
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोपा–२९) जलवायु वित्त का विषयमा केन्द्रि हुने भएको छ ।
वन तथा वातावरणमन्त्री ऐवबहादुर शाही ठकुरीले नेपालले अघि सारेका जलवायु अनुकुलनका कार्यक्रम कार्यान्वयनका लागि स्रोत आवश्यक वर्ने भएकोले जलवायु वित्तलाई विशेष प्राथमिकता राखिने बताए । जलवायु वित्तको विषय नेपालकालागि विशेष महत्व रहेको मन्त्री शाहीले बताएका छन् ।
तापमान वृद्धिलाई १.५ डिग्रि सेल्सियमा सिमित गर्ने प्रयासमा ध्यान दिनुपर्नेमा नेपालको जोड छ । यस लक्ष्यलाई हाँसिल गर्न विश्वले स्वच्छ तथा दिगो उर्जा श्रोत अवलम्वन गर्न र कार्बन उत्सर्जनमा कमी ल्याउने कार्यहरुलाई प्राथमिकता दिनु आवश्यक रहेको नेपालको भनाई छ ।
कोपा–२९ मा नेपालकालागि अन्य धेरै महत्वपूर्ण विषयहरुमा छलफल र निर्णय पनि हुने विश्वास नेपाल पक्षको छ ।
यसैले कोपा–२९ मा नेपालको सहभागीता महत्वपूर्ण हुने सम्मेलनमा सहभागी हुने नेगोसिएसटरहरका लागि मन्त्रालयले बुधबार आयोजना गरेको तालिम कार्यक्रममा मन्त्री ठकुरीले बताए । कोपा–२९ मा नेपाल जस्तै परिवेश भएका देशहरुसँगको सहकार्यमा एकजुट भएर जलवायु संकटको समाधान सशक्त रुपमा उठाउनु आवश्यक रहेको कार्यक्रममा सहभागीले बताएका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…