सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो ।
सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ । कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।
नगर शाखा अधिकृत भोगेन्द्रप्रसाद यादवले जारी गर्नुभएको विज्ञप्तिमा प्रत्येक तहमा उपल्लो कक्षाहरु मावितहका कक्षा १२, ११, १०, ९ सम्म, निमावि तहका कक्षा ९, ८, ६ तथा प्रावि तहका ५, ४ र ३ कक्षा सम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न भनिएको छ । विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी सङ्ख्याको आधारमा फरक फरक समयमा आइतबारदेखि सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ । रासस



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …