन हुने, रामसार क्षेत्रको पारिस्थितिक सन्तुलनमा असर पर्ने, र वातावरणीय प्रदूषण निम्त्याउने भन्दै अर्को रिट निवेदन दायर गरेका थिए ।
मुद्दाको संवेदनशीलता, सर्वोच्च अदालतको आदेश, फेवाताल संरक्षण, रामसार क्षेत्र, पर्यावरणीय प्रभाव तथा पर्यटन क्षेत्रसँग अन्तरसम्बन्धित विषयहरूलाई मध्यनजर गर्दै अदालतले दुवै रिटलाई एकसाथ राखेर छिटो निरुपण गर्ने भनेको छ ।
अदालतले पछिल्लो निवेदनका विपक्षीहरू पर्यटन उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय पोखरा, नेपाल ट्रस्टको कार्यालय कमलादी काठमाडौं, जिल्ला प्रशासन कार्यालय कास्की, डिभिजन वन कार्यालय कास्की लगायतलाई म्याद जारी गर्दै आदेशको प्रतिलिपिसहित लिखित जवाफ दिन १५ दिनको समयसीमा तोकेको छ ।
निवेदनकर्ताहरूको तर्फबाट अधिवक्ताहरू भगवती पहारी, मिनाकुमारी रानाभाट, गीता आचार्य, कपिलमणि दाहाल, दिनेश आचार्य, नितेश बराल र सुजता ढकालले बहस गरेका थिए ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…