
भगवान बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबारदेखि तेस्रो नेपाल चरा मेला सुरु भएको छ । नेपालसहित भुटान, फिलिपिन्स, ताइवान, सिंगापुर, भारतलगायत विभिन्न ७ देशका चराविद्, संरक्षणकर्मी, नेचर गाइड र वाइल्डलाइफ फोटोग्राफर सहभागी चरा मेलामा चराको संरक्षणका चुनौती र संरक्षणका उपायका बारेमा छलफल भइरहेको छ ।
कार्यक्रममा नेपाल सहित ७ देशका दुई सयभन्दा बढी चरा अनुसन्धानकर्मी तथा संरक्षणकर्मी लुम्बिनीमा भेला भएका छन् । नेपालमा हालसम्म अभिलेख भएका ९ सय ३ प्रजातिका चरामध्ये करीव १९ प्रतिशत (१७२ प्रजाती) चराका प्रजातीहरु संकटग्रस्त अवस्थामा रहेको विज्ञहरूले बताएका छन्। वरिष्ठ चराविद् डा हेमसागर बरालले चराले राजनीतिक सीमा नचिन्ने र सुरक्षित बासस्थान मात्र खोज्ने उल्लेख गर्दै चरा संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहेको बताए।

पोखरा पंछी समाज र लुम्बिनी ग्रिन युथ क्लबको संयुक्त आयोजनामा भइरहेको चरा उत्सव अन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा शोधपत्र प्रस्तुति, छलफल तथा गोष्ठी सञ्चालन भइरहेको छ। त्यस्तै चरा फोटो प्रदर्शनी, संरक्षणसम्बन्धी स्टल तथा बर्ड रेस (चरा चिन्ने) प्रतियोगिता पनि आयोजना गरिएको छ।
आयोजक संस्था पोखरा पन्छी समाजका अध्यक्ष मन शान्त घिमिरेले यो उत्सवले लुम्बिनीलाई शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रसँगै चरा तथा पर्यापर्यटनका लागि पनि मुलुककै प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए । लुम्बिनी ग्रिन युथ क्लबका अर्जुन कुर्मीले हिजो सम्म चरा प्रति चासो नहुने समाज बिस्तारै यसको संरक्षणप्रति सकारात्मक हुँदै गएकोमा खुसि ब्यक्त गरे । कार्यक्रममा पोखरा पंछि समाजका सचिव हेमन्त ढकालले संस्था स्थापना देखि चरा संरक्षणमा गर्दै आएका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

चरा संरक्षण मेलामा पत्रकार मनोज पौडेललाई उत्कृष्ट संरक्षण पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । वन्यजन्तु, पर्यापर्यटन र वातावरण संरक्षण क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो। एसियन बर्ड फेयर तथा वर्ल्ड बर्ड फेयर काउन्सिलका कार्यकारी निर्देशक भिक्कर युले उपहार, नगद पुरस्कारसहित सम्मान–पत्र प्रदान गरेका थिए। यसैगरी पोखरा पंछी समाजको लोगो डिजाइनमा योगदान पुर्याएका रमन श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…