ढोरपाटनमा सिकार अनुमतिबाट डेढ करोड राजश्व आम्दानी


     नेचर न्युज    
     कार्तिक ३ गते २०८१ मा प्रकाशित


नेपालको एकमात्र ढोरपाटन सिकार आरोक्षणमा सिका गर्नकालागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामकालागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारकालागि अनुमति दिएको छ ।

यस यमकालागि चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारकालागि अनुमति लिएका छन् । नाउरको रु १ लाख ५० हजार र झारलको ७५ हजार र बँदेलको १० हजार न्यूनतम राजस्व तोकिएको छ । सिकारीहरुले बोलपत्र बढाबढमा कम्पनीले सिकारको अनुमति प्राप्त गर्ने गर्छन् । यस याममा सबैभन्दा बढी १२ लाख ३० हजार बोपत्र कबोल गरिएको छ । झारलको ७ लाख २५ हजार कबोल गरिएको थियो । यो संगै एक करोड ४५ लाख ९२ हजार राजस्व आम्दानी भएको छ ।

प्रत्येक पाँच वर्षमा आरक्षणमा रहेका वन्यजन्तुको गणना गरि त्यसै अनुसार सिकार गर्ने कोटा निर्धारण हुने गर्दछ । सन् २०२१ मा गणना अनुसार नाउरको संख्या एक हजार दुई सय ९० र झारलको संख्या सात सय ४४ रहेको आरक्षणको तथ्याङ्क छ । यसरी सिकार गर्न अनुमति दिर्दा बुढो उमेरको भालेको मात्र सिकार गर्न गरिन्छ । करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आकलन गरी पहिचान गरिन्छ ।
विस २०४४ मास्थापना भएको आरक्षणको क्षेत्रफल एक हजार तीन सय २५ वर्ग किलो मिटर रहेको छ । बाग्लुङ, रुकुमपूर्व र म्याग्दीका केही भागमा आरक्षण फैलिएको छ ।

ढोरपाटनमा अवैध रुपमा पनि सिकार हुने गरेको छ । बिभिन्न वन्यजन्तुको अवैध रुपमा सिकार हुने गरेको हो । यसरी अवैध रुपमा सिकार गर्दा समातिएका वन्यजन्तु सिकार आरक्षणमा राखिएका छन् । समाचारमा रहेको तस्बिर अवैध रुपमा सिकार गरिएका वन्यजन्तुको हो । आरक्षणले अवैध सिकार नियन्त्रणकालागि सेना नै खटाएको छ । तर पनि बेलाबेलामा लुकीछिपी अवैध रुपमा सिकार हुने गरेको छ ।