
हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही देशभर धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश न १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धारी वर्षा भएको छ ।
गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा डडेलधुरामा २२० मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस्तै गरी दिपायलमा १८७ . ५ मिलिमिटर वर्षा भएको छ । धादिङका १४० मिलिमिटर वर्षा भएको छ भने घोराहीमा ९० . २ मिलिमिटर वर्षा भएको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत २४ घण्टामा पोखरामा ६७ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी कार्तिक ४ गते बिहीबार सम्म वर्षा हुने छ । बिहीबार दिउँसो प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहने बताइएको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबार राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रहने बताइएको छ । बुधबार देशभर सामान्य देखि पूर्ण बदली रहने विभागले जनाएको छ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात तथा पश्चिम उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको बताइएको छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

धान थन्क्याउने बेला कार्तिक महिनामा परेकाे वर्षाकाे कारण देशभर किसानले भित्र्याउन ठिक्क परेकाे धानलाई क्षति पुगेकाे छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …