काठमाण्डौ : फोटो पत्रकार पूर्णिमा श्रेष्ठसहित ६ जना नेपाली महिलाले अन्नपूर्ण पहिलाे हिमालको सफल आरोहण गरेका छन्। गोरखा आरूघाटकी श्रेष्ठले यस अघि सगरमाथासँगै मनास्लु लगायतका हिमालहरुको सफल आरोहण गरिसकेकी छिन्। ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण पहिलाेको चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने नेपालीहरुमा फोटो पत्रकार श्रेष्ठ, दावा याङजुङ शेर्पा, दावा फुटी शेर्पा, शर्मिला तामाङ, माया शेर्पा र पासाङ ल्यामु शेर्पा रहेका छन् । उनिहरु गत शुक्रवार दिउँसो अन्नपूर्णको शिखरमा पुगेका हुन्। यी सबै हिमाल आरोही हुन् । अन्नपूर्णको सफल आरोहणसँगै उक्त हिमाल…
पुरा पढौ