अनुसन्धान

विश्व आप्रावासी चरा दिवसको महत्व

मान्छे एउटा सहरबाट अर्को सहर, एउटा गाउँबाट अर्को गाउँमा बसाइँसराइ गर्नु त सामान्य हो । चरा पनि मान्छे जस्तै एउटा महादेशबाट अर्को महादेश, एउटा देशबाट अर्को देश, एउटा सहरबाट अर्को सहरमा बसाइसराई गर्छन् भन्ने सुन्दा अचम्म लाग्ला । हो चराहरू पनि बसाइँसराइ गर्छन् । उनिहरुकालागि विश्व एउटै देश हो । न त एक देशबाट अर्को देश जान भिसा लाग्नु पर्छ नत कुनै सुरक्षा चेकजाँच हुन्छ । पछिल्लो समयमा जासुसी चरा भनेर बरु शक्तिराष्टहरुले चरालाई पनि कहीँ कतै दुःख दिएको पाइन्छ ।  हो… पुरा पढौ

न्यूनवर्षा हुने हिमालपारिका जिल्लामा उच्च वर्षाको प्रभाव बाढी र पहिरो

हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले ढलान गरिएका हुन्छन् । हिमाली मरुभूमिका रूपमा समेत चिनिने यी जिल्लाहरूको भौगोलिक बनावट नै ठूलो वर्षा थेग्न नसक्ने खालका छन् ।  निकै कम पानी पर्ने जिल्ला मनाङ र मुस्ताङमा ठूलो वर्षा हुन थालेपछि बाढी पहिरो जाने र जनजीवन नै अस्तव्यस्त बन्ने क्रम बढेको छ । दुई वर्ष अघि मुस्ताङको कागबेनी बजारका  केही घर नै बगाउने गरी मुक्तिनाथ तर्फबाट र काली गण्डकी… पुरा पढौ

अल्पवृष्टिहुने मनाङमा भारी वर्षापछि पु¥यायो क्षति  तस्बिरमा

हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक अवरोध र हावाको तापक्रममा आउने परिवर्तनलाई मानिन्छ।  बाक्लो हिउँ र सामान्य सिमसिम पानी मात्रै पर्ने हिमालपारीका जिल्ला मनाङ र मुस्ताङ जिल्लामा भारीवर्षा हुन थालेपछि जनजीवन प्रभावित हुदै गएको छ । कम पानी पर्ने वातावरणमा बनेका माटोका घरका विकल्पमा जानु पर्ने, कम पानी पर्ने वातावरणमा लगाइने खेती प्रणालीमा पनि असर परेको स्थानीय बताउँछन् ।  पछिल्ला वर्षहरूमा सिमसिम पानी मात्र पर्ने यी जिल्लाहरूमा… पुरा पढौ

२०औँ स्मृति दिवस : बेल्जियममा नेपालीले सम्झिए डा. हर्क र डा. चन्द्रप्रसाद गुरुङको योगदान

भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको घुन्सामा डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङ लगायत सवार हेलिकप्टर दुर्घटनामा परेको थियो। तमु समाज बेल्जियम र सिक्लेस–पार्चे कल्याण कोष बेल्जियमको संयुक्त आयोजनामा भएको कार्यक्रममा घुन्सा दुर्घटनामा निधन भएका २४ जना नेपाली तथा विदेशी विशिष्ट व्यक्तित्वप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै, सन् २०२६ जुलाई ३० मा पाकिस्तानमा हिमपहिरोमा परी निधन भएका आरोही तथा अगस्ट २६ मा भोटेकोशी बाढीमा परी… पुरा पढौ

भोटेकोसी बाढी र जलवायु क्षतिपूर्ति 

भोटेकोसी बाढी (हिमसुनामी) मा परेर १ हजार ४ सय १० जनाको ज्यान गएको छ । ५ हजार १ सय ३० जना अझै बेपत्ता छन् । हराएकाहरूको खोजी कार्य अझै जारी छ । बाढीमा परेर घाइते भएकाहरूको उपचार पनि चलिरहेको छ । यति ठूला क्षति हुने गरी आएको हिमसुनामी नेपालकै अहिले सम्मकै ठूलो हिमसुनामी हो । उच्च हिमालय पर्वतको देश नेपालमा यस अघि २०६९ वैशाख २३ गते कास्कीमा पर्ने अन्नपूर्ण चौथो हिमालय क्षेत्रबाट खसेको यस्तै प्रकृतिको हिमचट्टानका कारण सेतीमा विनाशकारी बाढी… पुरा पढौ

पेलेडा डाँडामा निस्किरहेको धुवा विषाक्त

पूर्व नवलपरासीको पेलेगा डाँडामा निस्किरहेको धुवाँ विषाक्त ग्यास (कार्बन मोनोअक्साइड) रहेको विज्ञले बताएका छन् । विषाक्त ग्यास भएकोले नजिक नजान विज्ञहरुले सुझाएका छन् । धुवाँ आएको स्थानमा हेर्न जानेहरुको भीड लाग्ने क्रम बढेपछि त्यस तर्फ नजान विज्ञले सुझाएका हुन् । लामो समयदेखि हुप्सेकोट गाउँपालिका ६ पेलेडा डाँडाको घाँगी भीरमा निस्किरहेपछि खानी तथा भूगर्भ विभागको टोलीले बुधाबर स्थलगत अध्ययन गरेर विषाक्त ग्यास भएको बताएको हो । स्थलगन अध्ययन तथा त्यहाँका नमुनाहरुको प्ररम्भिक परीक्षणपछि चट्टानबाट निस्किरहेको धुवाँ कार्बन मनोअक्साइड रहेको पत्ता लगेको… पुरा पढौ

हिमालपारिको जिल्ला मुस्ताङमा हिमाल जोगाउने बहस

पोखरा : हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा हिमाल, हिमनदी, हिमताल र नदी किनारका बस्तीको सुरक्षाबारे बहस गर्न मुस्ताङको जोमसोममा जलवायु परिवर्तन सम्मेलन हुँदैछ। भदौ १० गते रसुवाको लाङटाङ लिरुङ क्षेत्रबाट खसेको हिउँ र चट्टानसहितको पहिरोले ल्हेन्दे खोलामा ठूलो बाढी निम्त्यायो। त्यसपछि आएको बाढीले त्रिशूली नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा बढ्दो जोखिमको यो पछिल्लो उदाहरण हो। देश बाढी र पहिरोको पीडामा रहेका बेला हिमालपारिको जिल्ला मुस्ताङमा भने हिमाल र हिमाली जनजीवन जोगाउने विषयमा बहस हुँदैछ। भदौ… पुरा पढौ

नुवाकोटका बाढी प्रभावित क्षेत्रका कुकुर, बिरालालाई रेबिज विरुद्धको खोप

नुवाकोट : भदौ १० गते भोटेकोशीमा आएको बाढी प्रभावित नुवाकोटको वडा नम्बर ४, ७ र ९ नम्बर वडाका कुकुर, बिरालालाई रेबिज विरुद्धको खोप लगाइएको छ । बाढी प्रभावित क्षेत्रमा बिरामी चौपायाको उपचार, कुकुर बिरालालाई रेबिज विरुद्धको खोप लगाउने गरी पोखराबाट हिमालयन पशु उद्धार समूह पुगेको हो । नुवाकोटको विदुर नगरपालिकाको ढुंगेबजार, तुप्चे, चाँपको फेदी लगायतका क्षेत्रमा पुगेर बिरामी गाई, भैँसीलाई समेत आवश्यक औषधी उपलब्ध गराइएको हिमालयन पशु उद्धार समूहका अध्यक्ष दिव्यकुमार बरालले बताए । बाढीले नदी किनारमा ल्याएका जनावरको सिनो… पुरा पढौ

रसुवा बाढी : पशु उपचारमा हिमालयन पशु उद्धार समूहको साथ

नुवाकोट,बेत्रावती : भाद्र १० गते भोटेकोसीमा गएको बाढीले नदी किनारका बस्ती नै बगायो । सुनामी जस्तै गरी आएको बाढीले स्थानीयको साथै पशु चौपाया पनि बगायो ।बाढीले बस्तीमा रहेका स्थानीय, जलविद्युत केन्द्रमा काम गर्ने कर्मचारी, विभिन्न देशबाट घुम्न आएका पर्यटकको ज्यान नै लग्यो । बाढीले बुधबार सम्म १३ सय ५७ जनाको ज्यान गएको र ५ हजार ३ सय २६ जना हराईरहेको सरकारी तथ्याङ्क छ । बाढी प्रावित क्षेत्रका चौपायाको उपचार र आहाराकालागि पोखराबाट हिमालयन पशु उद्धार समूह खटिएको छ । बाढी… पुरा पढौ

लोमान्थाङमा मनाइयो १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस

हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ ।  हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने क्रममा मुस्ताङको लोमान्थाङमा विभिन्न कार्यक्रम आयोजना गरी सचेतना दिवस मनाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, लोमान्थाङ, हिमाली अनुसन्धान केन्द्र र नेपाल पन्छी संरक्षण संघलगायतका संस्थाहरूको संयुक्त आयोजनामा माथिल्लो मुस्ताङका सरोकारवाला निकायका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय समुदायको सहभागितामा अन्तरक्रिया तथा गिद्ध गणना गरेर सचेतना दिवस मनाइएको हो । कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, लोमान्थाङका प्रमुख उमेश पौडेलले… पुरा पढौ