
यतिखेर तराईदेखि हिमालसम्मका डढेलोका तस्बिरहरूले विरक्त बनाएको छ l त्योभन्दा बढी सामाजिक सञ्जाल डढेको छ l आगो लाग्दै गरेका, धुवा निस्किरहेको, बस्तीमै आगो छिरेको तस्बिरहरू छ्यापछ्याप्ती छन् l
मानिस मरेका छन्, प्रदूषणले हायलकायल भएका छन्, गाईवस्तु मरेका छन्, वन मासिएको छ l वन्यजन्तु मरेको त अभिलेख नै छैन l कति घाइते भए होलान्, कतिका बचेरा मरे होलान्, ओथारो बस्दै गरेको फुल निक्कै नोक्सान भयो होला l
बर्सेनि जाने डढेलोको नियन्त्रणका लागि कति सरोकारवालाहरू असर न्यून गर्न लागिरहेका पनि छन् l नेपालमा सामान्यतया चैतदेखि जेठसम्म बढी आगलागी हुने गर्दछl ८५ प्रतिशत वन डढेलोका घटनाहरू मानिसको कारणले हुने गर्दछ l

कति नोक्सान गर्छ यसले ?
गएको महिना नेपालको वनबाट डढेलोको माध्यमबाट १८ मेगा टन (१८ अर्ब किलो) कार्बन प्रकृतिमा मिसिएको थियो l यो तथ्यांक विगत ५ वर्षकै उच्च रहेको बिबिसीले जनाएको छ l जबकि भारतमा मात्र सोही अवधिमा ०.२ मेगाटन (२० करोड केजी) कार्बन वन क्षेत्रबाट डढेलोको माध्यमबाट प्रकृतिमा मिसिएको थियो l भारत नेपाल गरी उक्त अवधिमा २० जना मानिसले ज्यान समेत गुमाए ।
सन् २००० मा विश्वभरि करिब ५७ हजार स्थानमा डढेलो लागेको चियो l विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९९८ देखि २०१७ सम्म ६२ लाख मानिसहरू डढेलो र ज्वालामुखीको कारणले प्रत्यक्ष प्रभावित भएका थिएl
केही समयअघि मानिसको स्वास्थ्यलाई प्रतिकूल पर्ने गरी नेपालको वायुको गुणस्तर विश्व स्वास्थ्य सङ्गठनले भनेको भन्दा १० गुणासम्म बढ्यो l यसले अल्पकालीन र दीर्घकालीन रूपमा मानिसको स्वास्थलाई असर गर्यो/गरिरहने छl
डढेलोले जैविक विविधतालाई समेत निक्कै नराम्ररी असर गरेको हुन्छ l सधैका लागि लोप गराउने, प्रजनन गर्न नसक्ने गर्ने, बसाइँसराइँलाइ असर गर्ने, पानीका मुहान सुकाउने आदि आदि l
डढेलोको कारणले वनमा बलिया र स्वस्थ रुखहरू बाँकी रहन्छन् l यसले ठूला ठूला घाँसे मैदानहरू वन्यजन्तुमैत्री बनाउन समेत सहयोग गर्छन् l
वन डढेलोले नोक्सान मात्रै गर्छन् त ?
नेपालमा अनुसन्धान नगरी डढेलोको नकारात्मक असर मात्रै प्रचारप्रसार गरिएको छ l विज्ञहरू भन्छन् वन डढेलो सामान्य प्रक्रिया हो l हुनु पनि पर्छ l कुनै कारणले हुन् पाएन र डढेलोको लागि आवश्यक सामाग्री वनमा जम्मा हुँदै गयो भने यसले ठूलो वन डढेलोलाई निम्तो दिन्छ l जुन अहिलेभन्दा बढी भयाभय हुन् सक्छl
डढेलोले कम गुणस्तरका घाँस/दाउरालाई वनबाट हटाउन मद्दत गर्दछ l बाँकी रहेका बिरुवालाई पोषणयुक्त तत्त्वहरूको व्यवस्थापन गर्दछ l प्राकृतिक तरिकाले प्राप्त हुने पोषणयुक्त तत्त्वहरू भन्दा डढेलो लागेपछि प्राप्त हुने पोषणयुक्त तत्त्वहरू बिरुवाहरुले छिटो प्राप्त गर्न सक्छन् l
मसिना र नराम्रा रुख र हाँगाहरू हटाउँदा वनमा प्रकाश प्रशस्त पुग्दछ l डढेलोको कारणले वनमा बलिया र स्वस्थ रुखहरू बाँकी रहन्छन् l यसले ठूला ठूला घाँसे मैदानहरू वन्यजन्तुमैत्री बनाउन समेत सहयोग गर्छन् l
सल्लाका कतिपय बिउहरू डढेलो नगएसम्म उम्रन सक्दैनन् l ‘कार्नर ब्लु’ नामक पुतलीको लार्भा आश्रित हुने ‘वाइल्ड लुपिन’बिरुवालाई आगो नभई हुँदैन l
मिचाहा प्रजातिका बिरुवा र वन्यजन्तुहरूलाई हटाउनको लागि वन डढेलोले सहयोगी हुन्छ l
हजारौँ वर्ष देखी नयाँ पालुवाको लोभमा लगाइने आगोको पछाडिको विज्ञानको कुनै विश्लेषण गरिएको छैनl हाम्रा पुर्खाले यसरी आगो लगाउनुको पछाडि पक्कै पनि फाइदा भएर त होला नि ? होइन र !




पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…