
पोखराको पर्यटन प्रवद्धन गर्दै पोखरेली डुलुवा टोली आठौं दिन जम्मु कस्मिर पुगेका छन् । पोखरा र नेपालको पर्यटन प्रवद्धनकालागि प्रचार–प्रसार गर्दै पश्चिम नेपाल सहित भारतका विभिन्न शहरको भ्रमणमा पोखरेली डुलुवा टोली निस्केको हो । टोलीले जम्मु कस्मिरमा पत्रकार भेटघाट गरि पोखरा भ्रमणमा आउन निम्तो दिएको छ ।
टोलिले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ भने विभिन्न समुहहरुसंग छलफल तथा अन्र्तक्रिया पनि गर्दै अगाडी बढेको टोली प्रमुख योगेश भट्टराईले बताए । जम्मुमा रहेका नेपाली समुदायका भारतियहरुले टोलीलाई स्वागत तथा सम्मान गरेका छन् । टोलीले उनीहरुलाई पोखरामा रहेका कस्मिरी समुदायका बारेमा जानकारी दिंदै व्यवसायीक सहयोग आदान प्रदानका बारेमा छलफल गरेको थियो । ‘भारत पुगेपछि केहि उल्झन् हुन्छ कि भन्ने सोचेंका थियौं, तर जताततै राम्रो सत्कार पाएका छौं–उनले भने ।

गत २२ गते पोखराबाट हिंडेको डुलुवाले पहिलो दिन कोलपुरमा, दोश्रो दिन रामपुरमा तेश्रो दिन चण्डीगढ, पाँचौं दिन अमृतसरमा छैठौं दिन जम्मुमा तथा सातौं दिन कस्मिरमा बास बसेको भ्रमण टोलीका सदस्य विकास भट्टराईले जानकारी दिए । १९ सदस्यीय भ्रमण टोली यसपछि कारगिल, ले लदाक हुँदै मनाली पुग्ने छ । मनालीमा त्यहाँका व्यवसायीसंग अन्र्तक्रियासंगै प्याराग्लाइडिङ्गको कार्यक्रम पनि हुने भट्टराईले जानकारी दिए । भ्रमण संगै स्थानीय पर्यटन व्यवसायी संग हुने अन्तरक्रिया कार्यक्रम पोखराको पर्यटन प्रवद्धनमा महत्वपूर्ण रहने टोलीले विश्वास छ ।