अनुसन्धान

चार संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कार

दाङ जिल्लाको लमहीमा भएको १३ औं लाटोकोसेरो संरक्षण उत्सवमा चार संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको छ। यस वर्ष प्रकृति संरक्षण पुरस्कारबाट नर्वेजियन प्राणीशास्त्री र अन्तर्राष्ट्रिय रूपमा सम्मानित उल्लू अनुसन्धानकर्ता डा. रोअर सोलहेमलाई सम्मानित गरियो। प्रकृति संरक्षण पुरस्कारबाट सम्मानित हुँदैै नर्वेजियन प्राणीशास्त्री, उल्लू अनुसन्धानकर्ता डा. रोअर सोलहेम । नेपालतर्फ संरक्षणविद् डा. हुमबहादुर गुरुङलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरियो। उनी बर्डलाइफ इन्टरनेसनलमा वरिष्ठ एसिया साझेदारी प्रबन्धकका रूपमा कार्यरत छन्। प्रकृति संरक्षण पुरस्कारबाट सम्मानित हुँदैै संरक्षणविद् डा. हुमबहादुर गुरुङ । यस्तै नेपालका… पुरा पढौ

पानीका स्रोत संरक्षण गर्न जल मोडेल समायोजन कार्यक्रम

गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको  जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी सम्पन्न भएको छ।  गण्डकी नदी बेसिनमा समुदाय र पारिस्थितिक प्रणालीको जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने दीर्घकालीन लक्ष्यसहित काम अघि बढिरहेको छ। गोष्ठीमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, प्राविधिक समिति सदस्यहरू, विषय विज्ञहरू, प्राज्ञिक क्षेत्रका प्रतिनिधिहरू, विकास साझेदार संस्थाहरू तथा अन्य सरोकारवाला निकायहरूको सहभागिता रहेको आयोजकले बताएका छन् । कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले गण्डकी प्रदेश सरकारले जलवायु जलवायु अनुकूलन… पुरा पढौ

दाङको लमहीमा बैशाख १८ देखि लाटोकोसेरो संरक्षण उत्सव

दाङ : प्रकृतिका साथीहरुको आयोजनामा हुँदै आएको लाटोकोसेरो संरक्षण उत्सवको १३ औं संस्करण वैशाख १८ र १९ गते दाङको लमहीमा हुँदै छ । सन् २०१२ देखि स्थानीय सस्कृति, खेल, संरक्षण संगै लाटोकोसेरो, विभिन्न प्रजातिका चरा, वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले लाटोकोसेरो संरक्षण उत्सव हुँदै आएका छ । अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा प्रकृतिका साथीहरु संस्थाले नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सवको तयारी गरिएको हो । लाटोकासेरो तथा हुचिल संरक्षणकालागि जनस्तरबाटै जनजागरण जगाउन प्रकृतिका साथीहरु नामक संस्थाले विभिन्न जिल्लामा संरक्षण उत्सव… पुरा पढौ

पशु ढुवानी मापदण्ड कार्यान्वयन भएन, यस्तो छ पशुमाथिको ज्यादती

नेपाल सरकारले जारी गरेको पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा पशुहरूमाथिको ज्यादती बढ्दै गएको छ । साना ठूला ट्रकहरुमा ठूला भैँसी देखि कलिला पाडाहरू बस्तुहरू कोचेझैँ कोचेर ढुवानी गर्ने गरे पनि अनुगमन गर्नु पर्ने सरकारी निकायले अनुगमन नगर्दा पशु चौपायामाथि ज्यादती बढ्दै गएको छ ।   शुक्रबार दिउँसो नारायणगढ मुग्लिङ सडक खण्डमा त्यस्तै दृश्य देखिएको छ । सामाजिक सञ्जालमा सुरजन श्रेष्ठले यस्तै कारुणिक दृश्य झल्कन एक चौपायाको तस्बिर पोस्ट गर्दै उद्धार गरेको बताएका छन् । पशु चौपाया ढुवानी गर्ने एउटा ट्रकले एक… पुरा पढौ

काठमाडौंमा चामलमा भेटियो ११ थरिका विषादीका अवशेष

काठमाडौं :  काठमाडौ उपत्यकामा बिक्रिका लागि राखिएका चामलमा कम्तीमा ११ थरिका विभिन्न्न विषादीहरुको अवशेष भेटिएको  छ। हालै प्रकाशित एक अनुसन्धानले काठमाडौ उपत्यकामा बिक्रिका लागि राखिएका चामलमा कम्तीमा ११ थरिका विभिन्न्न विषादीहरुको अवशेष भेटिएको पाइएको हो । नेपालका डा. गोविन्द भण्डारी र उत्कल सापकोटा, दुई भारतीय तथा एक जापानी बैज्ञानिक हिरोतत्सु मुरानो संलग्न उक्त अनुसन्धान स्प्रीन्जर नेचर पोर्टफोलियो अन्तर्गतको वातावरण, विकास र दिगोपन (Environment, Development, and Sustainability) नामक जर्लनमा प्रकाशित छ। अनुसन्धानकालागि काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट सङ्कलित चामलको नमुना… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल माथीको आकाशमा कावा खाइरहन्छन् सेतो गिद्ध

पोखरा उपत्यकामा स्याटेलाइट ट्याग लगाएका १० सेतो गिद्धको विचरण र आनिबानी विगत डेढ वर्षदेखी अनुगमन गरिराखिएको छ । यस अध्ययनबाट ती गिद्धहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरपरको आकाशीय क्षेत्र बारम्बार प्रयोग गर्ने गरेको तथ्य भेटिएको छ। टेलिमेट्रीबाट प्राप्त तथ्याङ्कले देखाउँछ कि ट्र्याक गरिएका धेरै गिद्धहरू विमानस्थलको उडान मार्ग (एरियल करिडोर) भित्र वा त्यस आसपास निरन्तर उडिरहेको पाइन्छ। केही गिद्धहरू विमानस्थलको जमिन तथा नजिकका खुला क्षेत्रमा केही समय बिताएको पनि रेकर्ड गरिएको छ। यसबाट के देखिन्छ भने विमानस्थलको क्षेत्र र त्यस आसपासको… पुरा पढौ

बाघ गणना सम्पन्न

नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ गणना बिहीबार सम्पन्न भएको छ । दुईवटा राष्ट्रिय निकुञ्ज र एउटा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी बाघ गणना गरिएको थियो । ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको थियो । एउटा ब्लकमा १७ वटा क्यामेरा राखेर काम गरिएको थियो । दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर बाघ गणना गरिएको हो । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५… पुरा पढौ

नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि

नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को अनुवंशिक पहिचान विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्। बरालले जापानको होक्काइडो विश्वविद्यालय, पशु चिकित्सा संकाय अन्तर्गतको वन्यजन्तु जीवविज्ञान तथा चिकित्सा प्रयोगशालाबाट पीएचडी सफलतापूर्वक पूरा गरेका हुन्। तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि गर्दै पीएचडी भएको यो पहिलो रहेको बताइएको छ । बरालको अनुसन्धान नेपालका लागि विशेष महत्वको मानिएको छ । उनले नेपालमा पहिलोपटक आनुवंशिक (genetic) प्रमाणका आधारमा तिब्बती खैरो भालु… पुरा पढौ

ऋषि बरालले हासिल गरे खैरो भालुमा पीएचडी उपाधि

पोखराका ऋषि बरालले खैरो भालु विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्। जापानको होक्काइडो विश्वविद्यालय अन्तर्गतको पशु चिकित्सा संकायको वन्यजन्तु जीवविज्ञान तथा चिकित्सा प्रयोगशालाबाट उनले सफलतापूर्वक पीएचडी पूरा गरेका हुन्। नेपालको हिमाली क्षेत्रमा पाइने खैरो भालु तथा अन्य मांसाहारी वन्यजन्तुको आनुवंशिक संरचना, वासस्थान, आहारा र शिकार व्यवहारसम्बन्धी बरालको अनुसन्धान वन्यजन्तु संरक्षणका लागि अत्यन्त महत्वपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताएका छन्। उनले मुस्ताङ जिल्लाको उपल्लो मुस्ताङ क्षेत्रमा केन्द्रित रहेर खैरो भालुमा अनुसन्धान गरेका थिए। विद्यावारिधिको अन्तिम प्रस्तुति (डिफेन्स) सफलतापूर्वक सम्पन्न गरेपछि… पुरा पढौ

एक वयस्क सेतो गिद्धको रोचक यात्रा

पर्वत जिल्लाको थापथाना क्षेत्रमा गुँड बनाई प्रजनन गरेको एक वयस्क सेतो गिद्ध  आहार र विचरणका लागि अधिकांश समय पोखरामा बिताउँथ्यो। ढाडमा स्याटेलाइट ट्याग लगाइएको उक्त गिद्धले बचेरा हुर्काइसकेपछि २०८२ कार्तिक १० गते आफ्नो वासस्थान छोड्दै पोखरातर्फ यात्रा सुरु गर्‍यो।  पोखराको दोभिल्ला र आसपासमा करिब एक हप्ता बिताएपछि कार्तिक १७ गते उसले लामो दूरीको उडान लियो। त्यसै दिन करिब १०० किलोमिटरको हवाई दूरी पार गरी अर्घाखाँचीको सन्धिखर्कमा बास बस्यो। भोलिपल्ट ११६ किलोमिटर उड्दै भारतको उत्तरप्रदेशस्थित लालनगर पुग्यो। दुई दिनपछि करिब ८५… पुरा पढौ