
प्रतिविम्ब वाङ्मय प्रतिष्ठान, पोखरा–१९ को आयोजनामा वसन्त काव्य महोत्सव सुरु भएको छ । जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको सभाहलमा शुक्रबारदेखि दुई दिने काव्य महोत्सव भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश नेपाली भाषा, साहित्य र संस्कृतिको उर्वरभूमि भएको बताए ।
गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा आयोजित महोत्सवको सफलताको कामना गरे । सो अवसरमा नेपाली भाषा, साहित्य, कला क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भाषाविद् मुकुन्दशरण उपाध्याय, साहित्यकार सरुभक्त र गजलकार ज्ञानुवाकर पौडेललाई सम्मान गरियो । उनीहरुलाई मुख्यमन्त्री पाण्डेलगायतले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरे ।
पहिलो दिन जनकविकेशरी थापासहित कवि एवं मुक्तककार भूपी शेरचनमा समर्पित कविता वाचन, गायन, नृत्य प्रस्तुत गरियो । साथै, नेपाली मुक्तकमा पोखरा परिचर्चा भयो । जसको सहजीकरण मुक्तककार प्राञ्जलले गरे । दोस्रो दिन शनिबार नेपाली गजल एवं नेपाली कविताबारे पोखरा परिचर्चा, कविशिरोमणि लेखनाथ पौडेलमा समर्पित कविता वाचन एवं मनु ब्राजाकीमा समर्पित गजल वाचनलगायत कार्यक्रम रहेको प्रतिष्ठान सदस्य बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए ।
कार्यक्रममा सम्मानित स्रष्टाको तर्फबाट मुकुुन्दरशण उपाध्याय, महोत्सवका सल्लाहकार तीर्थ श्रेष्ठ, लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइराला, धर्मराज सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सरस्वती आदर्श विद्याश्रम र अल्फा बोर्डिङका विद्यार्थीले नृत्य प्रस्तुत गरे भने गायक रामभक्त जोजिजू र इतू जोजिजूले जनकविकेशरी थापाको स्मरणमा ‘सिरिमासिरी कान्छा’ बोलको गीत गाए । जनकविकेशरीले रचना गरेको यो गीतमा नारायण गोपाल र ज्ञानु राणाको स्वर छ ।
यस्तै, जनकविकेशरीका ज्येष्ठ सुपुत्र मदनराज थापासँग मिलेर मिलन गुरुङले ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’ गीत गाउँदा हल गुञ्जायमान बनेको थियो । प्रतिष्ठान अध्यक्ष शिवहरि आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रतिष्ठान सदस्य बुद्धिबहादुर खत्री क्षत्रीले गरेका थिए । महोत्सवमा पोखरासहित नेपालका विभिन्न जिल्लाबाट आएका साहित्यकारको जमघट छ ।
आगामी वर्षमा पनि वसन्त काव्य महोत्सवलाई निरन्तरता दिइने प्रतिष्ठान अध्यक्ष शिवहरि आचार्यले बताए । वि।सं।१९८१ साउन १ मा जन्मिएका जनकविकेशरी थापाको २०७१ मंसिर २८ मा स्वर्गारोहण भएको थियो । बहुप्रतिभाशाली उनका कविता, गीत, नाटक, निबन्ध लगायत ४१ कृति प्रकाशित छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…