अनुसन्धान

सय उत्कृष्ट ‘एसियन साइंटिष्ट’ भित्र संरक्षणकर्मी राजु आचार्य

तीन दर्शक देखि वन्यजन्तु संरक्षण र अनुसन्धानमा क्रियाशील संरक्षणकर्मी राजु आचार्य एसियाका सय उत्कृष्ट साइंटिष्टमा परेका छन् ।  ‘एसियन साइंटिष्ट’ नामक पत्रिकाले प्रकाशित गरेको एसियाका उत्कृष्ट सय वैज्ञानिक सूचीमा आचार्य पनि छानिएका हुन् ।  सन् २०१६ देखि हरेक वर्ष, एसियाली वैज्ञानिक पत्रिकाले एसियाका उत्कृष्ट अनुसन्धानकर्ताहरूको सूची सङ्कलन गर्दछ । आठौँ संस्करणमा पोखरामा रहेर वन्यजन्तु संरक्षण र अनुसन्धानमा महत्त्वपूर्ण योगदान दिँदै आएका आचार्य पनि उत्कृष्ट सयमा परेका हुन् । यस सूचीमा पर्न सम्मानित वैज्ञानिकहरूले अघिल्लो वर्ष आफ्नो अनुसन्धानको लागि राष्ट्रिय वा… पुरा पढौ

वन्यजन्तु चोरीसिकार नियन्त्रण गर्न सुराकी एप्लिकेसन

वन्यजन्तु चोरी सिकार, अवैध व्यापार नियन्त्रणकालागि सुराकी एप्लिकेसन सुरु हुने भएको छ । आविष्कार केन्द्रको प्राविधिक सहयोगमा प्रकृतिका साथीहरू संस्थाले ५ लाख लगानीमा सुराकी एप्लिकेसन बनाएको हो । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको स्वीकृतिमा एप्लिकेसन बनाइएको हो । एप्लिकेसन एक सातामा सञ्चालनमा आउने प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए । आम नागरिकले वन्यजन्तुको अवैध चोरीसिकार, अवैध व्यापार भएका तस्बिर, भिडियो, अडियो रेकर्ड गरेर अपलोड गर्न सकिने गरी एप्लिकेसन बनाइएको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक इन्द्र ओलीले बताए । यसरी सुराकी… पुरा पढौ

हिन्दूकुश हिमालय संसदीय बैठक काठमाडौंमा

हिन्दूकुह हिमालय संसदीय बैठक सोमबार देखि काठमाडौंमा सुरु भएको छ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ सुरु भएको हो । हिन्दूकुश क्षेत्रका मुुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नविन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले आयोजित सो बैठकको संयोजक सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले गरेको छ । अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा हुने बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका… पुरा पढौ

पोखराका तालहरुको जलकुम्भी झारबाट हस्तकलाका सामग्री बनाउँदै लक्ष्मी ग्रुप

पोखरा : यहाँका तालहरूमा फैलिएका जलकुम्भी झारबाट लक्ष्मी ग्रुपले हस्तकलाका सामग्री बनाउने भएको छ । ९ तालहरूको सहर पोखराका तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणकालागि सिपमूलक तालिम, रोजगारका अवसर सृजनाकालागि पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबीच बिहीबार पोखरामा पाँच वर्षे समझदारी भएको छ ।  तालहरूमा बढ्दो जलकुम्भी झार, लेउको प्रकोप लगायतका समस्यालाई दिगो रूपमा समाधान गर्दै स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले समझदारी गरिएको बताइएको छ । समझदारीअनुसार, लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ताल सरसफाइका… पुरा पढौ

पोखरामा सर्प संरक्षणकर्मी सम्मानीत

पोखरामा सर्प संरक्षणमा योगदान दिँदै आएका संरक्षणकर्मीलाई सम्मान गरिएको छ । सर्प संरक्षण समाज नेपालले ८औँ वार्षिक साधारण सभामा सर्प संरक्षण पुरस्कार वितरण गरेको हो ।  देशभरि सर्प संरक्षण, उद्धार तथा जनचेतनामूलक कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरू र संस्थाहरूलाई सम्मान गर्न आयोजित उक्त कार्यक्रममा सर्पको उद्धार गरेर सर्प संरक्षणमा जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका संरक्षणकर्मीलाई सम्मान गरिएको हो ।  सर्प संरक्षण समाज नेपालसँग आबद्ध १० जना सर्प उद्धारकर्ताहरूलाई सर्प उद्धार, जनचेतना तथा संरक्षण अभियानमा विशेष योगदान पुर्‍याएकोले सम्मान गरिएको… पुरा पढौ

बाँदरले मकै खाँदा हैरान किसानलाई कागुनोले दियो खुशी

पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले जसरी पनि मकै खाइदिने भएकाले केही किसानले त मकै नै लगाउन छाडेका थिए। तर अहिले भने काफलघारीका किसानमा कागुनाेले खुसी दिएकाे छ। कागुनाे बाँदरले नखाने भएकाेले मकैकाे विकल्पमा किसानले कागुनाे खेती गरेका थिए । कागुनाे उत्पादन राम्रो हुनुकाे साथै बाँदरले पनि नखनाएपछि किसानमा खुशी छाएकाे हाे । स्थानीय अम्बिका भण्डारीले आफ्नी आमाबाट सल्लाह पाएपछि २०७४ सालमा माइती गाउँबाट २ माना कागुनोको… पुरा पढौ

बमबारी, मिसाइल आक्रमण सहितका युद्धले वातावरण र जैविक विविधतामा गम्भीर असर

यति बेला इजरायल र इरानबीच बढ्दो द्वन्द्वचलेकाे छ । जहाँसुकै हुने बमबारी, मिसाइल आक्रमण सहितका यस्ता युद्धले केवल मानव जीवनमा मात्र होइन वातावरणमा पनि गहिरो प्रभाव पार्ने विज्ञले बताएका छन् । युद्धका कारण प्राकृतिक स्रोत, वन्यजन्तु, जलस्रोत, वायु र माटोमा दीर्घकालीन असर पर्ने विज्ञहरू बताउँछन्। यस्ताे युद्धले कहाँ कस्ताे असर गर्छ त ? प्राकृतिक प्रणालीमा विनाशयुद्धका क्रममा गरिने बमबारी, मिसाइल आक्रमण र सैन्य कारबाहीले वनजङ्गल, मरुभूमि तथा जैविक विविधतायुक्त क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याउँने विज्ञ बताउँछन् । यसले वन्यजन्तुहरूको बासस्थान विनाश… पुरा पढौ

साना भ्यागुता, ठूलो महत्त्व

के तपाईंलाई थाहा छ? संसारभरि लोप हुने खतरामा परेका जनावरमध्ये सबैभन्दा धेरै संख्यामा पर्ने समूह हो,उभयचर, जसमा भ्यागुता पनि पर्छन्। यी साना प्राणीहरू पानी र जमिन दुवैमा बाँच्न सक्छन्, तर आफ्नो जीवनचक्रको एउटा महत्त्वपूर्ण चरण पानीमै बिताउनुपर्ने भएकाले शुद्ध पानीको पहुँच यिनीहरूको अस्तित्वका लागि अनिवार्य हुन्छ। पानी प्रदूषित वा सुक्खा भयो भने भ्यागुताका अन्डा र भुरा नष्ट हुन्छन्। यसैले भ्यागुतालाई स्वस्थ वातावरणको संवेदनशील संकेत मानिन्छ। नेपालमा हालसम्म ५८ प्रजातिका भ्यागुता पाइएका छन्, जसमध्ये १२ प्रजाति रैथाने (केवल नेपालमा पाइने) हुन्।… पुरा पढौ

पोखराको बासेको पधेरो क्षेत्रमा भेटियो बस्तीमा पानी लग्न प्रयोग गरिएका पुराना माटोका पाइप

पोखराको चारवटा वडाको सिमानामा पर्ने कैलाशेश्वर महादेव मन्दिर परिसर बासेको पधेरो नुवारथोकमा धेरै वर्ष पहिले बस्तीमा पानी लग्न गाडीएको अवस्थामा माटोको पाइप फेला परेको छ । स्थानीयहरूले पानी बस्तीमा लग्ने विस्तार गरिएकाे माटोको पाइप कहिले गाडीएको हो भन्ने नै थाहा नभएको बताएका छन् । बासेको पधेरो वर्षौ पुरानो मूलको स्रोत भएको पधेरो हो । यस पधेरोमा पोखरा ५, ६, ७ र १८ का बासिन्दा समेतले खानेपानीको प्रयोग गर्दै आएका छन् । यही पधेरोको पानी धेरै पहिले माटोको पाइप बनाएर बस्तीमा लगेको भेटिएको… पुरा पढौ

लाटोकोसेरो संरक्षणकालागि समुदायमा सचेतना कार्यक्रम

पोखरा : किसानको साथी भनेर चिनिने लाटोकोसेरोको अवैध व्यापार नियन्त्रण र उद्धारकालागि पोखरा १३ बिपी मार्गमा वडा नम्बर १२ र १३ का स्थानीयमाझ सचेतना कार्यक्रम गरिएको छ ।  मुसा खाएर किसानले उत्पादन गरेका अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संरक्षणकालागि प्रकृतिका साथीहरू नामक संस्थाले सचेतना कार्यक्रम गरेको हो । लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकारी हुनबाट जोगाउन र उद्धार गर्ने तरिका समेत सिकाउन समुदाय माझ सचेतना कार्यक्रम गरिएको प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए ।  अन्धविश्वासको कारण नेपालबाट कुन कुन… पुरा पढौ