
चराहरू शान्त वातावरणमा बस्न रुचाउँछन् । ताल, पोखरी, नदी, खोला, वन क्षेत्र चराका लागि स्वर्ग नै मानिन्छ । पछिल्लो समयमा देशभरका प्राकृतिक सम्पदा मानव अतिक्रमणमा परेका छन् । यसैले चराका वासस्थान पनि मासिँदै गएका छन् । राजधानी काठमाण्डौको बागमती नदी प्रदुषणका कारण त्यहाँ पाइने रैथाने चरा हराउँदै गएको चरा विज्ञहरू बताउँछन् । पछिल्लो समयमा पोखराको फेवाताल पनि मानव अतिक्रमणले त्यहाँका रैथाने चरा पनि हराउँदै गएका छन् ।
सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको चिम्डी (बर्जु) ताल चराका लागि स्वर्ग जस्तै छ । यहाँ पछिल्लो समयमा चराका लागि हटस्पटको रूपमा विकास हुँदै गएको छ । यो ताल करिब १ सय ५० बिगाहा क्षेत्रफलमा फैलिएको छ । विराटनगरको वरगाछी चोकबाट पश्चिमतर्फ आधा घन्टाको (करिब १५ किलोमिटर ) मोटर बाटो गुडेपछि त्यहाँ पुगिन्छ।
पछिल्लो समयमा गाउँपालिकाले यस ताललाई व्यवस्थापन गर्दै आएको छ । तालको बाहिरी क्षेत्रमा बस्ती छ । ताल क्षेत्र बस्ती भन्दा भित्र फराकिलो क्षेत्रफलमा भएकोले शान्त चराका लागि उपयुक्त छ । यसैले यहाँको शान्त वातावरणमा चरा अवलोकन गर्न पर्यटक पछिल्लो समयमा लोभिन थालेका छन् । दैनिक दौडधूप र तनावबाट मुक्त पाउन यहाँ पर्यटक पुग्ने गर्दछन् ।
यस तालमा पाइने चराको गणना सन् २००७ मा आर पुराना र टिमले गरेका थियो । त्यति बेला १ सय ९ प्रजातिका चराहरू पाइएको उनीहरूको तथ्यांक छ । पछिल्लो अध्ययनमा यहाँ १ सय ८८ प्रजातिका चरा पाइने बताइएको छ । यहाँका चराको थप विस्तृत अध्ययन हुनसके अझै धेरै प्रजातिका चरा पाइने अस्मित सुब्बाले सुनाए ।

यहाँ हिउँदमा साइबेरियादेखि जाडो छल्न आउने चराले त्यति बेला निकै रमाइलो हुन्छ । यहाँ खोया हाँस लगायत डुबुल्की चरा, चखेवा, हुटिट्याउँ, हरियो टाउके हाँस, मालक हाँस सहित विभिन्न प्रजातिका चरा हिउँदमा जाडो छल्न आइपुग्छन् । चरा प्रेमीहरू यिनै चरा र तालको सुन्दरतामा रमाउने गर्दछन् ।
तर दुर्भाग्य भनौँ या बेवास्ता यस्तो सुन्दर स्थलको उचित स्तरोन्नतिको निम्ति राज्यले ठोस कदम चालेको पाइएन । यहाँका कुण्डहरू इलकोर्निया र पिस्टिया जस्ता जलकुम्भीहरूले ढाकिएका छन् जसलाई तत्काल सफा गर्न आवश्यक देखिन्छ । अर्कोतर्फ दिनहुँ पिकनिक खान र घुम्न आउने मानिसहरूको कोलाहलले यहाँका चराचुरुंगीहरूलाई नकारात्मक असर गरेको देखियो । जुन निरन्तर रहने हो भने यो ठाउँको कुण्डहरूबाट चराहरू बिरानो हुन धेरै टाढा देखिँदैन । यहाँका स्थानीयलाई चराहरूको महत्व बुझाई यस क्षेत्रको प्रवद्र्धनमा हातेमालो गरेर लानुपर्न देखिन्छ ।
स्थानीय सरोज कुमार चौधरीले भने यस क्षेत्रलाई चरा अवलोकन र अनुसन्धानको एउटा बेजोड हब बनाउन सकिन्छ ।

(सुम्निमा तुम्बा बिज्ञान बिषयमा स्नातक गर्दै छिन् l उनी वन्यजन्तुको अनुसन्धान र संरक्षणमा रुची राख्छिन्)




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…