अनुसन्धान

हातबाट उडान भर्ने महत्वपूर्ण स्तनधारी प्राणी चमेरो

नेपालको आकाशमा बेलुकीको समयमा ससाना पखेटा फट्फटाउँदै उडिरहेको एक जीवले धेरैको ध्यान त तान्दैन, तर त्यो जीव चमेरो प्रकृतिका लागि असाधारण योगदान दिने स्तनधारी प्राणी हो । विज्ञानका विद्यार्थीदेखि वातावरणविद्हरूसम्मका लागि चमेरो अनुसन्धानको एक अनमोल विषय हो।चमेरो संसारका एकमात्र यस्तो स्तनधारी प्राणी हुन्, जसले सक्रिय उडान गर्न सक्छन्। तिनीहरू "Chiroptera" नामको वर्गमा पर्छन्, जसको अर्थ हुन्छ ूहातबाट उड्नेू। विश्वभर १,४०० भन्दा बढी प्रजातिका चमेरा पाइन्छन् र नेपालमा मात्र ५५ प्रजातिको अभिलेख गरिएको छ। चमेराका दुई प्रमुख समूह फलारी र कीराहारी… पुरा पढौ

गिद्धदेखि गैँडासम्म : लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा

गिद्धको बारेमा सुने पनि, टाढाबाट देखे पनि, नजिकबाट अवलोकन गर्ने मौका पाइएला भन्ने उनले कहिल्यै सोचेका थिएनन्। तर पाल्पाको रामपुर पुग्ने बित्तिकै, उनको मनमा प्रकृतिप्रतिको झन् गहिरो आकर्षण पैदा भयो। रामपुर क्षेत्रमा विश्वकै दुर्लभ डङ्गर गिद्धलाई बिना दूरबिन, आँखै अगाडि देख्दा उनी दङ्ग भए। त्यसमाथि, माउ गिद्धले बचेरोलाई आहार खुवाएको दुर्लभ दृश्य अवलोकन गर्नु अझै विशेष अनुभव रह्यो। गिद्ध अवलोकन टावरबाट झर्दा, पोखरा हेम्जाका नागरिक वैज्ञानिक तथा लाटोकोसेरो संरक्षण दूत केशव सापकोटा एकदमै उत्साहित थिए। सात दिने संरक्षण भ्रमणमा सहभागी… पुरा पढौ

नेपालकी रेशु बश्यालले जितिन २०२५ को ह्विटली अवार्ड

नेपालकी रेशु बस्यालले विश्वकै उत्कृष्ट मध्येको ह्विटली अवार्ड २०२५ पाएकी छन् । बस्यालले नेपालमा सुनाखरी (अर्किड) को प्रयोग र अवैध व्यापार नियन्त्रणको क्षेत्रमा काम गरेकोमा हरित क्षेत्रको ओस्कार पनि भनिने ह्विटली अवार्ड पाएकी हुन् । बेलायती परोपकारी संस्था, ह्विटली फन्ड फर नेचरले गत वर्ष ३ दर्शक देखि वन्यजन्तु, लाटोकोसेरो संरक्षणमा महत्वपूर्ण योगदान दिएका राजु आचार्यलाई अवार्ड प्रदान गरेको थियो । बाश्याललाई सुनाखरी (अर्किड) को संरक्षण, उपयोगिता र अवैध व्यापार नियन्त्रणका क्षेत्रमा काम गर्दै आएकी छन् । सुनाखरीको औषधीय र सजावटी… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा डाँफे, मुनालको चोरी शिकारी नियन्त्रण गर्न जासुसी क्यामेरा जडान गरिने

गरिनेमाछापुच्छ्रे, कास्की :  कास्कीका माछापुच्छ्रे« गाउँपालिका स्थित अन्नपूर्ण संरक्षण क्षेत्रमा डाँफे, मुनाल लगायत कालिज प्रजातिको गणना गरी संरक्षणको योजना अगाडी सारिएको छ । हालै कालिज प्रजातिका चराको गणनाको क्रममा संरक्षण क्षेत्रमा कालिज मार्न पासो थापिएको पाइएपछि संरक्षणको लागि थप कडाइको साथ योजना बनाइने भएको हो । जैविक विविधता संरक्षण समाज नेपाल र वल्ड फेजेन्ट एसोसिएसनको संयुक्त आयोजना र अन्नपूर्ण संरक्षण क्षेत्रको सहकार्यमा हालै कालिज प्रजातिको सर्वेक्षण गरिएको हो ।अन्नपूर्ण संरक्षण क्षेत्रको माछापुच्छ्रे« हिमाल क्षेत्रको पिलिचो, पिपर, खुमई, कोर्चा, लुब्रचु, चिचिम्ले… पुरा पढौ

वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट एकमा

कास्कीको ताङतिङ गाउँमा वन कुकुर संरक्षण र पर्यापर्यटनको काम गरिनेकृष्णमणि बरालपोखरा ः वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट एकमा परेको छ । यो वर्ष नेपालको सिठ्ठी बजाउने सिकारीहरुमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्दधन नामक परियोजना विश्वभरिका उत्कृष्ट ६ भित्र मनोनीत भएको थियो । उत्कृष्ट ६ भित्र परेपछि सुरु भएको भोटिङका आधारमा नेपाली परियोजना उत्कृष्ट भएको हो । युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट भएको हो । परियोजना उत्कृष्ट… पुरा पढौ

संकटमा पर्दै चमेराे, संरक्षण गर्ने हाम्रो दायित्व

चमेरो एक मात्र उड्न सक्ने स्तनधारी प्राणी हो ।  चमेरो चरम मरुभूमि र ध्रुवीय क्षेत्रबाहेक पृथ्वीको लगभग सबै भागमा पाइन्छ । विश्वमा १४०० भन्दा बढी चमेरोका प्रजाति छन् । जसमध्ये नेपालमा ५३ भन्दा बढी प्रजाति पाइन्छन् । यो विश्व चमेरो विविधताको करिब ५% र दक्षिण एसियाली चमेरो विविधताको ४०% भन्दा बढी हो । चमेरोको आकार सानोमा ४ सेन्टिमिटरदेखि ठूलोमा ६ फिटसम्म हुन्छ। विश्वको सबैभन्दा ठूलो चमेरो "गोल्डेन क्राउन्ड फ्लाइङ फक्स" र सबैभन्दा सानो चमेरो "बम्बल बी चमेरो" हो।  चमेरो शत्रु होइन, मानिसको असल मित्र हो  चमेरोप्रति… पुरा पढौ

वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा, भोटिङबाट उत्कृष्ट एकको छनोट हुने

वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा परेको छ । यो वर्ष नेपालको सिट्ठी बजाउने सिकारीहरूमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्द्धन नामक परियोजना विश्वभरिका उत्कृष्ट ६ भित्र मनोनीत भएको हो ।  युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट ६ मा परेको हो । यस परियोजना उत्कृष्ट एकमा पर्न सोमबारबाट सुरु भएको भोटिङबाट जित्नु पर्ने छ । परियोजना उत्कृष्ट एकमा परे करिब ४४ लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछ । यसकालागि अनलाइन… पुरा पढौ

हाइड्रोजन बेलुन विस्फोट प्रकरण : बेलुनमा हावा भर्ने पक्राउ

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएका बलुन विस्फोट घटनामा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बैदामले बलुतमा हावा भरेको आरोपमा भारतीय नागरिक ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। फागुन ३ गते उद्घाटन समारोहका क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँसेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट निस्किएको झिल्काले आगलागी भई बलुन विस्फोट भएको थियो। प्रहरीका अनुसार सोही दिन कमलेसलाई नियन्त्रणमा लिइएको हो। बलुन विस्फोटको घटनामा अर्थमन्त्री विष्णु पौडेल र… पुरा पढौ

कोटीहोम महायज्ञ प्रकरण : उच्च अदालतको कारण देखाऊ आदेश

फेवाताल किनारमा गर्न लागिएको कोटीहोम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिटमा कारण देखाऊ आदेश जारी भएको छ । अधिवक्ता भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले फागुन २ मा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश दीपेन्द्र अधिकारीको इजलाशबाट मंगलबार कारण देखाऊ आदेश जारी भएको हो । रिटमा कोटीहोम आयोजक मानव सेवा फाउन्डेसन सहित १० जनालाई प्रतिवादी बनाएको छ । यसअघि आयोजक मानव सेवा फाउन्डेसनले कोटीहोम नरोक्न माग गर्दैै दायर गरेको रिटमा भने कारण अन्तरिम आदेश जारी भएको छ ।… पुरा पढौ

कोदोमा जरा कुहिने रोग

पोखरा : कोदो बालीमा देखिएको जरा तथा फेद कुहिने र पहेँलो हुँदै जाने रोगका कारण पोखरा २३ तल्लो सिधानेमा कोदो उत्पादन ७० प्रतिशत बढी घटेको स्थानीय किसानले बाएका छन् । सिधाने पोखराको कोदो बालीका लागि पकेट क्षेत्र मानिन्छ । पकेट क्षेत्रमै रोगका कारण कोदो उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । कोदोमा रोगको प्रकोप देखिएपछि पोखरा महानगरपालिकाको प्राविधिक टिमले नमुना ल्याएर  बाली संरक्षण प्रयोग शालामा परीक्षण गर्दा जरा तथा फेद कुहिने रोग पुष्टि भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर… पुरा पढौ