
काठमाण्डौबाट झन्डै दुई लाख अमेरिकी डलर बोकेर सार्वजनिक हाइसमा पोखरा आउँदै गरेको युवकलाई कास्की प्रहरीले डलर सहित पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा कास्की प्रहरीले अहिले सम्मकै ठूला परिमाणमा अमेरिकी डलर पक्राउ गरेको हो ।
स्रोत नखुलेको १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित मुस्ताङको दामोदर कुण्ड गाउँपलिका घर भई पोखराको शिवालय चोकमा बस्दै आएका ४२ वर्षीय छिरिङ ढुन्ढुक गुरुङलाई कास्की प्रहरीले पोखराको मजुवाबाट पक्राउ गरेको हो । उनि सार्वजनिक हाइसमा डलर लिएर पोखरा आउँदै गरेको अवस्थामा कास्की प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापाले बताए । उनको साथबाट फेलापरेको अमेरिकी डलर शनिबार चलेको डलरको नेपाली मुल्य अनुसार २ करोड ३२ लाख ६ हजार ९ सय बराबर हो ।
कास्की प्रहरीले पक्राउ परेका छिरिङलाई डलर सहित राजश्व विभागलाई जिम्मा लगाउने तयारी गरेको छ । यसमा संलग्न संगठीत गिरोहोको विषयमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको पनि बताएको छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…