
पोखराको पर्यटन प्रवद्धन गर्दै पोखरेली डुलुवा टोली आठौं दिन जम्मु कस्मिर पुगेका छन् । पोखरा र नेपालको पर्यटन प्रवद्धनकालागि प्रचार–प्रसार गर्दै पश्चिम नेपाल सहित भारतका विभिन्न शहरको भ्रमणमा पोखरेली डुलुवा टोली निस्केको हो । टोलीले जम्मु कस्मिरमा पत्रकार भेटघाट गरि पोखरा भ्रमणमा आउन निम्तो दिएको छ ।
टोलिले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ भने विभिन्न समुहहरुसंग छलफल तथा अन्र्तक्रिया पनि गर्दै अगाडी बढेको टोली प्रमुख योगेश भट्टराईले बताए । जम्मुमा रहेका नेपाली समुदायका भारतियहरुले टोलीलाई स्वागत तथा सम्मान गरेका छन् । टोलीले उनीहरुलाई पोखरामा रहेका कस्मिरी समुदायका बारेमा जानकारी दिंदै व्यवसायीक सहयोग आदान प्रदानका बारेमा छलफल गरेको थियो । ‘भारत पुगेपछि केहि उल्झन् हुन्छ कि भन्ने सोचेंका थियौं, तर जताततै राम्रो सत्कार पाएका छौं–उनले भने ।

गत २२ गते पोखराबाट हिंडेको डुलुवाले पहिलो दिन कोलपुरमा, दोश्रो दिन रामपुरमा तेश्रो दिन चण्डीगढ, पाँचौं दिन अमृतसरमा छैठौं दिन जम्मुमा तथा सातौं दिन कस्मिरमा बास बसेको भ्रमण टोलीका सदस्य विकास भट्टराईले जानकारी दिए । १९ सदस्यीय भ्रमण टोली यसपछि कारगिल, ले लदाक हुँदै मनाली पुग्ने छ । मनालीमा त्यहाँका व्यवसायीसंग अन्र्तक्रियासंगै प्याराग्लाइडिङ्गको कार्यक्रम पनि हुने भट्टराईले जानकारी दिए । भ्रमण संगै स्थानीय पर्यटन व्यवसायी संग हुने अन्तरक्रिया कार्यक्रम पोखराको पर्यटन प्रवद्धनमा महत्वपूर्ण रहने टोलीले विश्वास छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…