
नेपालको आकाशमा बेलुकीको समयमा ससाना पखेटा फट्फटाउँदै उडिरहेको एक जीवले धेरैको ध्यान त तान्दैन, तर त्यो जीव चमेरो प्रकृतिका लागि असाधारण योगदान दिने स्तनधारी प्राणी हो ।
विज्ञानका विद्यार्थीदेखि वातावरणविद्हरूसम्मका लागि चमेरो अनुसन्धानको एक अनमोल विषय हो।चमेरो संसारका एकमात्र यस्तो स्तनधारी प्राणी हुन्, जसले सक्रिय उडान गर्न सक्छन्। तिनीहरू “Chiroptera” नामको वर्गमा पर्छन्, जसको अर्थ हुन्छ ूहातबाट उड्नेू। विश्वभर १,४०० भन्दा बढी प्रजातिका चमेरा पाइन्छन् र नेपालमा मात्र ५५ प्रजातिको अभिलेख गरिएको छ।
चमेराका दुई प्रमुख समूह फलारी र कीराहारी

चमेरोहरूलाई दुई प्रमुख समूह फलारी र कीराहारीमा विभाजन गरिएको छ । फलाहारी चमेरोहरू प्रायः ठूलो आकारका हुन्छन् र तीव्र दृष्टि क्षमताका साथ फलफूलको रस खान्छन्। तर साना कीराहारी चमेरा इकोलोकेसन नामको अद्भुत क्षमताको प्रयोग गरेर अन्धकारमा पनि शिकार गर्न सक्ने अद्वितीय जीव हुन्।
इकोलोकेसन : चमेरोको ‘ध्वनि रडार’
चमेरोले उच्च आवृत्तिको ध्वनि निकालेर वरिपरिका वस्तुहरूमा ठोक्किएको आवाज सुन्छन् र त्यसबाट दूरी, गति, आकार आदीको अनुमान गर्छन्। यही क्षमता प्रयोग गरेर उनीहरूले अँध्यारोमा पनि कीरा पक्रन्छन् — जुन कीराहरू प्रायः खेतीका हानिकारक परजीवी हुन्छन्।
प्रकृतिको सन्तुलनमा चमेरोको महत्वपूर्ण भूमिका रहन्छ ।
चमेरो वातावरणीय सन्तुलनको लागि महत्त्वपूर्ण जैविक सम्पत्ति हुन्। एक चमेरोले प्रतिरात सयौं कीराहरू खान सक्छ, जसले कृषिमा कीटनाशकको आवश्यकता घटाउँछ। फलाहारी चमेरा बोटका बीउहरू विभिन्न स्थानमा छर्छन् — जंगलको पुनर्स्थापना र जैव विविधताको संरक्षणमा सहयोगी हुन्छन्। थुप्रै चमेरा प्रजातिहरू राति फुल्ने बोटबिरुवाका परागकण फैलाउने काम गर्छन्।
नेपालमा चमेरा
नेपालमा चमेराहरू हिमाली भेगदेखि तराईसम्म पाइन्छन्। स्याङ्जाको कैलाश गुफा, चितवनको त्रिवेणी, पोखराको चमेरी गुफा क्षेत्र, बाँकेको जंगलहरू जस्ता स्थानहरू चमेरा अध्ययनको लागि प्रमुख केन्द्रहरू हुन्।
नेपालमा फेला पर्ने केही उल्लेखनीय प्रजातिहरूमा Myotis csorbai — नेपालमै मात्र पाइने प्रजाति, Rousettus leschenaultii — ठूलो फलाहारी चमेरा, Hipposideros armiger — अति संवेदनशील सुनाइ क्षमतायुक्त हुन् । अन्धविश्वासका कारणा चमेरा समस्यामा पर्दै गएका छन् । चमेरोलाई दुर्भाग्यको संकेत वा रोग फैलाउने जनावरको रूपमा हेर्ने संस्कार अझै केही क्षेत्रमा छ।
तर, वैज्ञानिक अध्ययनले देखाउँछ — चमेरा त आफैं बिरामी नपरी खतरनाक भाइरसहरूको natural carrier हुन्, तर उनीहरूबाट सिधै संक्रमण हुने सम्भावना न्यून हुन्छ। जंगलको विनाश, गुफाहरूमा मानवीय हस्तक्षेप, र कीटनाशकको अत्यधिक प्रयोगले उनीहरूको संख्या घट्दै गएको छ।
संरक्षणको खाँचो

चमेरोको महत्व बुझ्न र जनचेतना फैलाउन अब अत्यावश्यक भएको छ। चमेरो संरक्षणकालागि गुफाहरूको संरक्षण, वैज्ञानिक अनुसन्धानको प्रवर्द्धन, विद्यालय र गाउँस्तरमा जनचेतनामूलक कार्यक्रम, जैविक कृषि र चमेरा अनुकूल वातावरण निर्माण गर्नु पर्छ । यी सबै कदमहरूले चमेरा मात्र होइन, हाम्रो सम्पूर्ण पारिस्थितिक प्रणालीलाई दीर्घकालीन फाइदा पुर्याउँछ।
लेखक अधिकारी चमेरो अनुसन्धानकर्मी तथा प्रकृतिका साथीहरुकी कार्यक्रम अधिकृत हुन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…