
कात्तिक २५ गते देखि देशभर सुरु भएको राष्ट्रिय जनगणना २०७८ बिहीबार देखि सम्पन्न भएको छ । मंसिर ९ गते भित्र जनगणना गरिसक्नु पर्ने गरी समय तोकिएर कात्तिक २५ गते देखि देशभर जनगणना सुरु भएको थियो ।
जनगणनाकालागि नाम टिपाउन छुटेकालाई बिहीबार सम्म समय दिइएको थियो । केन्द्रीय तथ्यांक विभागले जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर सुपरिवेक्षक देशभर खटिएका थिए ।
विभागले जनगणनाका निम्ति ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना गरेको थियो । पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण कार्यमा सात प्रश्न लिएर सुपरीवेक्षक घरदैलो गरेका थिए । सुपरिवेक्षकको सूचीकरण पछ्याउँदै गणकहरु दोस्रो चरणमा जनगणनाकालागि घरघरमा पुगेका थिए । हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना केन्द्रीय तथ्यांक विभागले विक्रम संवत १९६८ देखि संचालन गर्दैै आएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…