
पोखरा सबै मौसमकालागी भन्ने नाराका साथ पोखरामा १७ औं असारे रोपाई महोत्सव तथा दोस्रो राष्ट्रिय हेमजा हिले महोत्सव २०७९ को तयारी गरिएको छ । पोखराका पर्यटन व्यवसायिहरुको छाता संगठन पोखरा पर्यटन परिषदको आयोजनामा असार १५ गते रोपाई महोत्सव हुन लागेको हो ।
नेपाली परम्परागत खेती प्रणाली, खेती गर्दा गाइने परम्परागत गित र हिलोमा रमाउने शैलीको पर्यटकलाई प्रत्यक्ष अनुभव गराउने उद्देश्यले असारे महोत्सवको आयोजना गरिएको आयोजक संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । नेपाल कृषि प्रधान देश भएर पनि पछिल्लो समयमा कृषिमा परनिर्भरता बढेको छ । सन् १९६० मा खाद्यान्न निर्यातमा चर्चा कमाएका कृषि प्रधान मुलुक नेपाल खाद्यान्न आयात गर्ने स्थितिमा पुगेको छ । भु–उपयोग सम्बन्धिउपयुक्तनिति र योजना समयमा नै नआएको कारण कृषि योग्य भूमी विभिन्ननाममा अस्तव्यस्त पारिएकाछन । मुख्य बालीको रुपमा परिचीत धान खेती गर्ने खेतहरु कंक्रिट जंगलमा परिणत भएका छन् ।
पोखरा र यस वरपरका धान उत्पादन हुने विरुवा फाँट, कुँडहर फाँट,हेमजा फाँट, सेदी बगर, पामे, बाच्छेबढुवा, कमलपोखरी, अर्मला फाँट, लेखनाथका विभिन्न फाँटहरुमा आजभोली धेरै जसो क्षेत्र कंक्रिट जंगलमा परिणत भएका छन भने बाँकी रहेका फाँट पनि त्यसै तर्फ उन्मुख हुँदै गएको छ । खाद्य संकट हुनबाट रोक्न मात्र होइन पोखराको पर्यावरणीय र प्राकृतिक सौन्दर्यलाई कायम राख्न समेत यस्ता कार्यलाई रोक्नुआवश्यक देखिन्छ । तर यस तर्फ सरकारको कुनै ध्यान गएको पाइँदैन ।
२०६१ सालदेखि पोखरा पर्यटन परिषदले निरन्तर रुपमा पोखराका विभिन्न फाँटहरुमा असारे रोपाई महोत्सवको आयोजना गर्दै आएको छ । परिषदले असारे रोपाइँ महोत्सव गरेका पोखरा १७ को बिरुवा फाँट कंक्रिट जंगलमा परिणत भएको छ । यसै गरी फेवाताल किनारको सेदी बगर होसकी पोखराको लेखनाथका फाँट पनि यति बेला कंक्रिट जंगलमा परिणत भएका छन् ।
नेपाललाई खाद्य संकटबाट जोगाउन र आत्मनिर्भर बनाउने बाटोमा लग्न यस्ता कृषि भूमी जोगाउन ढिला गर्न नहुने परिषदका उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताए । यही सन्देश दिन पनि परिषद्ले प्रत्येक वर्षको असार महिनामा असारे रोपाई महोत्वसको आयोजना गर्दै आएको उनले सुनाए । परिषदले “पोखरा सबै मौसमकालागी” भन्ने नाराका साथ १७औ असारे रोपाई महोत्सवतथा दोस्रो राष्ट्रिय हेमजा हिले महोत्सव असार १५ गते पोखरा–२५ माइस्थान प्राङ्गण हेमजामा आयोजना गर्न लागेको हो । स्थानीय रामबहादुर कुवर,तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लिराम नेपाली, कृष्णबहादुर कुवर, मैना केसी र प्रकाश पौडेलको करिब १० रोपनी क्षेत्रफल खेतमा रोपाई महोत्सवको तयारी गरिएको हो ।
रोपाई महोत्सवमा साउने प्रतियोगिता (हलगोरुको दौड) आमा समुह बिच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने खुल्लाप्रतियोगिता, हिलोमा दौड प्रतियोगिता (नेपालीपुरुष ), पोखरा २५ का उत्कृष्ट कृषक तथा समाज सेवीलाई सम्मान कार्यक्रम आयोजना हुने कार्यक्रम रहेको छ ।