
एउटा दुर्लभ घटनामा मौरीले चिल्दा दक्षिण अफ्रिकाको केप टाउननजिकै दर्जनौँ सङ्कटापन्न अफ्रिकी पेन्ग्विन मरेको पक्षी संरक्षणकर्मीहरूले बताएका छन्। साइमनस्टाउनमा बस्ने झुन्डका ती ६३ वटा पक्षीहरू समुद्री किनारमा मृतावस्थामा फेला परेका थिए। तिनको शरीरमा धेरै मौरीले टोकेको देखिएको थियो। तर अरू चोटपटक थिएन।
प्रसिद्ध बाउल्डर्ज बीचमा उक्त प्रकारको घटना भएको पहिलो पटक थाहा पाइएको राष्ट्रिय निकुञ्जका अधिकारीहरूले बताएका छन्।
“प्रायः पेन्ग्विन र मौरीको सह(अस्तित्व हुन्छ,” दक्षिण अफ्रिकाको वन्य निकुञ्ज हेर्ने निकाय स्यानपार्क्समा कार्यरत जीववैज्ञानिक डा। एलिसन ककले भनिन्। “नबिच्किएसम्म मौरीले टोक्दैनन् – त्यो क्षेत्रमा भएको घारमा बाधा पुगेको र त्यसपछि ठूलो सङ्ख्यामा मौरीहरू घार छोडेर भागेको र आक्रामक बनेको हुनसक्ने अनुमानमा हामी काम गरिरहेका छौँ,” उनले भनिन्। “दुर्भाग्यवश आफू उडेको मार्गमा ती मौरीको पेन्ग्विनको समूहसँग जम्काभेट भयो।”
शवपरीक्षण गर्दा मौरीले ती पक्षीलाई आँखावरिपरि टोकेको पुष्टि भयो। तिनको शव भेटिएको ठाउँमा मरेका मौरीहरू पनि फेला परेका थिए।
“यो एकदमै दुर्लभ घटना हो। यस्तो बारम्बार हुँदैन, यो एउटा संयोग थियो,” सदर्न अफ्रिकन फाउन्डेशन फर द कन्जर्भेशन अफ कोस्टल बर्ड्ससँग आबद्ध पशुचिकित्सक डेभिड रोबर्ट्सले समाचारसंस्था एएफपीलाई भने।
कहाँ बस्छन् अफ्रिकी पेन्ग्विनरु
अफ्रिकी पेन्ग्विनहरू साना आकारका हुन्छन्। ती संरक्षित पक्षी हुन् । ती दक्षिण अफ्रिका र नामिबियाका तटीय क्षेत्र र टापुहरूमा बस्छन्।
केही पेन्ग्विन उत्तरमा अवस्थित ग्याबनमा पनि देखिएका छन्
। तर तिनको सङ्ख्या तीव्र गतिमा घटिरहेको आईयूसीएनले जनाएको छ। अफ्रिकी पेन्ग्विन जोखिममा पर्नुको कारणमा व्यावसायिक रूपमा माछा मार्ने काम तथा “पर्यावरणीय अस्थिरता” पनि पर्छन्। गत साता आइतवार पनि फिश हकमा धेरै मौरीले चिलेको एउटा मृत पेन्ग्विन फेला परेको स्यानपार्क्सले जनाएको छ। उक्त निकायका अनुसार मृत पक्षीहरूमा विषाक्तता र रोग परीक्षण गरिएको छ। बीबीसी समाचार



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…