गिद्धको बारेमा सुने पनि, टाढाबाट देखे पनि, नजिकबाट अवलोकन गर्ने मौका पाइएला भन्ने उनले कहिल्यै सोचेका थिएनन्। तर पाल्पाको रामपुर पुग्ने बित्तिकै, उनको मनमा प्रकृतिप्रतिको झन् गहिरो आकर्षण पैदा भयो। रामपुर क्षेत्रमा विश्वकै दुर्लभ डङ्गर गिद्धलाई बिना दूरबिन, आँखै अगाडि देख्दा उनी दङ्ग भए। त्यसमाथि, माउ गिद्धले बचेरोलाई आहार खुवाएको दुर्लभ दृश्य अवलोकन गर्नु अझै विशेष अनुभव रह्यो। गिद्ध अवलोकन टावरबाट झर्दा, पोखरा हेम्जाका नागरिक वैज्ञानिक तथा लाटोकोसेरो संरक्षण दूत केशव सापकोटा एकदमै उत्साहित थिए। सात दिने संरक्षण भ्रमणमा सहभागी…
पुरा पढौ