चितुवालाई आक्रमण गर्ने लाटोकोसेरो


     नेचर न्युज    
     असार ४ गते २०७८ मा प्रकाशित


चट्टान माथि बसिरहेको चितुवालाई लाटोकोसेरोले गरेको आक्रमणलाई अनौठो रूपमा लिइएको छl भारतको राजस्थानमा घटेको घट्नामा उल्लेखित दुवै वन्यजन्तु नेपालमा पनि अभिलेख गरिएको छl

नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोहरु मध्ये हाप्सिलो (चितुवा आक्रमण गर्ने) प्रजातिको लाटोकोसेरोको मुख्य आहारा भने  मुसा, भ्यागुता, छेपारो, खरायो, सर्प आदी हुन्l तर नेपालमा पाइने अन्य ठुला प्रजातिका लाटोकोसेरोहरूले दुम्सी, मृगको बच्चा, बिरालो समेत मारेको अभिलेख छl

लाटोकोसेरोले ओथारो बसेको बेला वा बच्चा हुर्काउँदै गर्दा निकै आक्रामक हुने गर्छl यही कारणले चितुवालाई आक्रमण गरेको हुन् सक्छ l चितुवाको टाउकोमा आक्रमण गरेर लाटोकोसेरो उडेको थियोl यो प्रसङ्गलाई राजस्थानबाट निस्कने पत्रिकाले राम्रो स्थान दिएको थियोl पत्रिकाले लाटोकोसेरोको गुँड नजिकै रहेको बताएको छ l  सो तस्बिरहरू यदुवीर सिंहले खिचेका थिएl   

Facebook Notice for EU! You need to login to view and post FB Comments!