
राष्ट्रिय जनगणना २०७८ बिहीबार देखि सुरु हुदै छ । देश संघीयतामा गएपछि पहिलो पटक राष्ट्रिय जनगणना हुन लागेको हो । गणकहरुले घर घरमा पुगेर ८० वटा प्रश्नावली सोधेर विवरण भर्दैछन् । केन्द्रिय तथ्यांक विभागले ४० हजार गणक र साढे ८ हजार सुपरिवेक्षक खटाएको जनाएको छ ।
यसपटकको राष्ट्रिय जनगणनामा मान्छे मात्र होइन, प्रकृतिदेखि संस्कृतिसम्मकै विवरण लिइने विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताएका छन् । यसपटकको जनगण्नामा व्यक्तिगत र पारिवारिक विवरण मात्रै संकलन नभएर आर्थिक सामाजिक, भौगोलिक अवस्थादेखि प्राकृतिक साधनस्रोतका विवरण पनि संकलन हुने विभागले बताएको छ ।
मठमन्दिर, पाटीपौवा कति छन् भन्ने पनि संकलन गरिने छ । एक गणकलाई एउटा परिवारको प्रश्नावली भर्न औसतमा २० मिनेट लाग्ने केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको छ । जनगणना मंसिर ९ (१५ दिन) सम्म चल्ने विभागले जनाएको छ ।
राष्ट्रपतिबाट सुरुआत
केन्द्रीय तथ्यांक विभागले राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय जनगणना सुरु गर्दै छ । बिहीबार बिहान साढे ९ बजे राष्ट्रपति भण्डारीको जनगणना गरिने छ । यसै गरी बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको जनगणना गरिनेछ ।
२०६८ को जनगणनाले नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको देखिएको छ । २०५८ मा यो संख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो । विभागले असोज ३० देखि कात्तिक १८ गतेम्म गरेको घरधुरी सूचीकरण गरेकाे थियाे । याे सूचीकरणले जनगणनामा २०७८ मा ३ करोड जनसंख्या नपुग्ने प्रक्षेपण विभागले गरेको छ ।
जनगणनाको परिणाम आउन ६ देखि ८ महिना लाग्ने विभागले जनाएको छ । प्रारम्भिक नतिजा भने ३ महिनामा आउने बताइएको छ । जनगणनामा ४ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …